काठमाण्डौं : सरकारले नयाँ व्यवसाय शुरु गर्ने व्यवसायीहरुलाई २ प्रतिशत् ब्याजदरमा ऋण उपलव्ध गराउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्ष २०७७ /०७८ को बजेट प्रस्तुत गर्दै यस्तो सहुलियत दिने बारे जानकारी दिएका हुन् ।
उद्यम गर्न चाहनेलाई ब्याजमा अनुदान दिन सरकारले आगामी आर्थिक बर्षको बजेटमा ५० करोड रुपैयाँ बिनियोजन समेत गरेको छ । नयाँ व्यवसाय शुरु गर्न चाहनेलाई सहुलियत दिनका लागि बजेटमा यस्तो व्यवस्था गरिएको उनले बताए ।