आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

दैलेखका कोरोना संक्रमितको आग्रह : ‘म बाँच्न चाहन्छु, मलाई स्कुलमा होइन अस्पताल लैजाऊ’

उनले कर्णाली प्रदेश सरकारले उपचारमा आफूलाई हेला गरेको दुःखेसो पोखे । 'मलाई बाँच्ने दृढ इच्छाशक्ति छ। तर, जंगलको बीचमा रहेको स्कुलमा राख्दा मनोबल कमजोर भएको छ, 'उनले पीडा सुनाउँदै भने, 'म बाँच्न चाहन्छु, मलाई स्कुलमा होइन अस्पताल लैजाऊ ।'

होस्ट खबर by होस्ट खबर
९ जेष्ठ २०७७, शुक्रबार
319
SHARES
401
VIEWS
FacebookTwitter
दैलेखका कोरोना संक्रमितको आग्रह : ‘म बाँच्न चाहन्छु, मलाई स्कुलमा होइन अस्पताल लैजाऊ’

कोरोना संक्रमित युवालाई राखिएको स्कुल ।

दैलेख : जिल्लाको आठबीस नगरपालिका-१ सात्तलाका ३५ वर्षीय युवामा कोरोना पुष्टि भयो । भारतको उत्तरप्रदेश राज्यस्थित आगराबाट जेठ १ गते गाउँ आइपुगेका ती युवामा गत सोमबार कोरोना भाइरस (कोभिड-१९) पुष्टि भयो । उनी कर्णालीका पहिलो संक्रमित हुन् ।

सात्तलास्थित लक्ष्मी मावीमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका उनमा कोरोना पुष्टि भएपछि तत्कालै उद्धार गरेर अस्पताल पुर्‍याउनुपर्ने हो । तर त्यसो हुन सकेन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा शंकास्पद् देखिएको ४२ घण्टाभन्दा बढी समयपछि मंगलबार राती ९ बजे दैलेख सदरमुकामस्थित एक स्कुलको कोठामा राखेर उपचार थालियो ।

उनलाई नारायण नगरपालिकाको तर्ताङ्ग झुप्रेसालस्थित जंगलको बीचमा रहेको सरस्वती मावीमा बनाइएको आइसोलेसनमा राखियो । अस्पताल नलगेर जंगलको बीचमा रहेको स्कुलमा लिएर राख्दा संक्रमितको मनोबल कमजोर बनेको छ ।उनले भने, ‘मलाई स्कुल होइन, अस्पताल लैजाऊ।’

आफूलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि निराश बनेका उनलाई उपचार भने प्रदेश सरकारले तोकेको सुविधासम्पन्न अस्पतालमा हुन्छ भन्नेमा ढुक्‍क थिए । तर, त्यसो हुन सकेन् । अस्पताल नभई स्कुलमा लिएर राख्दा मनोबल कमजोर बनेको उनी बताउँछन् ।

शुक्रबार कुरा गर्दै उनले कर्णाली प्रदेश सरकारले उपचारमा आफूलाई हेला गरेको दुःखेसो पोखे । ‘मलाई बाँच्ने दृढ इच्छाशक्ति छ। तर, जंगलको बीचमा रहेको स्कुलमा राख्दा मनोबल कमजोर भएको छ, ‘उनले पीडा सुनाउँदै भने, ‘म बाँच्न चाहन्छु, मलाई स्कुलमा होइन अस्पताल लैजाऊ ।’

घाँटीमा समस्या भइरहेको उनले बताए । ुमलाई राखिएको यो स्कुलको वरपर मान्छे गाड्ने चिहानघारी रहेछ,ु उनले भने ुपहुँचविहीन समुदायको व्यक्ति भएकै कारण कर्णाली प्रदेश सरकारले तोकेको अस्पतालमा लैजान आलटाल गरेको छ।ु

आफू रहेको स्कुलको कोठामा बेडसहित पानी तताउने भाँडो, झुल राखिएको उनले बताए । यता स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड(१९ फोकल पर्सन थीरबहादुर रेग्मीले संक्रमित युवाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

उनका अनुसार संक्रमित व्यक्तिको उपचारका लागि डा. विश्वबन्धु खड्काको नेतृत्वमा २ जना नर्स, एक जना सहयोगी खटिएका छन् । एउटा एम्बुलेन्स र चालक समेत तैनाथ गरिएको उनले बताए । नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ । संक्रमित युवा रहेको कोठामा अक्सिजनको व्यवस्थापन गरिएको रेग्मीले बताए ।

