जुम्ला : कोरोना संक्रमणको महामारीबाट घरभित्रै लकडाउन अवधि बिताइरहेका जुम्लाको हिमा गाउँपालिकाले जनतालाई ४२ लाख बराबरको खाद्यान्न वितरण गरेको छ ।
खाद्यान्न बैंक स्थापना गरेको गाँउपालिकाले खाद्य संकटबाट जनतालाई बचाउन र लकडाउन उल्लंघनमा समेत सघाउन ४२ लाख बराबरको खाद्य सामग्री वितरण गरेको हो ।
यसका अतिरिक्त गाउँपालिकाले रु ५० लाखको बिपत व्यवस्थापन कोष संचालन गरेको प्रमुख शासकीय अधिकृत टोपबहादुर बुढाले जानकारी दिए ।
गाउँपालिकाले गाउँ गाउँमा सावुन मास्क सहित जनचेतनाको कार्यक्रम संचालन गरेको जनाएको छ भने कालिका माध्यामिक विद्यालय कालिकाखेतु बुअमा ३० बेडको क्वारेन्टाईन स्थापना गरेको छ । यसैगरी गाउँपालिकामा हेल्थडेक्स स्थापना गरी स्वास्थ्य परिक्षणलाई निरन्तरता दिइएको र जिल्ला बाहिर अलपत्र अवस्थामा भएका ५६५ जनालाई उद्दार गरेको बुढाले बताए ।