बुधबार, जेष्ठ ४, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

क्वारेन्टाइन नभएर जेल जस्तो छ : सीडीओ रामबहादुर कुरुम्बाङ

होस्ट खबर by होस्ट खबर
२१ जेष्ठ २०७७, बुधबार
246
SHARES
345
VIEWS
FacebookTwitter
क्वारेन्टाइन नभएर जेल जस्तो छ : सीडीओ रामबहादुर कुरुम्बाङ

नेपालगन्ज : बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामबहादुर कुरुम्बाङलाई जेठ १५ गते राति फोन आयो– ‘डुडुवा गाउँपालिकामा आरडीटी र पीसीआरबाट कोरोना रिपोर्ट पोजिटिभ भएका व्यक्तिलाई एउटैै क्वारेन्टाइनमा राखिएको छ ।’

सीडीओ कुरुम्बाङ राति ९ बजे डुडुवा गाउँपालिका–४ स्थित आधारभूत विद्यालय शाहपुर्वा पुगे । उनले पाएको खबर सत्य सावित भयो । आरडीटी पोजिटिभ आएका २० र पीसीआर पोजिटिभ भएका ८ व्यक्तिलाई एउटै कोठामा राखिएको थियो । उनले यसरी राख्नु गम्भीर त्रुटि भएको बताए । क्वारेन्टाइन व्यवस्थापन गर्ने टोलीलाई अलग स्थानमा व्यवस्थापन गर्र्न निर्देशन दिएर उनी फर्किए ।

जिल्लामा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेका बेला उनलाई १२ जेठमा गृह मन्त्रालयले स्याङ्जाबाट सरुवा गरेर बाँकेमा पठाएको थियो । उनले यहाँ आएर जिम्मेवारी सम्हालेको एक दिन मात्र भएको थियो ।

उनी सोही दिन जिल्लाको कोरोना रेड जोन नरैनापुर घुमेर फर्किएका थिए । विद्युत् सेवासमेत नपुगेको नरैनापुरका १५ वटा क्वारेन्टाइनको अवस्था त झन् बिजोग थियो । उनले भोलिपल्ट स्थानीय एक टेलिभिजनसँगको अन्तर्वार्तामा भने, ‘यहाँका क्वारेन्टाइन मापदण्डअनुरूप छैनन् । त्यो जेलजस्ता छन् ।’

उनले खानेबस्ने व्यवस्था राम्रो नभएको प्रतिक्रिया दिएका थिए । उनी अझै भन्छन्, ‘मापदण्ड त के पुग्थ्यो र कहीं पनि पुगेको छैन । यहाँ मात्र होइन देशभर । तर, सुधार गर्न त सकिन्छ । जति गर्न सकिन्थ्यो त्यति गर्न सकिएको छैन ।’

‘मापदण्ड त के पुग्थ्यो र, कहीं पनि पुगेको छैन । यहाँ मात्र होइन देशभर । तर, सुधार गर्न त सकिन्छ ।’ रामबहादुर कुरुम्बाङ, प्रमुख जिल्ला अधिकारी, बाँके

जिल्लामा सबैभन्दा धेरै संक्रमित नरैनापुर गाउँपालिकामा छन् । नरैनापुर देशमै सबैभन्दा बढी संक्रमित भएको स्थानीय तह हो । १ सय १८ जना संक्रमित ९एक जनाको मृत्यु०मध्ये वडा नम्बर ५ का मात्र झन्डै आधा छन् । त्यसमा पनि भोजभगवानपुरस्थित दीपेन्द्र प्राविको क्वारेन्टाइनमा बसेकामध्ये झन्डै आधा अर्थात् २८ जनामा संक्रमण पुष्टि भयो । सोही क्वारेन्टाइनमा बसेका २५ वर्षका युवाको कोरोनाबाट ज्यान गयो । नरैनापुरमा एक प्लाटुन सेनाले अस्थायी क्याम्प बनाएर क्वारेन्टाइनको सुरक्षा गरिरहेको छ । डुडुवाको शाहपुर्वाको विद्यालयलाई आइसोलेसन बनाइएको छ ।

प्रेस संगठन बाँकेले जेठ १६ गते अपराह्न १ बजे सीडीओ कुरुम्बाङसँग भर्र्चुअल प्रेस मिट राखेको थियो । त्यही बेला राप्तीसोनारी–८ को क्वारेन्टाइनमा रहेका व्यक्तिलाई कोरोना रिपोर्ट नआउँदै घर पठाएको खबर आयो । उनी पत्रकार सम्मेलन छाडेर त्यतै लागे । राप्तीसोनारी–८ शमशेरगन्जस्थित शिवशक्ति माविको क्वारेन्टाइनमा रहेका ३० जनालाई अपराह्न ४ बजे बिदाइ कार्यक्रम गरेर घर पठाइयो । त्यही साँझ ७ बजेतिर क्वारेन्टाइनमा बसेका सात जनाको रिपोर्ट पोजिटिभ आयो ।

