नेपालगञ्ज : बाँकेको नरैनापुर स्थित एक क्वारेन्टाइनमा रहेका एक युवाको कोरोनाका कारण मृत्यु भएपछि त्यहाँ उच्च सर्तकता अपनाइएको छ । नरैनापुरस्थित दिपेन्द्र मावि भोजभगवानपुरमा रहेको क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएको हो ।
यही क्वारेन्टाइनमा रहेका ६ जनामा केही दिन पहिले कोरोना पुष्टी भएको थियो । स्वाथ्यन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अुनसार आइबार बिहान निधन भएका ती युवकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो।
बाँकेका ती युवा बैशाख ३० गते भारतबाट आएका थिए। उनको आइतबार बिहान ६ बजेर ४० मिनेटमा निधन भएको थियो। ‘उहाँको स्वाव लिइएको थियो। रिपोर्ट पोजेटिभ आएको छ,’ देवकोटाले भने।
उक्त क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको अवस्था छ । शुक्रबार नरैनापुरका ८ जनामा कोरोना पुष्टी भएपछि शनिबार मात्रै त्यहाँका २ सय ६३ जनाको स्वाब संकलन गरेर परीक्षणको लागि नेपालगञ्ज ल्याइएको थियो ।