आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कोरोना संक्रमित दैलेखका युवा भन्छन् ‘अस्पताल आएपछि मनोबल बढेको छ’

होस्ट खबर by होस्ट खबर
१० जेष्ठ २०७७, शनिबार
487
SHARES
389
VIEWS
FacebookTwitter
कोरोना संक्रमित दैलेखका युवा भन्छन् ‘अस्पताल आएपछि मनोबल बढेको छ’

सुर्खेत : दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएको पाँच दिनपछि ९ जेठमा कोरोना विशेष अस्पताल सुर्खेत ल्याइयो।

संक्रमितलाई तोकिएका अस्पतालमा नलगी विद्यालयमा बनाइएका मापदण्ड नपुगेका आइसोलेसनमा राखिएको भन्दै चर्को विरोध भएपछि उनलाई सो अस्पताल ल्याइएको हो। त्यसअघि ती युवकलाई दैलेखको नारायण नगरपालिका–८ स्थित सरस्वती माध्यमिक विद्यालयमा राखिएको थियो।

प्रदेश अस्पतालका निर्देशक डा। डम्बर खड्काका अनुसार सङ्क्रमित युवा चिकित्सकसहित स्वास्थ्यकर्मीको निगरानीमा छन्। कर्णालीको पहिलो कोरोना सङ्क्रमित उनले प्रदेश अस्पतालमा आएपछि आफ्नो मनोबल बढेको बताए।

“चिकित्सकहरूले राम्रो उपचार हुन्छ, नआत्तिनुस्, तपाईंलाई सुर्खेत लैजाँदैछौँ भनेर एम्बुलेन्समा बसाल्नुभो”, उनले भने, “कोरोना पोजिटिभ भएको सुन्दा मलाई त्यति दुःख लागेन, बरु प्रदेश अस्पतालमा लैजाने भनेर जङ्गलको बीचमा रहेको विद्यालयमा राख्दा साह्रै मन दुखेको थियो।”

उनलाई विद्यालयको हलमा राखियो। तीन नर्स र एक चिकित्सक अर्को भवनको कोठामा बस्थे। शय्या र एउटा थर्मोमिटरबाहेक अरु केही थिएन। विद्यालयको आइसोलेसनमा रहँदाको अनुभव सुनाउँदै भने, “क्वारेन्टाइनबाट नारायण नगरपालिकाको विद्यालयमा ल्याएको दिन रक्तचाप र ज्वरो नापियो, नर्सहरूले मोबाइल नम्बर दिएका थिए, केही अप्ठ्यारो परे फोन गर्नु भनेर, तर फर्केर कोही आएनन्, त्रासैत्रासमा बसेँ, बेला–बेलामा आफैं ज्वरो नापेर नर्सलाई फोन गरी जानकारी दिन्थेँ।”

उनले आफ्ना परिवार अत्तालिएका बताए। “मलाई केही हुँदैन भन्छु, तर भित्रभित्रै आफैंलाई भने डर लागिरहेको छ। मलाई अस्पताल नलगी यतै स्कूलमै राखेर मार्ने त होइनन् भन्ने मनमा लागिरहन्थ्यो”, उनले भने, “जब हिजोमात्रै सुर्खेत आइयो, त्यसपछि बाँचिन्छ होला भन्ने अलि आँट आएको छ।”

सङ्क्रमण पत्ता लागेपछि अस्पतालमा राखेर उपचार गर्नुका साटो उल्टै तनाव दिएको ती युवाको गुनासो छ। आफू पहुँचविहीन दलित समुदायको भएकाले उपचारमा बेवास्ता गरिएको उनको बुझाइ छ। ३ जेठमा प्रदेश स्वास्थ्य निर्देशनालयबाट खटिएको प्रयोगशालाको टीमले ती युवासहित सात्तला लक्ष्मी मावि क्वारेन्टाइनमा रहेका ३९ जनाको स्वाब सङ्कलन गरेको थियो। ५ जेठमा पीसीआर परीक्षणमा उनको नतिजा पोजिटिभ देखिएको थियो। रासस

Related Posts

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ
ताजा समाचार

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त
ताजा समाचार

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री
ताजा समाचार

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण
ताजा समाचार

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु
ताजा समाचार

डोटी बस दुर्घटनाः पाँचको अवस्था जटिल, एक बेपत्ता

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन
ताजा समाचार

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

१० जेष्ठ २०७७, शनिबार
४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

१० जेष्ठ २०७७, शनिबार
राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

१० जेष्ठ २०७७, शनिबार
हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

१० जेष्ठ २०७७, शनिबार
आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु

श्रीलंकामा हट्यो संकटकाल

१० जेष्ठ २०७७, शनिबार
युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

१० जेष्ठ २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.