काठमाडौँ : पछिल्लो समय देखिएको भारत र नेपालबीचको सीमा विवाद र यसले उत्पन्न गराएका विवादका कारण थप समस्याहरु देखिन थालेका छन् । यही कारणले हुनुपर्छ, भारतीय ह्याकरहरुले अब नेपाली सरकारी साइटहरु पनि ह्याक गर्न थालेका छन् ।
अर्को तर्फ नेपाल राष्ट्रिय पुस्तकालयको वेबसाइट ह्याक भएको छ । शम्हारुसद्वारा नेपाल राष्ट्रिय पुस्तकालयको वेबसाइट ह्याक भएको हो ।
पछिल्लो पटक इन्डियन साइबर ट्रुप्स नामको एक समूहले बाँकेको वन विभागको वेबसाइटलाई ह्याक गरेको छ । उसले ह्याक गरेको केही घन्टामा वेबसाइट फिर्ता त आएको छ तर यो समूहले अरु सरकारी वेबसाइटलाई पनि ह्याक गरिरहन खोजेको बुझिएको छ ।
१३ घन्टा अगाडि नै इन्डियन साइबर ट्रुप्स नामको फेसबुकमा उनीहरुले यसबारे उल्लेख पनि गरेका छन् ।