सुर्खेत : कर्णाली प्रदेश अस्पताल कालागाँउमा भारतबाट आएका एक युवाको गए राती (मंगलबार) मृत्यु भएको छ ।
सुर्खेत चिंगाड गाउँपालिका वडा नं ३ टुले हाल वडा नं. ५ पाँच अवलचिंग बस्दै आइरहेका २२ वर्षका युवाको निधन भएको हो ।
५ दिन अघि भारको गुजरातबाट हिडेका उनी यात्राकै क्रममा बिरामी भई हिजो अस्पतालमा भर्ना भएको अस्पताल श्रोतले बताएको छ । हिजो नै उनी अस्पतालमा भर्ना भएकोमा राती साढे १२ बजे उनको निधन भएको अस्पतालका डा. के.एन. पौडेलले बताए ।
अस्पतालले कोरोना आशंकामा उनको स्वाब संकलन गरेर परीक्षण सुरु गरेको छ। परिक्षण रिपोर्ट आएपछि मात्रै कोरोनाबारे थाहा हुने डा. पौडेलले बताए ।
ती युवा सुब्बाकुना आएर गाडी बद्लिएको बुझिएको छ, डा पौडेलले होष्ट खबर संग भने, उनको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो, हस्पिटल भित्रै होइन । उनको कोरोना परिक्षण गरी आजै दिउँसो सम्म रिपोर्ट आइसक्ने डा. पौडेलले बताए ।