धनगढी : कैलालीको गौरीफन्टा नाकाबाट शनिबार सुर्खेतका २७ जनाको उद्दार गरिएको छ । भारतीय सीमावर्ती क्षेत्रमा आएर बसेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा उद्दार गरी स्वदेश ल्याईएको हो।
सुर्खेतका सहित ३ सय ७४ जना विभिन्न ३० जिल्लाका नागरिकलाई उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । ती मध्य ५ जना दैलेख जिल्लाका पनि रहेका छन् ।
सबैभन्दा बढि बझाङका ८३ र कैलालीका ८१ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले कञचनपुरका ५१, बैतडीका २९, चितवनका १४ जनाको उद्दार गरिएको जानकारी दिए।
यस्तै सप्तरीका ७, झापाका ११, तनहुका ८, बाग्लुङका ७, इलामका ५, काठमाडौँका ४, स्याङझाका ३,नवलपरासी ३, पश्चिम रुकुम ३, बाँकेका ३, बारा, उदयपुर दाङ र सिराहका २÷२ जना रहेका छन्।
यसैगरी चितवनको १, जकनपुरका २, मकवानपुर, मोरङ, सुनसरी सिन्धुलीका एक÷एक तथा बाजुरा र डोटीका दुई÷दुई जनाको उद्दार गरिएको छ।