आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

समुद्री आँधीको प्रभावले भारत र बाङ्ग्लादेशमा ठूलो हावाहुरी र वर्षा

होस्ट खबर by होस्ट खबर
७ जेष्ठ २०७७, बुधबार
244
SHARES
332
VIEWS
FacebookTwitter
समुद्री आँधीको प्रभावले भारत र बाङ्ग्लादेशमा ठूलो हावाहुरी र वर्षा

बीबीसी : बङ्गालको खाडीमा विकसित भएर जमिनतिर अघि बढिरहेको एउटा शक्तिशाली समुद्री आँधीका कारण पूर्वी भारत र बाङ्ग्लादेशमा ठूलो हावाहुरीसहित वर्षा भइरहेको छ।

अम्पुन नाम दिइएको उक्त चक्रवात अब केही घण्टामा भारत र बाङ्ग्लादेशको सीमामा बज्रिने अनुमान गरिएको छ। उक्त चक्रवातको सम्भावित मार्गमा पर्ने स्थानबाट दुवै देशले लाखौँ मानिसलाई सुरक्षित स्थानमा सारिसकेका छन्। नेपालमा पनि चक्रवातको अप्रत्यक्ष प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारतको मौसम विभागका अनुसार अम्पुनले दिउँसोदेखि साँझसम्म जमिनमा प्रहार गर्न सक्नेछ। अस्थायी आश्रयस्थल
कोरोनाभाइरस महामारी फैलिएका बेला यो समुद्री आँधीका कारण भारत र बाङ्ग्लादेशमा अप्ठ्यारो स्थिति उत्पन्न भएको छ।
दुवै देशमा विद्यालय र अन्य भवनमा अस्थायी आश्रयस्थल बनाउन भनिएको छ। तर कोरोनाभाइरस नियन्त्रणका लागि मानिसहरूले एकआपसमा दूरी कायम गर्नुपर्ने भएकाले सामान्य अवस्थामा भन्दा बढी ठाउँ आवश्यक परेको छ।

समुद्री आँधीको नराम्रो प्रभाव पर्ने अनुमान गरिएको पश्चिम बङ्गालमा मानिसहरू कोभिड(१९ का डरले त्यस्ता आश्रयस्थलमा जान अनिच्छुक देखिएको प्रहरीले बताएको छ।
भारतीय अधिकारीहरूका अनुसार २० वटा टोलीलाई राहतका लागि परिचालन गरिएको छ भने थप टोली तयारी अवस्थामा छन्।

अम्पुन एक दशकयताकै सर्वाधिक ठूलो चक्रवात भएको मौसमविद्हरूले बताएका छन्।

झन्डै १८५ किलोमिटर प्रतिघण्टाको वेगमा यसले समुद्रको तटीय क्षेत्रमा प्रहार गर्ने अनुमान गरिएको छ।

बाङ्ग्लादेशको डर
बाङ्ग्लादेशमा सन् २००७ मा एउटा चक्रवातका कारण ठूलो धनजनको क्षति भएको थियो। त्यति बेला झन्डै ३,५०० जनाको मृत्यु भएको थियो।

अम्पुनबाट पर्न सक्ने प्रभावका कारण बाङ्ग्लादेशी अधिकारीहरू चिन्तित देखिन्छन्। जमिनमा बज्रिनुअघि यो चक्रवातको गति केही घट्ने अनुमान गरिएको छ।

तर भारतको मौसम विभागले समुद्रमा पानीको सतह तीनदेखि पाँच मिटरसम्म बढ्न सक्ने जनाएको छ। बाङ्ग्लादेशी विपद् व्यवस्थापन मन्त्रीका अनुसार झन्डै २० लाख मानिसलाई स्थानान्तरण गर्ने सरकारको योजना छ।

त्यहाँ पनि अस्थायी आश्रयस्थल बनाइँदैछ। सन् १९९९ मा बङ्गालको खाडीमा विकसित एउटा अतिशक्तिशाली चक्रवातका कारण ९,००० जनाभन्दा बढीको ज्यान गएको थियो। त्यसपछि विकसित भएका समुद्री आँधीमध्ये अम्पुन सर्वाधिक शक्तिशाली भएको बताइन्छ।

Related Posts

आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु
अन्तर्राष्ट्रिय

श्रीलंकामा हट्यो संकटकाल

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली
अन्तर्राष्ट्रिय

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

कूटनीतिज्ञको बुझाइमा मोदीको भ्रमणः सम्बन्ध विस्तारमा सफल
अन्तर्राष्ट्रिय

कूटनीतिज्ञको बुझाइमा मोदीको भ्रमणः सम्बन्ध विस्तारमा सफल

भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु
अन्तर्राष्ट्रिय

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु

नेपाल आउन ज्याकलिनले मागिन् अदालतसँग स्वीकृति
अन्तर्राष्ट्रिय

नेपाल आउन ज्याकलिनले मागिन् अदालतसँग स्वीकृति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

७ जेष्ठ २०७७, बुधबार
४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

७ जेष्ठ २०७७, बुधबार
राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

७ जेष्ठ २०७७, बुधबार
हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

७ जेष्ठ २०७७, बुधबार
आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु

श्रीलंकामा हट्यो संकटकाल

७ जेष्ठ २०७७, बुधबार
युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

७ जेष्ठ २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.