सुर्खेत : नेपालमा थप नौ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ४ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
विभिन्न प्रयोगशाला गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएको हो। रुपन्देहीका २७ बर्षीय पुरुष, झापाका १७, १८, १८, २०, २० २३, ५२ र ५५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ भने उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा छन्।
यसअघि आज विहान मात्रै १७ जनामा कोरोना पुष्टि भएको थियो। झापाको कचनकवल गाउँपालिका वडा नम्वर ३, ६ र ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ बर्षका पुरुष, धनकुटा निवासी ३४ बर्षीय पुरुष र सुनसरी धरान उप–महानगरपालिका निवासी ५१ बर्षीय महिलामा कोरोना पुष्टि भएको थियो।
प्रवक्ता डा। देवकोटाका अनुसार अहिलेसम्म पीसीआरबाट कुल ३८ हजार ७ सय ३६ र आरडीटीबाट ७८ हजार ६ सय ९५ जनाको परीक्षण भएको जानकारी दिए।
स्वास्थ्य मन्त्रालयले देशभर २५ हजार ३० जना क्वारेन्टाइनमा रहेको जनाएको छ। कोरोनाको उपचार गरी अहिले सम्म ४९ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।