‘हामीलाई रिपोर्ट नेगेटिभ आयो भन्ने खबर फोनमा आयो । खासमा त्यो क्वारेन्टाइनको आएकै रहेनछ’, गाउँपालिका अध्यक्ष लाहुराम थारू भन्छन्, ‘उनीहरू घर पुगेपछि फेरि रातारात फिर्ता ल्याएर आइसोलेसन बनाइयो ।’ त्यही विद्यालयमा दक्षिणतिरको भवनमा आइसोलेसन र उत्तरतिरको भवनलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको छ ।

नरैनापुर, डुडुवा र राप्तीसोनारी गाउँपालिकाका यी दृष्टान्तले बाँकेका स्थानीय तहमा क्वारेन्टाइनको व्यवस्थापन कसरी भइरहेको छ भनेर स्पष्ट चित्र देखाउँछन् । कोरोना नियन्त्रणका लागि बनाइएका क्वारेन्टाइन नै कोरोना सार्ने अखडाजस्ता भएका छन् ।

‘भारतबाट आएर घरपरिवारमा कोरोना सार्ने खतरा थियो । त्यसलाई जोगाएका छौं’, नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मि श्रा भन्छन् । घर, परिवार र समुदाय जोगाउने नाममा अव्यवस्थित क्वारेन्टाइनका कारण अरूलाई जोखिम भइरहेको छ ।

अधिवक्ताद्वय रामकुमार दीक्षित र विजयकुमार शर्माले नरैनापुरका १३ वटा क्वारेन्टाइनलाई आधार बनाएर उच्च अदालत तुलसीपुर नेपालगन्जमा रिट दायर गरे । क्वारेन्टाइनमा मापदण्डअनुरूप खाने, बस्ने, शौचालयसमेतको व्यवस्था नहुनुका साथै भौतिक दूरी पालन नगरिएको, क्वारेन्टाइनमा रहेका व्यक्तिहरू जन्तीजस्तै बस्न बाध्य भएकाले क्वारेन्टाइन अमानवीय, यातना केन्द्रमा परिणत भएको रिटमा उल्लेख छ ।

जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्री ८ वटा क्वारेन्टाइन नै व्यवस्थापन गर्न हम्मेहम्मे परेको बताउँछन् । भन्छन्, ‘तीन दिनमा ५ लाखको खर्च आउँछ । खर्चैै धान्न सक्ने अवस्था छैन ।’

८ स्थानीय तहका ९४ वटा क्वारेन्टाइनमा सोमबारसम्म ४ हजार ९६ जनालाई राखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए । जिल्लामा ८७ वटा अर्थात् ९२।५५ प्रतिशत क्वारेन्टाइन विद्यालयमै छन् । ७ वटामध्ये कोहलपुर बहमुखी क्याम्पस र नेपालगन्जमा महेन्द्र बहुमुखी क्याम्पसलाई पनि क्वारेन्टाइन बनाइएको छ ।

शिक्षा इकाइ तथा समन्वय इकाइ बाँकेका प्रमुख रामसुरेश यादवका अनुसार जिल्लाभरि प्राथमिकदेखि माध्यमिक गरी २ सय ५० विद्यालय छन् । तीमध्ये आधाभन्दा बढीको छानो टिनले छाइएको छ । जेठ महिनामा नेपालगन्जमा ४१।८ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ । नरैनापुरका १५ क्वारेन्टाइनमा एकाधबाहेक कुनैमा पनि विद्युत् सेवा पुगेको छैन ।

‘टिनको छानोमा क्वारेन्टाइन बनाउनु नै मापदण्ड पुग्दैन’, अधिकारकर्मी आलम खान भन्छन्, ‘अहिले टिनको छानोमै आइसोलेसन बनाउनु झन् मापदण्डविपरीत काम भइरहेको छ ।’

Related Posts

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
ताजा समाचार

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी
समाज

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत
समाज

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
समाज

आजबाट सातामा दुई दिन बिदा

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे
समाज

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान सुरु
समाज

रौतहटको गुजरामा राति ९ बजेसम्म मतदान जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

हट्यो ९ महिना लामो संसदको अवरोध

२१ जेष्ठ २०७७, बुधबार
पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

२१ जेष्ठ २०७७, बुधबार
बराहतालमा काँग्रेसका भण्डारी विजयी

बराहतालमा काँग्रेसका भण्डारी विजयी

२१ जेष्ठ २०७७, बुधबार
आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

२१ जेष्ठ २०७७, बुधबार
आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

२१ जेष्ठ २०७७, बुधबार
नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

शिक्षाका लागि २ खर्ब ५३ अर्ब रुपैयाँ माग

२१ जेष्ठ २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.