आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

निजी अस्पताललाई प्रयोग गर्न दिइने आरडीटी किटको गुणस्तरमै शंका

होस्ट खबर by होस्ट खबर
८ जेष्ठ २०७७, बिहीबार
244
SHARES
320
VIEWS
FacebookTwitter
निजी अस्पताललाई प्रयोग गर्न दिइने आरडीटी किटको गुणस्तरमै शंका

काठमाडौं : सरकारले कोरोना परीक्षणको दायरा बढाउन भन्दै निजी तथा सामुदायिक अस्पताललाई र्‍यापिड डाइग्नोस्टिक किट (आरडीटी) परीक्षणको अनुमति दिने निर्णय गर्दै ९ वटा किटको सूची निकालेको छ । तर सरकारले सूचिकृत गरेका किटको गुणस्तरमा भने प्रश्न उठेको छ ।

निजी र सामुदायिक अस्पतालले प्रयोग गर्नसक्ने भनिएको ९ वटा किटमध्ये दुई वटाले मात्र अन्तर्राष्ट्रिय बजारमा मान्यता पाएको छ । बाँकी सबै किट उत्पादन भएकै देशमा अस्वीकृत हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको किटमा ९ मध्ये ७ वटा चिनियाँ कम्पनीका छन् ।

यसमध्ये ६ वटाले चीनमै प्रयोग गर्न स्वीकृति पाएको छैन । मन्त्रालयले जारी गरेको निर्देशिकाको सूचीको चीनको लेपु मेडिकल कम्पनीको किट पहिलो नम्बरमा राखिएको छ । गत साता सरकारले सोही किट १ लाख थान खरिद गरिसकेको छ । अर्को १ लाख २५ हजार किट खरिद प्रकिया अगाडि बढाउन स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई पत्र लेखिसकेको छ ।

तर यो किटको गुणस्तरमा संसारभर प्रश्न उठेको छ ।

‘व्यापारको लागि कमसल माल उठाएर ल्याएका छन्, यो त जनस्वास्थ्यमाथि गम्भीर खेलवाड भो’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा। बाबुराम मरासिनीले भने ।

यस्तै नेपालमा सूचिकृत बेइजिङ केवाइ क्लिनिकल डाइग्नोस्टिक रिएजेण्ट इन्कर्पोरेसन, बेइजिङ वान्टाई बायोलोजिकल फार्मेसी इन्टरप्राइजेज कम्पनी लिमिटेड, नानजिङ भाजाइम बायोटेक कम्पनी लिमिटेट, पानबायो ट्रेडमार्क र सांघाई लियोङ रन बायोमेडिसिन टेक्नोलोजी कम्पनी लिमिटेडले उत्पादन गरेको किटलाई पनि चीनको नेसनल मेडिकल एममिनेष्ट्रसनले ९एनएमएले० स्वीकृति दिएको छैन ।

नेपालमा सूचिकृत जुहाई लिभजोन डाइग्नोस्टिक इन्कर्पोरेसनले उत्पादन गरेको किट मात्र चीनको एनएमएले स्वीकृति दिएको र विश्व स्वास्थ्य संगठनको वेबसाइटमा प्रकाशित १९ कम्पनीमा पर्छ ।

त्यस्तै अमेरिकाको सेलेक्स कम्पनीले उत्पादन गरेको आरडीटी किटलाई पनि त्यहाँको फ़ूड एण्ड ड्रग एडमिनिस्ट्रेसनले आपतकालीन स्थितिमा प्रयोग गर्न अनुमति दिएको छ।

नेपालमा अनुमति दिइएको क्यानडाको बायोक्यान डाइग्नोस्टिक इन्कर्पोरेसनको टेलमी फास्ट नामक किट कम्पनीकै प्रोडक्ट क्याटलगमा समावेश छैन ।

उत्पादक देशमै मान्यता नपाएका आरडीटी किटलाई नेपालमा प्रचलनमा ल्याउनु घातक हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। बाबुराम मरासिनी बताउँछन् ।

विश्व स्वास्थ्य संगठन वा अमेरिकाको फ़ुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले मान्यता दिएको बाहेक अरु किट कमसल हुने समेत उनी बताउँछन् । ‘व्यापारको लागि कमसल माल उठाएर ल्याएका छन्, यो त जनस्वास्थ्यमाथि गम्भीर खेलवाड भो’ मरासिनीले भने, ‘हामीले त पहिलेदेखि नै आरडीटी प्रयोग नगरिकन पीसीआर परीक्षणको दायरा बढाउन सुझाव दिएका हौं ।’

अहिले नेपालमा मानिसहरुलाई आफूमा कोरोना संक्रमण छ कि छैन तत्काल थाहा पाउनुपर्ने भएकाले नेपालको आवश्यकता आरडीटी किट नभएको उनको भनाइ छ । ‘अहिले हामीलाई तत्काल संक्रमण छ कि छैन भनेर थाहा पाउनु जरुरी छ, त्यसैले पीसीआर नै गर्नुपर्छ’ मरासिनीले भने ।

