मङ्लबार, जेष्ठ ३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

छाङरुमा टेलिकम टावर तत्काल सञ्चालन गर्न व्यास गाउँपालिकाको माग

होस्ट खबर by होस्ट खबर
१५ जेष्ठ २०७७, बिहीबार
237
SHARES
323
VIEWS
FacebookTwitter
छाङरुमा टेलिकम टावर तत्काल सञ्चालन गर्न व्यास गाउँपालिकाको माग

दार्चुला : विगत सात महिनादेखि अवरुद्ध रहेको दार्चुलाको त्रिदेशीय सीमाक्षेत्र नजिकै रहेको व्यास गाउँपालिकाको छाङरुमा रहेको नेपाल टेलिमकमको स्काइ टावर सञ्चालन गर्न व्यास गाउँपालिकाले माग गरेको छ।

गत मङ्सिरदेखि सञ्चारविहीन रहेको व्यासमा तत्काल टेलिफोन सञ्चालन गर्न गाउँपालिकाले मन्त्रालयसँग माग गरेको हो।

व्यास गाउँपालिकाले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई अवरुद्ध रहेको टेलिफोन सेवा सञ्चालन गर्न आग्रह गर्दै पत्रचार गरेको छ। गाउँपालिकाले व्यासमा स्थानीय र सुरक्षाकर्मीको उपस्थिति भइसकेको अवस्थामा टेलिफोन सेवा सञ्चालन गर्न माग गर्दै मन्त्रालयलाई पत्राचार गरिएको व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले जानकारी दिए।

गाउँपालिकाले तत्काल हेलिकोप्टरमार्फत टावर सञ्चालन गर्न जनशक्ति र सामग्री उपलब्ध गराउन मन्त्रालयलाई आग्रह गरेको हो। हाम्रा जनतासमेत व्यास पुगेका छन्। “सदरमुकाम खलङ्गाबाट हिँडेदेखि सञ्चार हुनसकेको छैन”, व्यास गाउँपालिकाका स्थानीयवासी यशोदा तिङ्करीले भने, “हामीलाई त्यो क्षेत्रमा खाद्यान्नको अवस्था के छ, मानिस कसरी पुगे भनेर जानकारी लिन सकिने माध्यम सञ्चार हो।”

गत वर्ष हेलिकोप्टरमार्फत टेलिकमका कर्मचारी ल्याएर टावर निर्माण गरेको भए पनि यस वर्ष सञ्चालनका लागि कुनै पहल नभएको गाउँपालिका अध्यक्ष बुढाथोकी बताउँछन्। सीमारक्षाका लागि अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरी व्यास पुगेका छन्। स्थानीय पनि गाउँ पुग्ने क्रममा छन् तर यो क्षेत्रमा अहिलेसम्म फोन सेवा सञ्चालन भएको छैन। सुरक्षाकमीलाई नै टेलिफोन सञ्चार गर्न समस्या भएको भन्दै तत्काल सरकारले व्यासमा टावर सञ्चालन गर्नुपर्ने बताएका छन्।

गाउँपालिकाको छाङरु सर्जिकोटमा नेपाल टेलिकमको स्काइ टावर स्थापना गरिएको भए पनि अत्यधिक हिमपातका कारण सञ्चारसेवा गत मङ्सिरदेखि अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ। हिमपातका कारण सोलार प्यानल र अन्य उपकरणमा क्षति पुगेको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए। बाटोघाटो नै नभएको अवस्थामा तत्काल नै सेवा सञ्चालन गर्ने अवस्था नभएको उनले बताए। रासस

Related Posts

पुराना मोबाइलबाट सुन निकाल्दै नास्ट
अन्तर्राष्ट्रिय

पुराना मोबाइलबाट सुन निकाल्दै नास्ट

कस्ता प्रयोगकर्ताले पाउँछन् टेलिकमको ई-सिम ?
सूचना प्रबिधि

कस्ता प्रयोगकर्ताले पाउँछन् टेलिकमको ई-सिम ?

मोबाइल लगायत १० प्रकारका सामान नेपाल भित्र्याउन बन्देज (सूचीसहित)
सूचना प्रबिधि

मोबाइल लगायत १० प्रकारका सामान नेपाल भित्र्याउन बन्देज (सूचीसहित)

के हुँदैछ ‘मेड इन नेपाल’  हुलास इलेक्ट्रीक कार ?
ताजा समाचार

के हुँदैछ ‘मेड इन नेपाल’ हुलास इलेक्ट्रीक कार ?

दृष्टिविहीनका लागि आँखाको काम गर्ने चस्मा
सूचना प्रबिधि

दृष्टिविहीनका लागि आँखाको काम गर्ने चस्मा

कम्प्युटर पुरानो भयो ? यसरी बनाउनुहोस् फास्ट
सूचना प्रबिधि

कम्प्युटर पुरानो भयो ? यसरी बनाउनुहोस् फास्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

हट्यो ९ महिना लामो संसदको अवरोध

१५ जेष्ठ २०७७, बिहीबार
पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

१५ जेष्ठ २०७७, बिहीबार
बराहतालमा काँग्रेसका भण्डारी विजयी

बराहतालमा काँग्रेसका भण्डारी विजयी

१५ जेष्ठ २०७७, बिहीबार
आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

१५ जेष्ठ २०७७, बिहीबार
आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

१५ जेष्ठ २०७७, बिहीबार
नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

शिक्षाका लागि २ खर्ब ५३ अर्ब रुपैयाँ माग

१५ जेष्ठ २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.