आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

अन्तरजातिय विवाह गर्न खोज्दा जाजरकोटका २ को ज्यान गयो, ४ जना भेरीमा बेपत्ता

रामकुमार शाही by रामकुमार शाही
१२ जेष्ठ २०७७, सोमबार
681
SHARES
597
VIEWS
FacebookTwitter
अन्तरजातिय विवाह गर्न खोज्दा जाजरकोटका २ को ज्यान गयो, ४ जना भेरीमा बेपत्ता

जाजरकोट : अन्तरजातिय विवाह गर्न रुकुम पश्चिम पुगेका जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका २१ बर्षिय नबराज विकले ज्यान गुमाएका छन् ।

उनीसंगै गएका रुकुमपश्चिम चौरजहारी नगरपालिका–१ का टीकाराम बिकले पनि ज्यान गुमाएका छन् । उनीहरु संगै गएका अन्य ४ जना भेरी नदीमा बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

गत १० जेठ बेलुका रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८, सोती गाउँमा यस्तो घटना घटेको हो। जहाँ अन्तरजातीय विवाहको विषयलाई क्रुर घटना भयो।
के हो घटना ?

प्रहरीलाई प्राप्त प्रारम्भिक जानकारी अुनसार जाजरकोटको भेरी नगरपालिका(४, रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना १७ जना साथीसहित १० जेठ बेलुकी रुकुम पश्चिमको चौरजहारी नगरपालिका(८ सोती गाउँ पुग्छन्। त्यहाँ उनकी मल्ल थरकी १७ वर्षीया प्रेमिकाको घर छ। र, नवराजलाई ‘आफूलाई भगाएर लैजान’ भनेर उनैले बोलाएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी किशोर श्रेष्ठका अनुसार नवराजले आफ्ना साथीहरूलाई ‘केटी भगाउन’ जाने भन्दै फोन गरेर बोलाएका थिए। त्यसपछि नवराजसहित जाजरकोटबाट १८ जना युवा सोती पुगे। नवराज यसअघि पनि पटकपटक केटीको घर पुगेर आउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

तर, यसपटक नवराजले न ‘केटी भगाउन’ पाए, न आफू सकुशल फर्किन पाए। केटीका आफन्त र गाउँलेले लखेटेपछि भाग्दै गर्दा भेरी नदीमा हेलिएका नवराजको मृत्यु भयो। उनको शव जाजरकोटको भेरी नगरपालिका(४ धल्लास्थित भेरी नदी किनारमा १० जेठ राति भेटिएको थियो।

उनीसँगै भेरीमा हाम्फालेका चौरजहारी नगरपालिका(१, का टीकाराम सुनारको पनि ११ जेठ साँझ शव भेटिएको छ। भेरी नगरपालिका(४ का गणेश विक, भेरी नगरपालिका(११ का लोकेन्द्र सुनार, गोविन्द शाही, र सन्दीप विक भने अहिलेसम्म सम्पर्कविहीन छन्।नवराजसँगै गएका बाँकी १२ जनालाई गाउँलेले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय, चौरजहारीको जिम्मा लगाएका थिए।

केही समय पहिले केटीका बुवा र नवराजबीच जातीय कुरालाई लिएर फोनमा चर्काचर्की परेको भन्ने आफूले सुनेको उनले बताए। तर, अहिलेको घटना चाहिँ अन्तरजातीय विवाहको विषयलाई लिएर नभएको केटी पक्षका एक आफन्तले बताए।

उनीहरूलाई गाउँलेले कुटपिटसमेत गरेका छन्। तर, घटनास्थलमा तत्कालै प्रहरी पुगेपछि झडपले ठूलो रूप लिन पाएन। इलाका प्रहरी कार्यालय चौरजहारीका प्रमुख, प्रहरी निरीक्षक धर्मसिंह बिष्टका अनुसार गाउँलेले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएकामध्ये सुदिप खड्का र अर्का एकजना घाइते छन्। घाइतेको चौरजहारीस्थित् मिसन अस्पतालमा उपचार भइरहेको छ।

“घाइतेमध्ये सुदिप खड्कालाई अलि बढी नै चोट देखिएको थियो। सायद, दुवैजना आजै डिस्चार्ज हुन्छन् होला”, इन्स्पेक्टर बिस्टले देखापढीसँग भने, “बाँकी १० जना युवालाई जाजरकोट प्रहरीको जिम्मा लगाएका छौँ।”

जाजरकोट प्रहरी प्रमुख, डीएसपी श्रेष्ठले ती युवाहरूलाई प्रहरीले बोलाएको बेला सम्पर्कमा आउनेगरी आफन्तको जिम्मा लगाइएको बताए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार केटी लिन भनेर गएका केटाहरूलाई गाउँलेले नदी किनारसम्मै लखेटेको र भाग्ने क्रममा ६ जनाले भेरी नदीमा हाम्फालेको खुल्न आाएको डीएसपी श्रेष्ठले बताए।