राम्रा कम्पनी सूचीकृत हुनै आएनन्

नेपालले केही समयअघि नेपालमा आरडीटी परीक्षणका लागि सूचीकृत हुन कम्पनीहरुलाई आह्वान गरेको थियो । त्यसमा २६ वटा कम्पनीले आवेदन दिएका थिए । तर अधिकांश विश्व स्वास्थ्य संगठनको सूचीमा परेका थिएनन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा। रुना झा आवेदन दिनेमध्येबाटै छनोट गर्नुपर्ने भएकाले विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका कम्पनी नपरेको स्वीकार गर्छिन् । ‘२६ वटा आरडीटी किट कम्पनीले आवदेन दिएका थिए । तीमध्ये ९स्वास्थ्य सेवा० विभाग, ९स्वास्थ्य तथा जनसंख्या० मन्त्रालय र ९राष्ट्रिय जनस्वास्थ्य० प्रयोगशालाको विज्ञ टोलीले ९ वटालाई लिस्टिङ गरेको हो ।’

प्रयोगशाला प्रमुख झाका अनुसार नेपालमा प्रयोग गर्न अनुमति दिइएका किटहरूले एण्टीबडी, आईजीजी र आइजीएम देखाउँछ । ‘सोही कारण हामीले ती कम्पनी छानेका हौं’ उनले भनिन्, ‘हामीले किट हेरिसकेका छैनौं, गलत नतिजा दियो भने जुनसुकै बेला खारेज गर्न सक्छौं ।’

तर अहिले सूचिकृत गरिएका किट तुलानात्मक रुपमा अन्य किट भन्दा उत्कृष्ट रहेको समेत उनले दाबी गरिन् । ‘अहिले हामीले सूचीमा राखेको भन्दा उत्कृष्ट किट आयो भने हामी ती किटलाई पनि सूचीमा राख्न तयार छौं, तर यहाँ उपलब्ध हुनुपर्‍यो’ उनले भनिन् ।

ओम्नीले ल्याएको कम्पनीको किट पनि सूचीमा परेन

यसअघि ओम्नी समूहले ल्याएको ग्वान्झाओ वन्डफो बायोटेक कम्पनीको ‘वन्डफो’ ब्रान्डको किट पनि अब नेपालमा प्रयोग हुने आरडीटी किटको सूचीमा राखिएको छैन ।

यो किट यसअघि सरकारले ७५ हजार थान प्रयोग गरिसकेको थियो । तर अहिले सरकारले बनाएको सूचिमा परेन ।

‘यसअघि प्रयोग गरेको किट गुणस्तरीय नभएर अनुमति नदिइएको हो भने ओम्नीले भित्र्याएका ७५ हजार किटबाट गरिएको परीक्षणको विश्वसनीयता के हो रु’ स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन् ।

अस्पताल छनोट सुरू

स्वास्थ्य मन्त्रालयकाअनुसार आरडीटी किट प्रयोग गर्न इच्छुक अस्पतालले आवेदन दिइरहेका छन् । आवेदन हेरेपछि मन्त्रालयले आरडीटी परीक्षण गर्ने अस्पताल छनोट गर्नेछ । ‘अस्पतालले आवेदन दिएपछि मापदण्ड पुगेको छ छैन भनेर हामी जाँच गर्छौं, मापदण्ड पुग्यो भने उनीहरुले स्वीकृति पाउँछन्’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरमणि अधिकारीले भने, ‘आरडीटी परीक्षण हुने अस्पतालको सूची चाँडै सार्वजानिक गर्छौं ।’

प्रारम्भिक चरणको संक्रमण भएका तथा लक्षण नदेखिएकाको हकमा विश्वसनीय नतिजा नदिएकाले धेरै देशले आरडीटीलाई मान्यता दिएका छैनन् । भारतमा इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च ९आईसीएमआर० ले र्‍यापिड डाइग्नोस्टिक किट कस्ता व्यक्तिमा कसरी प्रयोग गर्ने भनेर गाइडलाइन बनाएको छ ।

तर, नेपालमा वैज्ञानिक आधारविनै टेस्ट भइरहेको छ । जसले गर्दा नतिजामा गडबढ आइरहेको छ ।

अनलाइन खबर

Related Posts

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन
ताजा समाचार

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव
समाज

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु
समाज

चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु

महानगरमै ४०% मत बदर
पत्रपत्रिका

महानगरमै ४०% मत बदर

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही
समाज

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
ताजा समाचार

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

८ जेष्ठ २०७७, बिहीबार
४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

८ जेष्ठ २०७७, बिहीबार
राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

८ जेष्ठ २०७७, बिहीबार
हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

८ जेष्ठ २०७७, बिहीबार
आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु

श्रीलंकामा हट्यो संकटकाल

८ जेष्ठ २०७७, बिहीबार
युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

८ जेष्ठ २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.