कर्णालीका पहिलो संक्रमितलाई जिल्लाको एक स्कुलमा राखेर उपचार हुँदा कर्णाली प्रदेश सरकारले तोकेका कोरोना अस्पताल बेकामे बनेका छन् । कोरोना संक्रमितको उपचारका लागि भनेर कर्णाली प्रदेश सरकारले तीनवटा अस्पताललाई तोकेको थियो ।

गत चैत्र १३ गते बसेको कर्णाली प्रदेश मन्त्री परिषद्को बैठकले हुम्ला जुम्ला, मुगु र कालिकोट जिल्लाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जाजरकोट, डोल्पा र रुकुम पश्चिमका लागि चौरजहारी सामुदायिक अस्पताल रुकुम पश्चिम र प्रदेशका बाँकी दैलेख सुर्खेत रसमग्र प्रदेशका लागि प्रदेश अस्पताल सुर्खेतलाई विशिष्टिकृत अस्पतालको रुपमा स्थापना गर्ने निणर्य गरेको थियो । त्यसका लागि प्रदेश सरकारले २ करोड ५० रुपैयाँ खर्चिएको छ ।

प्रदेश सरकारको चौतर्फी विरोध

कर्णालीका अन्य जिल्लामा हेलिकोप्टर प्रयोग गरेर स्वाब संकलन गरिरहेको कर्णाली प्रदेश सरकारले दैलेखका संक्रमितको उद्वारमा वेवास्ता गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

कर्णाली प्रदेश सरकारका मन्त्रीहरुले पहुँचको भरमा हवाई मार्गमार्फत कालिकोट, मुगु, हुम्लामा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिरहेको भएपनि संक्रमितको उद्वारमा ४२ घण्टा लगाएको र उपचारमा हेलचक्याई गरेको आठबीस नगरपालिका-१ का बिरबहादुर नेपालीले बताए ।

संघीय सांसद पार्वती कुमारी विशुन्केले कर्णालीका कोरोना संक्रमित युवालाई तत्काल प्रदेश अस्पतालमा ल्याइ उपचारको व्यवस्था गरिनुपर्ने बताइन् । उनले संक्रमित व्यक्तिको गाउँमा सबै नागरिकको परीक्षण, उक्त क्षेत्रलाई रेडजोनमा राखेर तत्काल सिल गर्नुपर्ने उनको भनाइ छ । ुयसबारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेरै ध्यानाकर्षण गराएको छु,ु उनले भनिन् ।

आठबीस नगरपालिकाका उपप्रमुख दिपा बोहोराले प्रदेश सरकारले तोकेको अस्पतालमा नपठाएर विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०को मापदण्ड विपरीत सदरमुकाममा एक कुनामा रहेको स्कुलमा राखिएको भन्दै आपत्ती प्रकट गरिन् ।

एक विज्ञप्ति जारी गर्दै उपप्रमुख बोहोराले भनिन्, ‘महाविपत्तीको समयमा प्रदेश सरकारको भूमिका खेदजनक छ ।’ उप-प्रमख बोहोराले प्रदेश सरकारले विभेद गरेको बताइन् ।

अन्नपूर्ण अनलाइन

Related Posts

कक्षा ११ का नयाँ पुस्तक छपाइ शुरू, यसै महिनाभित्र सक्ने लक्ष्य
Uncategorized

मतपत्र छपाइले पाठ्यपुस्तकमा ढिलाइ

राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन
ताजा समाचार

मतपत्र ओसारपसारको जिम्मा सेनालाई

अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु, सात घाइते
ताजा समाचार

अक्सिजन प्लान्ट विस्फोट: ज्यान गुमाउनेको सङ्ख्या २ जना पुग्यो

बाटो समयमै बनेन भने साँच्चै अनशन बस्छुः प्रचण्ड
समाज

फेरि पनि वाम एकता हुनसक्छ : प्रचण्ड

दिल्लीमा भाजपाका स्थानीय नेताको गोली हानी हत्या
अन्तर्राष्ट्रिय

दिल्लीमा भाजपाका स्थानीय नेताको गोली हानी हत्या

सुर्खेतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
ताजा समाचार

सुर्खेतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

९ जेष्ठ २०७७, शुक्रबार
४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

९ जेष्ठ २०७७, शुक्रबार
राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

९ जेष्ठ २०७७, शुक्रबार
हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

९ जेष्ठ २०७७, शुक्रबार
आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु

श्रीलंकामा हट्यो संकटकाल

९ जेष्ठ २०७७, शुक्रबार
युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

९ जेष्ठ २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.