काठमाण्डौं : सरकारले प्रस्तुत गरेको नयाँ बजेटमा कर्मचारीको तलब बढाइएको छैन भने सवै खाले भत्ता खारेज गरिएको छ । कोरोना नियन्त्रणमा खटिएका कर्मचारी बाहेक सरकारले आर्थिक बर्ष २०७७ ०७८ को बजेटमा सवैखाले अतिरिक्त भत्ता कटौती गरेको हो ।
सार्बजनिक खर्चमा मित्व्ययिता अपनाउनका लागि कार्यालय सञ्चालन, इन्धन, सहज अवस्था आएपछि हुने सवै आन्तरिक र बैदेशिक भ्रमण, कम प्राथमिकताका गोष्ठि, सेमिनार, भैपरि आउने खर्च, फर्निचर, सवारी साधन खरिद र मर्मत लगायतका खर्च पनि कटौति गरेको छ ।
आगामी साउन १ गतेदेखि कोरोना रोग नियन्त्रणका लागि खटिने कर्मचारीका भत्ता, खाजा, बैठक तथा अतिरिक्त भत्ता लगायत पनि खारेज हुने कुरा बजेटमा उल्लेख गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेका छन् ।