झापा : भारतिय नागरिकलाई नेपाल प्रवेशमा रोक्न झापाको दक्षिण कचनकबल–१ घेराबारीमा शनिबार राती हवाई फायर गरिएको छ ।
शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका हुन् ।
सशस्त्र प्रहरी बल २ नं हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले राति ९ः३० बजेतिर घरेलु हतियारसहित उनिहरु नेपाल प्रवेश गर्न खोजेको पुष्टि गरे ।
डेढ सयको सङ्ख्यामा भारतीय नागरिक १२५÷१० नम्बरको सीमास्तम्भ नजिकबाट भारतीय नेपाल छिर्न लागेपछि एक राउण्ड हवाई फायर गरिएको उनले बताए ।
नेपाली सुरक्षाकर्मीले हवाई फायर गरेपछि उनीहरु भागेर तितर वितर भएका थिए ।
एक साताअघि झापा गाउँपालिका–४ सुकुम्बासी बस्तीमा १३१ नम्बरको सीमास्तम्भ नजिक रहेको नेपाली सुरक्षा चौकीमा भारतीय नागरिकले हुलहुज्जत गर्दा दुई राउण्ड हवाई फायर भएको थियो ।
यसैगरी डेढ साताअघि झापाको कचनकबलस्थित सीमा क्षेत्रमा तैनाथ नेपाल प्रहरीको टोलीमाथि भारतीयले आक्रमणको प्रयास गरेका थिए ।