आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

चीनले किन नेपाललाई चिन्न चाहेन ?

होस्ट खबर by होस्ट खबर
८ जेष्ठ २०७७, बिहीबार
282
SHARES
457
VIEWS
FacebookTwitter
चीनले किन नेपाललाई चिन्न चाहेन ?

काठमाडौँ : इतिहासले कहिलेकाहीँ कति ठूलो मजाक गरिदिन्छ भने, छिमेकका ठूला मुलुक आपसमा मिल्दा वा नमिल्दा दुबैको चेपुवामा पर्नुपर्ने नियति हामीजस्ता साना र भूपरिवेष्ठित मुलुकले झेल्नुपर्ने ।

चीन र भारतले हामीसङ्ग गर्ने वास्तविक ब्यवहारको यौटा अनुपम उदाहरण फेला परेको छ र त्यसैका आधारमा जनआस्थाले सप्रमाण, दस्तावेजसहित इतिहास उधिन्दैछ । सबै कुराको विश्वास गर्नु, आफ्नो इमान, स्वाभिमानमा कहिल्यै नडग्नु, तथ्य, प्रमाणका आधारमा बोल्दै रहनु, हत्केलाले सधैं सूर्यलाई छेक्न सक्दैन । एकदिन चिहानबाट पनि सत्य व्युँझिएरै छाड्छ ।

यो प्रसंग हो, कालापानी भारतलाई बुझाएको आरोप लाग्ने गरेका राजा महेन्द्रले आजभन्दा ६० वर्षपहिले तत्कालिन चीनको राजधानी पेकिङमा २०१८ असोज १९ गते बिहिबारका दिन, तद्नुसार सन् १९६१ अक्टोबर ५ का दिन आफ्ना समकक्षी राष्ट्रपति लिउ साओचीसँग गरेको पाँच बुँदे सिमानासम्बन्धी सन्धिको ।

यो प्रसंग हो, कालापानी भारतलाई बुझाएको आरोप लाग्ने गरेका राजा महेन्द्रले आजभन्दा ६० वर्षपहिले तत्कालिन चीनको राजधानी पेकिङमा २०१८ असोज १९ गते बिहिबारका दिन, तद्नुसार सन् १९६१ अक्टोबर ५ का दिन आफ्ना समकक्षी राष्ट्रपति लिउ साओचीसँग गरेको पाँच बुँदे सिमानासम्बन्धी सन्धिको ।

त्यही सन्धिपत्रको दफा १ को प्रसंग हो यो । बिडम्बनाको कुरा, त्यो सन्धिमा हस्ताक्षर भएको १ वर्ष १५ दिन नपुग्दै कालापानी र लिम्पियाधुरालाई नेपाली भूमि भनेर स्वीकारेको चीनले भारतसँग लडाइँ गर्नुपर्यो । र, सन १९६२ को २० अक्टोबरदेखि २१ नोभेम्बरसम्म चीनसङ्ग लड्ने नाममा दिल्लीबाट सबैभन्दा छोटो दूरीको नेपाली भूभाग कब्जा गरिदियो ! भारतले त्यतिबेला जुन नेपाली भूमि कब्जा गरेको थियो, त्यसलाई सन् २०१५ मा बेइजिङ पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी लि खछ्याङसँग मे १५ मा गरेको सम्झौताको दफा २८ ले खर्लप्पै वैधानिकता प्रदान गरिदियो ।

चीनविरुद्ध दलाई लामाका अनुयायी खम्पा विद्रोहीले नेपाली भूमि मुस्ताङलाई आधार क्षेत्र बनाएर सिआइए र भारतको सहयोगमा छेडेको विद्रोहलाई नेपाली सेनाले दमन गरेपछि त्यसका कमाण्डर गे वाङ्दीसहितको पल्टन भागेर भारततर्फ भाग्दै थिए । त्यहीबेला नेपाली सेनाले उनलाई लिपुलेकमा घेरा हाल्यो । गे वाङ्दीहरु २०३१ साल भदौ २४ गते टिँकरमा मारिए । अर्थात्,जताबाट पनि यो मामिलामा चीन जोडिएर आउँछ। सन १९६१ मा चीनले नेपाली भूमि भनी स्वीकारेको ठाउँमा चीनबिरोधी खम्पाहरु १९७४ मा नेपाली सेनाबाट हताहत हुनु सो भूभागमाथि नेपाली स्वामित्वको अकाट्य प्रमाण हो ।

