आइतवार, असार १२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

स्वयंसेवाका नाममा सडकमा गुन्डागर्दी : डाक्टरको मानमर्दन

नागढुंगास्थित सडकमा स्वयंसेवीद्वारा चिकित्सकको गाडी खानतलासी लिँदै गरेको भिडियो फेसबुकमा लाइभ, इन्स्पेक्टरको टोली मूकदर्शक

होस्ट खबर by होस्ट खबर
४ जेष्ठ २०७७, आईतवार
241
SHARES
333
VIEWS
FacebookTwitter
स्वयंसेवाका नाममा सडकमा गुन्डागर्दी : डाक्टरको मानमर्दन

नयाँ पत्रिका/काठमाडौँ : उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्ने निहुँमा टोले स्वयंसेवीले कोरोना संक्रमणको जोखिम र नियन्त्रणमा फिल्डमा खटिएका डाक्टरको हुर्मत लिएका छन् । शुक्रबार दिउँसो काठमाडौंको नागढुंगामा स्थानीय तहले खटाएका स्वयंसेवीले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्की सवार गाडी खानतलासी गर्दै उनको हुर्मत लिएका हुन् । त्यो पनि प्रहरीकै सामुन्ने ।

चितवन र हेटौँडामा कोरोना भाइरस परीक्षणको किट सकिएपछि डा.कार्की काठमाडौं हिँडे । सहयोगीसहित गाडीमा हिँडेका उनी उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा करिब १२ बजे आइपुगे । नाकामा सुरक्षाकर्मी देखिए । उनीहरूसँगै उभिएका थिए, युवाका केही हुल । प्रहरीले गाडी रोक्न संकेत गर्‍यो । डा.कार्कीले संकेत गरेकै ठाउँमा गाडी रोके । तर, चेकिङ गर्न प्रहरी आएन । हुल बाँधेर उभिएका युवा गाडीनजिक आए । गाडीको झ्याल खोलेर बसेका कार्की भित्रै थिए । एक युवाले निर्देशन शैलीमा गाडीको पास देखाउन भने । कार्कीले पास देखाए । युवाले पासमा रहेको मोबाइल अन गरे । भिडियो बटन थिचे । भिडियोलाई फेसबुकको लाइभ मुडमा लगे । अनि कार्कीसँग सोधपुछ गर्न थाले । हुलहुज्जतसहित उत्रिएका युवाका गतिविधिसामु कार्की निरीह बने । खुरुखुरु प्रश्नको जवाफ दिँदै गए ।

युवा यतिमै रोकिने पक्षमा थिएनन् । उनीहरू अब गाडी खानतलासी गर्नतर्फ लागे । कार्कीलाई गाडीबाट झर्न भने । आदेशअनुसार नै उनी झरे । पछाडिको सिटमा झोला देखियो । युवाले झोला खोल्न भने । उनले झोला खोले । झोलाको पत्रमा कागजात फेला परेपछि डिकी खोल्न भने । उनले डिकी पनि उघारेर देखाए ।

केही फेला नपरेपछि युवाले डाक्टरको नाम सोधे । काम गर्ने संस्थाको परिचय मागे । कार्यरत संस्थाको ओहोदा सोधे । उनले सबै प्रश्नको जवाफ दिँदै गए । कमजोरी पत्ता लगाउन नसकेर दिक्क भएका युवाको ध्यान अचानक डाक्टरको मुखमा पुग्यो । किनकि उनको मुखमा मास्क थिएन । यही कमजोरीलाई प्रयोग गरेर युवाले डा.कार्कीलाई दिनुसम्म दुःख दिए ।

नाका चेकिङको सुरक्षा जिम्मा पाएका प्रहरी निरीक्षक हेमन्तविक्रम थापा पनि नजिकै उभिएका थिए । मातहत खटिएका सुरक्षाकर्मी उनीसँगै थिए । तर, चिकित्सकको हुर्मत काढ्ने युवाको गतिविधि रोक्न उनीहरूले जरुरी ठानेनन् ।

