काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार मंगलवार विभिन्न जिल्लामा २८८ जना कोरोना संक्रमित थपिएका छन् ।
मंगलवार रौतहटमा ७४ जना, सर्लाहीमा २१ जना,रूपन्देहीमा १० जना, दाङमा १७ जना, सल्यानमा १८ जना, सुर्खेतमा २७ जना, बाँकेमा १७ जना, स्याङ्जामा ५ जना, पर्वतमा ५ जना, सप्तरीका १, बर्दियामा ३ जना, दैलेखमा ९, अछाममा १० जना, बारामा १ जना, प्युठानका १, कन्चनपुरमा ८ जना, कैलालीमा १० जना, धनुषामा ६ जना, महोत्तरीमा २ जना, सिरहामा १७, भक्तपुरमा १ जना, धादिङका १, कपिलवस्तुमा १६ जना , काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपरासी पूर्वमा १ जना, नवलपरासी पश्चिममा १ जना, नुवाकोटमा २ जना कोरोना संक्रमित थपिएको उक्त मन्त्रालयले बताएको छ ।