“गाउँलेहरूले उनीहरूलाई नदी किनारसम्म लखेटेको भनेका छन् ९प्रहरी सम्पर्कमा आएका युवाले०, भेरीमा हाम्फालेकामध्ये दुई जनाको शव भेटिएको छ, बाँकी चारजना सम्पर्कविहीन छन्”, डीएसपी श्रेष्ठले देखापढीलाई भने, “उनीहरू पौडिएर कतै लुकेर बसेका छन् वा नदीमा वेपत्ता भए भन्ने खोज्दैछौँ। मोबाइल ‘ट्रयाक’ पनि गरिरहेका छौँ। कसैको अस्ति राति साढे सात बजे, कसैको नौ बजे ‘डिट्याच’ भएको छ।”

सम्पर्कविहीन भएकालाई खोज्न भेरी नदी आसपासमा प्रहरी परिचालन गरिएको छ। फेला परेका दुवै शव पोस्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको छ। मृतक नवराजका आफन्तले केटी पक्षले नवराजको हत्या गरेको आरोप लगाएका छन्। यद्यपी, उनीहरूले अहिलेसम्म जिप्रका जाजरकोट वा इप्रका चौरजहारीमा जाहेरी भने दिएका छैनन्।

डेढ वर्षदेखि प्रेम, यसअघि पनि असफल भएको थियो भगाउने प्रयास

भेरी नगरपालिका-४ का नवराज र चौरजहारी नगरपालिका-८ की ती किशोरीबीच डेढ वर्ष पहिलेदेखि नै प्रेम सम्बन्ध रहेको केटाका साथी र आफन्तले प्रहरीसमक्ष बताएका छन्।

नवराजका आफन्तका अनुसार किशोरी यसअघि केही पटक केटाको घरमा समेत आएर फर्किएकी थिइन्। केटाका बाबुआमाले ‘जात नमिल्ने’ भन्दै ती किशोरीलाई टाढा हुन भनेका थिए। सम्झाई बुझाई गरेर पठाएका थिए।

“तिमी ‘ठूली जातकी’, हाम्रो जात मिल्दैन। हामी गरीब छौँ, केटाको केही जागिर पनि छैन, नानी छोडिदेउ भनेर केटाका बाबुआमाले एकवर्ष अघि नै केटीलाई सम्झाएका रहेछन्” मृतक नवराजका एकजना छिमेकीले भने।

तर पनि उनीहरूबीचको प्रेम सम्बन्ध रोकिएन। नवराज पटक पटक केटीको घरमा आउजाउ गर्न थाले। केटाकेटीबीच नियमित फोन सम्पर्क भइरह्यो। जसबाट केटीपक्ष असन्तुष्ट थिए।

यसअघि केही महीना पहिले नवराज आफ्ना तीनजना साथीसहित आफ्नी प्रेमिकालाई ‘भगाउन’ सोतीगाउँ पुगेको खुलेको छ। इलाका प्रहरी कार्यालय चौरजहारीका प्रमुख, इन्स्पेक्टर बिस्टका अुनसार त्यतिबेला पनि उनीहरूलाई केटी पक्षका आफन्तको अनुरोधमा नियन्त्रणमा लिइएको थियो। केटीपक्ष र उनीहरूबीच विवाद भएको थियो।

एक रात इप्रकामा राखेपछि भोलिपल्ट वडाध्यक्ष डम्बरबहादुर मल्लको रोहवरमा युवाहरूलाई आफन्तको जिम्मा लगाइएको थियो।

“उहाँहरूले मौखिक उजुरी गरेपछि सोती गाउँबाट उनीहरूलाई ९नवराज र उनका साथी० नियन्त्रणमा लिएका थियौँ”, इन्स्पेक्टर बिस्टले भने, “भोलिपल्ट बिहान वडाध्यक्षसँग फोनमा कुरा भयो। यसलाई धेरै नलम्ब्याउँ, केटाहरूलाई आफन्तको जिम्मा लगाइदिनुस् भनेपछि हामीले छोडेका थियौँ।”

त्यतिखेर उनीहरूलाई छोड्दा ‘आइन्दा केटी लिन नआउने’ भनेर मौखिक सहमति गराइएको बुझिएको छ।

वडाध्यक्षसहित पाँचजना नियन्त्रणमा

घटनापछि प्रहरीले चौरजहारी नगरपालिका-८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बाबु र आमासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

सोधपुछका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको इक्सपेक्टर बिस्टले बताए। थप केही व्यक्तिलाई नियन्त्रणमा लिन आज प्रहरी परिचालन गरिएको उनले बताए।