विगतमा चीनको सद्भाव, सहकार्य नेपालप्रति कस्तो थियो र नेपालले पनि चीनलाई पाइला पाइलामा  कसरी सघाउदै आयो भन्ने कुराको सन्दर्भ यहाँ गाँसिन आउँछ ।

सन १९६१ मा चीनले नेपाली भूमि भनी स्वीकारेको ठाउँमा चीनबिरोधी खम्पाहरु १९७४ मा नेपाली सेनाबाट हताहत हुनु सो भूभागमाथि नेपाली स्वामित्वको अकाट्य प्रमाण हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शुक्रबार सदनको संयुक्त बैठकमा पेश गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा गुमेको नेपाली भूभागको संरक्षण गर्ने, कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी गर्ने घोषणा भएको छ ।

चीनसँग भएको सन्धिको बुँदा नं. १ को दफा १ मा “चीन-नेपाल सीमारेखा काली नदी, टिंकर नदीको पानीढलो तथा मापचु (कर्णाली नदीका सहायक नदीहरु) र टिंकर नदीको पानी ढलो सम्मिलित भएको स्थानबाट प्रारम्भ हुन्छ । त्यहाँबाट दक्षिण पूर्वतर्फ टिंकर नदी र सेती नदीको पानी ढलो हुँदै न्युमाचिसा (लिपुधुरा हिमालको श्रृंखला) र टिंकर लिपुधुरा भञ्ज्याङबाट गुज्रिएर उराही भञ्ज्याङतर्फ जान्छ भनेर स्वीकारिएको छ । त्यसैमा राजा महेन्द्रले पनि हस्ताक्षर गरेका छन् ।

यसरी नेपालले चीनसँगको मित्रतामा प्राविधिक हिसाबले थुप्रै दुःखकष्टमा साथ पायो र दियो पनि । भर्खर जापान र ब्रिटेनको गुलामीबाट मुक्त भएको,  फ्रेञ्च, अमेरिकनहरुले अफिम युद्धबाट थिलथिलो बनाएको चीनलाई कम्युनिष्टहरुले भारतभन्दा दुई वर्षपछि स्वाधीनता पाएपछि संयुक्त राष्ट्रसंघमा प्रवेश गर्न नेपालले साथ दिएकै हो । त्यसको बदलामा चीनले पनि नेपाललाई साथ दिँदै रह्यो । तर, आफैंले नेपालसँग गरेको सन्धिलाई उसले बिर्सिएको या बिर्सेजस्तो गरेको छ । नेपालको अस्मिता लुटिएको छ । सार्वभौमिकता र अखण्डतामाथि प्रहार भएको छ ।

भनिन्छ, साथीको पहिचान दुःखको बेलामा हुन्छ । यो दस्तावेज त्यसैको एउटा प्रमाण हो । अब असल मित्रताको पहिचान दिने, देखाउने पालो चीनको आएको छ । हेरौँ,यो अग्नीपरीक्षामा चीनको कति साथ हुनेछ ? हिजो भूटान नजिक दोक्लमको सिमानामा बाटो बनाउँदा चीनलाई जति दुखेको थियो, आज नेपालजस्तो छिमेकीको भूमिमा त्यही भारतले बाटो बनाउँदा उसलाई कति दुःख्छ ? हेर्न बाँकी छ ।

त्यो सन्धिमा हस्ताक्षर भएको १ वर्ष १५ दिन नपुग्दै कालापानी, र लिम्पियाधुरालाई नेपाली भूमि भनेर स्वीकारेको चीनले भारतसँग लडाइँ गर्नुपर्यो । र, सन १९६२ को २० अक्टोबरदेखि २१ नोभेम्बरसम्म चीनसङ्ग लड्ने नाममा दिल्लीबाट सबैभन्दा छोटो दूरीको नेपाली भूभाग भारतले कब्जा गरिदियो !

Related Posts

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ
ताजा समाचार

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त
ताजा समाचार

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री
ताजा समाचार

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण
ताजा समाचार

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु
ताजा समाचार

डोटी बस दुर्घटनाः पाँचको अवस्था जटिल, एक बेपत्ता

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन
ताजा समाचार

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

८ जेष्ठ २०७७, बिहीबार
४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

८ जेष्ठ २०७७, बिहीबार
राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

८ जेष्ठ २०७७, बिहीबार
हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

८ जेष्ठ २०७७, बिहीबार
आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु

श्रीलंकामा हट्यो संकटकाल

८ जेष्ठ २०७७, बिहीबार
युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

८ जेष्ठ २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.