आइतवार, असार १२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

६ हजार सात सय ४३ वडामा क्वारेन्टाइन बनाउने तयारी

होस्ट खबर by होस्ट खबर
५ जेष्ठ २०७७, सोमबार
166
SHARES
314
VIEWS
FacebookTwitter
अडानका साथ वार्तामा बसेर सीमा विवादको समाधान खोज्न प्रधानमन्त्रीलाई सर्वदलीय बैठकको सुझाब

काठमाडौँ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विस्तारित हुने संकेत देखिएपछि सरकारले रोकथाम र नियन्त्रणका लागि सात सय ५३ वटा स्थानीय तहका ६ हजार सात सय ४३ वडामा क्वारेन्टाइन बनाउने तयारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले संक्रमितको संख्या बढ्न सक्ने तथा विदेशबाट समेत नेपालीलाई ल्याउनका लागि आवश्यक गृहकार्य भइरहेको कारण देखाउँदै त्यसअनुसार सबै वडामा क्वारेन्टाइन निर्माणको तयारी गर्न उच्चस्तरीय समन्वय समिति र सम्बन्धित मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले त्यसअनुसार तत्काल स्थानीय तहहरूलाई परिपत्र पठाउनसमेत निर्देशन गरेको एक मन्त्रीले बताए । मन्त्रिपरिषद् बैठकले १५ दिन लकडाउन थप्दै २० जेठसम्म विस्तार गरेको छ । गत २४ वैशाखमा ५ जेठसम्म लकडाउन विस्तार गर्ने निर्णय गरिएको थियो । अहिलेसम्म स्थानीय तहहरूले १० हजारसम्मलाई आइसोलेसनमा राख्न सक्ने गरी क्वारेन्टाइन बनाएका छन् । तर, विदेशबाट नेपाली फर्काउन थालिएको अवस्थामा २० गुणासम्म क्षमता विस्तार गर्नुपर्ने सरकारको निष्कर्ष छ ।

मन्त्रिपरिषद् बैठकअघि सिंहदरबारमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा समेत क्वारेन्टाइन निर्माणलगायत लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा छलफल भएको थियो । ‘लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा उच्चस्तरीय समन्वय समितिमा छलफल भएको छ, त्यसअनुसार धेरै क्वारेन्टाइनमा बस्नेलाई सुरक्षित रूपमा काम गर्न दिने, विदेशबाट आएकालाई सुरक्षित रूपले काममा जोड्न सकिन्छ कि भनेर सोचिरहेका छौँ,’ बैठकपछि सरकारका प्रवक्ता डा। युवराज खतिवडाले भने, ‘तर, यससम्बन्धी मोडालिटीका सम्बन्धमा अब बस्ने उच्चस्तरीय समितिले निर्णय गरेपछि कार्यान्वयनमा जानेछ ।’

त्यस्तै छिमेकी मुलुक भारतसहित खाडी क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्काउने विषयमा समेत मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । यससम्बन्धी आवश्यक थप गृहकार्यका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । भारतसहित खाडी क्षेत्रबाट पाँच लाखभन्दा बढी नेपालीलाई तत्काल फर्काउनुपर्ने अवस्था रहेको परराष्ट्र मन्त्रालयले बताउँदै आएको छ ।

मन्त्रिपरिषद् बैठकमा त्यसरी विदेशबाट फर्काउने नेपालीमध्ये बिरामी रहेका, सुत्केरी महिला र घरपरिवार तथा नजिकका आफन्तजन बितेर फर्किन चाहनेलाई पहिलो प्राथमिकतामा राख्ने विषयमा छलफल भएको छ । त्यसपछि क्रमशः भिसाअवधि सकिएर गैरकानुनी रूपमा रहे पनि सम्बन्धित मुलुकबाट आममाफी पाएका र रोजगारी गुमाएकालाई क्रमशः दोस्रो र तेस्रो प्राथमिकतामा राखेर स्वदेश फर्काउने विषयमा पनि छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

लुकीछिपी आउनेमाथि कडाइ, व्यवस्थित रेकर्ड राखिने

एम्बुलेन्स, ढुवानीका साधनलगायतबाट लुकीछिपी उपत्यका भित्रिने क्रम अझै नरोकिएको निष्कर्ष निकाल्दै त्यसमा थप कडाइ गर्ने भएको छ । प्रधानमन्त्री ओलीले त्यसरी लुकीछिपी भित्रिने व्यक्तिका कारण संक्रमण फैलन सक्ने जोखिम रहेको भन्दै एम्बुलेन्स र ढुवानीका सवारीसाधन तथा त्यसमा सवार व्यक्तिको कडाइका साथ निगरानी गर्दै दोहोरो व्यवस्थित रेकर्ड राख्ने निर्देशन दिएका छन् ।

‘एम्बुलेन्स र ढुवानीको सवारी नम्बर, व्यक्तिहरूको नाम र ठेगाना, काठमाडौंबाट फर्किने मिति र समय व्यवस्थित रूपले रेकर्ड राख्न, आवश्यकताभन्दा बढी व्यक्ति देखिए चेकजाँजबाटै फर्काउन र सवारी फर्किने क्रममा पनि अघिल्लोपटक राखिएको रेकर्ड भिडाएर मात्र नाकाबाट छाड्न प्रधानमन्त्रीज्यूले कडा निर्देशन गर्नुभएको छ,’ ती मन्त्रीले भने ।

वैकल्पिक उपचार पद्धति पनि समानान्तर रूपमा बढाउने

त्यस्तै सरकारले संक्रमणको जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै वैकल्पिक उपचार पद्धतिलाई पनि समानान्तर रूपमा अगाडि बढाउने भएको छ । त्यसक्रममा नेपालीमा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सूचनामूलक सामग्रीमार्फत जनचेतना अघि बढाउने, आयुर्वेद उपचार पद्धति, जडीबुटी औषधि, व्यायाम, आरोग्य र ध्यानलगायतलाई प्रोत्साहन गर्ने विषयमा छलफल भएको प्रवक्ता खतिवडाले बताए ।

Related Posts

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर
मुख्य समाचार

सांसदहरुले उठाएको प्रश्नमाथि आज ११ जना मन्त्रीहरुले जवाफ दिने

मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र
भर्खर

मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र

सुर्खेत जिल्ला समन्वय समितिको मतदान जेठ २७ गते हुने
भर्खर

सुर्खेत जिल्ला समन्वय समितिको मतदान जेठ २७ गते हुने

पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो
भर्खर

आन्तरिक आय बढाउन कर्णाली सरकारको तयारी के छ ?

मुस्ताङको थसाङ डाँडोमा भेटियो दुर्घटनाग्रस्त विमान (तस्विरहरु)
भर्खर

मुस्ताङको थसाङ डाँडोमा भेटियो दुर्घटनाग्रस्त विमान (तस्विरहरु)

बालेन र हर्क साम्पाङ गणतन्त्रको फूलबारीमा फक्रिएका विशिष्ट फूल हुन्: प्रचण्ड
भर्खर

बालेन र हर्क साम्पाङ गणतन्त्रको फूलबारीमा फक्रिएका विशिष्ट फूल हुन्: प्रचण्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

५ जेष्ठ २०७७, सोमबार
कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

५ जेष्ठ २०७७, सोमबार
राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

५ जेष्ठ २०७७, सोमबार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

५ जेष्ठ २०७७, सोमबार
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

५ जेष्ठ २०७७, सोमबार
आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

५ जेष्ठ २०७७, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.