खानतलासी लिनु गैरकानुनी : केदारनाथ शर्मा
प्रवक्ता, गृह मन्त्रालय 

नागढुंगा नाका हुँदै लुकीछिपी काठमाडौं आउनेको सूचना पटक–पटक आएपछि त्यसलाई रोक्न स्थानीय सरकारका प्रतिनिधिबाट आग्रह आयो । सहजीकरण गर्न हामीले स्थानीय तहलाई भनेकै हौँ । तर, खानतलासीमै उत्रन भनेका छैनौँ । खानतलास गर्न, सोधपुछ गर्न प्रहरीबाहेक कसैलाई पनि अधिकार छैन । कोही व्यक्ति त्यस्ता गतिविधिमा उत्रिए त्यो गैरकानुनी हो । नागढुंगामा त्यस्ता केही अवाञ्छित गतिविधि भएको सूचना आएको छ । घटना विवरण बुझ्ने काम हुँदै छ । दोषी देखिए कानुनी कारबाही हुनेछ ।

ह्यारेसमेन्टबाट दिक्क छु : डा. नारायण कार्की
निर्देशक, जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेश

चितवन र हेटौँडाको ल्याबमा कोरोना भाइरस परीक्षणको किट सकिएपछि लिन काठमाडौं आउनुका विकल्प थिएन । सहयोगीसहित शुक्रबार बिहान काठमाडौं प्रस्थान गरेँ । गाडीको पास पनि थियो । करिब १२ बजे नागढुंगा नाका आइपुगेँ । चेकपोस्टमा केही युवा देखिए । सुरक्षाकर्मी पनि सँगै थिए । प्रहरीले हाम्रो गाडी रोक्यो । तर, चेकिङ गर्न युवा अघि बढे । मसँग गाडीको पास मागे । मैले देखाएँ । गाडीको खानतलासी लिने भने । मैले हुन्छ भनेँ । आदेशबमोजिम मैले गाडीको पछाडितर्फको ढोका खोलेँ । सिटमा झोला थियो । खोल्न भने । खोलेर देखाएँ । डिकी पनि खोलेर देखाएँ । तर, उनीहरूको चित्त बुझेन । उनीहरूले मेरो मुखमा मास्क खोइ भने । कुरा गर्न मास्क खोलेको भनेँ । उनीहरूले यही आधारमा टेकेर मेरो हुर्मत लिए । सुरक्षाकर्मी सबै गतिविधि नियालेर बसेका थिए । उनीहरू युवाको हर्कत रोक्न अघि बढेनन् । सुरक्षाकर्मीकै साथ आएजस्तो देखिन्थ्यो । त्यसैले प्रतिकार गर्ने हिम्मत मसँग आएन । घटनाले मलाई दुखित तुल्याएको छ । घटना सम्बन्धमा तालुकवाला निकायमा पनि भनेको छु । उनीहरूको एक्सन के हुन्छ ? प्रतीक्षामा म छु ।

यस्तो छ संवाद 

युवा : तपाईंहरूको गाडीमा ल्याएको ब्यागभित्रको सामग्री छ नि, त्यो देखाउनुस् । त्यो सामान ठ्याक्कै देखाउनुस् है । तपाईं नियमसंगत तवरले आउनुभएको रहेछ । तपाईं पनि एउटा स्वास्थ्यकर्मी हुनुहुँदो रहेछ हैन । तपाईंहरूले जे गर्नुभएको छ त्यो हाम्रै लागि गरेको भन्ने हामीले बुझेका छौँ । अब हामी पनि काम गर्छौं । त्यो तपाईंहरूका लागि हो भन्ने सोच्नुपर्‍यो भनेर बुझ्नुस् है त । ओके ब्याग चेक गरौँ है त  । अप्ठ्यारो मान्नु पर्दैन । हामीले यो गरेको तपाईंहरूकै लागि हो । नागरिकको हैसियतले सामग्री चेक गर्दैै छौँ है ।

डा. कार्की : (ब्याग खोलेर देखाउँदै) यसमा केही कपडा छ । हेर्नुस् ।

युवा : राम्रोसँग स्पष्ट देखिने तरिकाले देखाउनुस् है ।

डा. कार्की : ल हेर्नुहोस् ।

युवा : त्यो अर्को सानो ब्याग पनि खोल्नुस् ।

डा. कार्की : (ब्याग खोलेर पुस्तक र ल्यापटप देखाउँदै) यसमा यही पुस्तक छन् । हेर्नुस् ।

