सुर्खेत : नेपाल कांग्रेसका महामन्त्री तथा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले कोरोनाले भष्मासुरको रूप धारण गर्न लागेको बताए छन् । खड्काले अहिले तीब्ररूपमा बढेको कोरोना संक्रमण हेर्दा भष्मासुरको रूप धारण गर्न लागेको बताएका हुन् ।
सरकार कछुवा कै गतिमा कोरोनाको परिक्षण गर्न थालेकाले महामन्त्री खड्काले सामाजिक संजाल फेसबुकमा लेखेका छन् । ‘कोरोना संक्रमणबाट जीवन गुमाएका दुवैको मृत्युपछि परीक्षण ?’ प्रश्न गर्दै गरेका छन्, ‘उपचारका लागि अस्पतालको अनुहार देख्न नपाई मृत्युवरण भएको छ ।’
नेपालमा बनाइएका क्वारेन्टाइन, अधिकांस अस्तब्यस्त रहेको खबर रहेको खड्काले बताए । ‘क्वारेन्टाइनमा नै संक्रमणको जोखिम छैन ?’ उनले भने, ‘समुदायस्तरमा परीक्षण अभियानको त कुरा परै रहेको छ । क्वारेन्टाइनमा रहेका सबैको होइन, केहिको मात्र सेलेक्टिभ परीक्षण आज पनि भएको छैन् ।’
सरकारले क्वारेन्टाइनमा स्वास्थ्य परीक्षण र प्रारम्भिक उपचारको उचित प्रबन्धसमेत नगरेको खड्काले बताए । ‘लकडाउनको ५५ दिन नाघि सक्दा पनि पीसीआर परीक्षण किटको जिल्लामा अभावै अभाव रहेको छ’ उनले भने, ‘कतै लकडाउन सरकारका लागि सत्ता रक्षाको औजार त हुँदै छैन ?’
सरकारले कोरोना परीक्षणको दायरा बढाउनु पर्ने र त्यसका लागि सरकार अब त सुरु गर युद्धस्तरमा कार्य गर्नुपर्ने खड्काले बताए । ‘देशभरी पीसीआर विधिबाट परीक्षणको दायरा बढाउनुपर्छ’ उनले भने,‘स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयाप्तता, स्वास्थ्य उपचार र क्वारेन्टाइनको राम्रो प्रबन्ध गर्न आवश्यक रहेको छ ।’