आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले फिर्ता गरे सुरक्षाकर्मी र पछुवा गाडी

“मसँग ७ जना प्रहरी सुरक्षामा खटिएका थिए। ती सबै फिर्ता पठाएको हुँ। अहिले आफ्नो सुरक्षाभन्दा पनि जनताको स्वास्थ्य र सुरक्षा महत्वपूर्ण हो।

होस्ट खबर by होस्ट खबर
११ जेष्ठ २०७७, आईतवार
287
SHARES
405
VIEWS
FacebookTwitter
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले फिर्ता गरे सुरक्षाकर्मी र पछुवा गाडी

सुर्खत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका प्रहरी र पछुवा गाडी फिर्ता गरेका छन् l कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारमा सुरक्षाकर्मी परिचालन गर्न समस्या नहोस् भनेर आफूसित भएका सुरक्षाकर्मी र गाडी फिर्ता गरेको उनले बताएका छन्।

मुख्यमन्त्री शाहीले आफ्नो सुरक्षाका लागि भन्दा पनि अहिले संक्रमण नियन्त्रण गर्न सुरक्षाकर्मी आवश्यक पर्ने भएकाले फिर्ता गरेको जानकारी दिए।

“मसँग ७ जना प्रहरी सुरक्षामा खटिएका थिए। ती सबै फिर्ता पठाएको हुँ”, उनले भने, ‘अहिले आफ्नो सुरक्षाभन्दा पनि जनताको स्वास्थ्य र सुरक्षा महत्वपूर्ण हो।”

क्वारेन्टाइनको व्यवस्थापन, संक्रमितलाई अस्पताल लैजान लगायतका विभिन्न काममा खटिने सुरक्षाकर्मीको संख्या कम भएकाले फिर्ता गरिएको उनको भनाइ छ।

दुई महीनासम्म संक्रमित नदेखिएको कर्णाली प्रदेशमा संक्रमित देखिएको र भारतबाट आउने क्रम जारी रहेकाले सम्भावित जोखिमलाई ध्यान दिइएको उनले बताए।

“यसअघि भारतबाट आएकाहरुको हामीले पीसीआर परीक्षण गरेर क्वारेन्टाइनमा राखेर घर पठाएका थियौं”, उनले भने, “पछिल्लो तीनचार दिनमा मात्रै साढे ६ हजार मानिसहरु कर्णाली प्रदेश भित्रिएका छन्।”

मुख्यमन्त्री शाहीका अनुसार महामारी नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन आवश्यक भएको हुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयमा रहेका अन्य सवारीसाधन पनि प्रहरीलाई दैनिक ड्युटी गर्न उपलब्ध गराइएको छ।

“मन्त्री र सचिवहरू बाहेकका अन्य सबै गाडी सुरक्षाकर्मीलाई दैनिक ड्युटीका लागि प्रयोग गर्न निर्णय गरेरै उपलब्ध गराइएको छ”, शाहीले भने।

Related Posts

राजदूत पद बिक्रीमा छः डा. सुरेन्द्र केसी
अन्तरर्वार्ता

राजदूत पद बिक्रीमा छः डा. सुरेन्द्र केसी

नेकपाको ‘माइक्रोम्यानेजमेन्ट’ गर्दा कहाँ गयो चीन र ?
अन्तरर्वार्ता

नेकपाको ‘माइक्रोम्यानेजमेन्ट’ गर्दा कहाँ गयो चीन र ?

नेकपाका अध्यक्ष प्रचण्डलाई भेट्न चिनियाँ राजदूत खुमलटारमा
अन्तरर्वार्ता

नेकपाका अध्यक्ष प्रचण्डलाई भेट्न चिनियाँ राजदूत खुमलटारमा

प्रधानमन्त्री ओली पुगे शीतल निवास
अन्तरर्वार्ता

प्रधानमन्त्री ओली पुगे शीतल निवास

गुमेको भूमि फिर्ता ल्याउन चुनौती दिएकोमा भारतलाई धन्यवाद : प्रचण्ड
अन्तरर्वार्ता

ओली पक्षका सहभागी नभए पनि सचिवालय बैठक रोक्दैनौँः प्रचण्ड

ओलीले एक पद त्याग गर्नुपर्ने प्रचण्ड नेपाल पक्षको अडान
अन्तरर्वार्ता

ओलीले एक पद त्याग गर्नुपर्ने प्रचण्ड नेपाल पक्षको अडान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

११ जेष्ठ २०७७, आईतवार
४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

११ जेष्ठ २०७७, आईतवार
राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

११ जेष्ठ २०७७, आईतवार
हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

११ जेष्ठ २०७७, आईतवार
आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु

श्रीलंकामा हट्यो संकटकाल

११ जेष्ठ २०७७, आईतवार
युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

११ जेष्ठ २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.