केटीपक्ष भन्छन्ः घटना जातीय कारणले भएको होइन

केटी पक्षका आफन्तले भने घटना जातीय कारण नभएको बताएका छन्। अघिल्लोपटक प्रहरीको जिम्मा लगाउँदा नवराज घरेलु हतियार (चक्कु) सहित आएका उनीहरू बताउँछन्। त्योबेला हतियारसहित आएपछि प्रहरीको जिम्मा लगाएको एक आफन्तले बताए। त्यसपछि पनि नवराज केटीको घरमा आउजाउ गर्न छाडेका थिएनन्।

केही समय पहिले केटीका बुवा र नवराजबीच जातीय कुरालाई लिएर फोनमा चर्काचर्की परेको भन्ने आफूले सुनेको उनले बताए। तर, अहिलेको घटना चाहिँ अन्तरजातीय विवाहको विषयलाई लिएर नभएको उनले बताए।

नवराज अघिल्लोपटक विवाद परेका युवकलाई खोज्दै झगडा गर्ने उद्देश्यले साथीहरू लिएर आएको गाउँलेको आरोप छ। उक्त कुरा थाहा पाएपछि केटीकी आमाले गाउँलेलाई खबर गरेको र त्यसपछि घटना भएको बताइन्छ। गाउँमा भलिबल खेलिरहेका १९/२० वर्षका युवासहित गाउँलेको समूहले नवराजको समूहलाई लखेटेको आफूलाई जानकारी आएको उनले बताए।

गाउँलेको लखेटाइपछि भाग्ने क्रममा केही युवाले नदीमा हाम्फालेको र बाँकी १२ जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको उनी बताउँछन्। तर, नवराजलाई हत्या गरेर फालिएको भन्ने कुरा निराधार रहेको ती गाउँलेले बताए।

एक्लो छोरा थिए नवराज, प्रहरी बन्‍ने सपना अधुरै

नवराजको परिवार ज्याला मजदुरी गरेर गुजारा चलाउँछन्। उनी घरका एक्ला छोरा थिए। उनकी दुई दिदी र एक बहिनीको विवाह भइसकेको छ। नवराजको प्रहरीमा जागिर खाने सपना थियो। सोही अनुसार उनले आवेदन समेत दिएका थिए।

प्रहरी जवानको परीक्षामा लिखितसम्म पास गरेका उनको लकडाउनका कारण मौखिक परीक्षा हुन सकेको थिएन। लकडाउन नभएको भए र मौखिक परीक्षामा उत्तीर्ण भएको भए नवराज यतिबेला प्रहरीको तालिममा हुन्थे। तर, उनको प्रहरी बन्ने सपना अब कहिल्यै पूरा नहुनेगरी समाप्त भएको छ।

नेकपाले बनायो छानबिन समिति

घटनाको छानबिन गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम रुकुमले प्रदेश कमिटी सदस्य चन्द्रबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ।

समितिमा नेकपा कर्णाली प्रदेश कमिटी सदस्य पुष्प वादी र रुकुम पश्चिम जिल्ला कमिटी सदस्य भीमा थापा रहेका छन्। समितिले घटनाको बारे निष्पक्ष छानबिन र अनुसन्धानका लागि स्थानीय प्रशासनलाई सघाउने नेकपा रुकुम पश्चिमका अध्यक्ष गोपाल शर्माले बताए। नेकपाले दोषीलाई कडा कारबाही गर्न माग पनि गरेको छ।

यसैबीच, विभिन्न अधिकारकर्मीहरूले घटनाको अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन्। नेपाल दलित मुक्ति संगठन प्रदेश ५ का सहइञ्चार्ज एवं नेकपा प्रदेश कमिटी सदस्य पुजन विश्वकर्मा, नेपाल दलित मुक्ति संगठन बाँकेका इञ्चार्ज रामकृष्ण बिक, गैरसरकारी संस्था महासंघ प्रदेश ५ का उपाध्यक्ष धर्मलाल रोकायालगायत ११ जना अधिकारकर्मीले ११ जेठ बेलुकी विज्ञप्ति निकालेर घटनाको छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन्।
देखापढी डटकम

Related Posts

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी
ताजा समाचार

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी

भेरीगंगामा कांग्रेसको गढ भत्काउँदै एमाले बिजयी
ताजा समाचार

भेरीगंगामा कांग्रेसको गढ भत्काउँदै एमाले बिजयी

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
ताजा समाचार

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

१४ जिल्लाका ४४ केन्द्रमा मतदान रद्द
Videos

१४ जिल्लाका ४४ केन्द्रमा मतदान रद्द

आज देशैभरि स्थानीय तहको निर्वाचन
Videos

आज देशैभरि स्थानीय तहको निर्वाचन

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)
Videos

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

१२ जेष्ठ २०७७, सोमबार
४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

१२ जेष्ठ २०७७, सोमबार
राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

१२ जेष्ठ २०७७, सोमबार
हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

१२ जेष्ठ २०७७, सोमबार
आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु

श्रीलंकामा हट्यो संकटकाल

१२ जेष्ठ २०७७, सोमबार
युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

१२ जेष्ठ २०७७, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.