युवा : तपाईंलाई म एउटा प्रश्न सोध्छु है त ।

डा. कार्की : सोध्नुस् ।

युवा : तपाईंको नाम भन्नुस् ।

डा. कार्की : नारायण कार्की ।

युवा : तपाईंको पद भन्नुस् ।

डा. कार्की : म डाइरेक्टर हुँ । प्रदेश ३ को जनस्वास्थ्य प्रयोगशालामा काम गर्छु ।

युवा : ए त्यसो हो भने तपाईं स्वास्थ्यसँग जोडिएको मान्छे ।

डा. कार्की : अँ

युवा : तपाईंले संक्रमणबाट बच्ने उपाय पनि सिकाउनुहुन्छ ।

डा. कार्की : अँ

युवा : जनचेतनामूलक काम पनि गर्नु हुन्छ ?

डा. कार्की : अँ

युवा : एज प्रोफेसर होइन । तपाईंको मुखमा मास्क खोइ ?

डा. कार्की : तपाईंसँग बोल्नुपर्दा भर्खर खोलेको हो ।

युवा : होइन होइन तपाईंको मुखमा मास्क खोइ ?

डा. कार्की  : (मास्क लगाउँदै) अँ

युवा : तपाईं चिकित्सक भएर यस्तो सानो सानो कुरा कियर गर्नुपर्छ कि पर्दैन ? म संक्रमित व्यक्ति भएको भए के हुन्थ्यो ?

चन्द्रागिरिमा अन्य ठाउँ पनि स्थानीयको चेकिङ

प्रहरीका अनुसार उपत्यका भित्रिने मुख्य नाका रहेको चन्द्रागिरि नगरपालिकाका अन्य क्षेत्रमा पनि स्वघोषित स्वयंसेवीले सर्वसाधारणको खानतलासी लिने गरेका छन् । पास लिएर चलाइएका सवारीसाधन रोक्ने, आफूखुसी सोधपुछ गर्नेदेखि खानतलासी लिनेसम्मको गतिविधि हुने गरेको प्रहरीले जानकारी दिएको छ । कतिपय डेरावालालाई घरभित्र समेत प्रवेशमा रोक लगाउने गरेको प्रहरीको दाबी छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले चन्द्रागिरिका केही स्थानमा स्थानीय स्वयंसेवीको हवाला दिँदै नागरिकसँग खानतलासी लिने काम भएको बताए । ‘चन्द्रागिरिका कतिपय ठाउँमा स्वयंसेवीको आवरणमा नागरिकमाथि खानतलासी भएको सूचना आएको छ । कोरोनाबाट सचेत रहनु ठीक हो, तर खानतलासीमै उत्रनु ठीक होइन । यसको अधिकार प्रहरीलाई मात्रै छ । सबै गतिविधि निगरानीमा छन् ।’

Related Posts

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर
मुख्य समाचार

सांसदहरुले उठाएको प्रश्नमाथि आज ११ जना मन्त्रीहरुले जवाफ दिने

मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र
भर्खर

मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र

सुर्खेत जिल्ला समन्वय समितिको मतदान जेठ २७ गते हुने
भर्खर

सुर्खेत जिल्ला समन्वय समितिको मतदान जेठ २७ गते हुने

पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो
भर्खर

आन्तरिक आय बढाउन कर्णाली सरकारको तयारी के छ ?

मुस्ताङको थसाङ डाँडोमा भेटियो दुर्घटनाग्रस्त विमान (तस्विरहरु)
भर्खर

मुस्ताङको थसाङ डाँडोमा भेटियो दुर्घटनाग्रस्त विमान (तस्विरहरु)

बालेन र हर्क साम्पाङ गणतन्त्रको फूलबारीमा फक्रिएका विशिष्ट फूल हुन्: प्रचण्ड
भर्खर

बालेन र हर्क साम्पाङ गणतन्त्रको फूलबारीमा फक्रिएका विशिष्ट फूल हुन्: प्रचण्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

४ जेष्ठ २०७७, आईतवार
कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

४ जेष्ठ २०७७, आईतवार
राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

४ जेष्ठ २०७७, आईतवार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

४ जेष्ठ २०७७, आईतवार
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

४ जेष्ठ २०७७, आईतवार
आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

४ जेष्ठ २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.