सुर्खेत : आज मदन–आश्रित २७ औं स्मृति दिवस। तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा परी निधन भएको २६ वर्ष पुगेको छ। यसै अवसरमा नेपाल कम्युनिष्ट पार्टीले २७ औँ स्मृति दिवस मनाउन लागेको छ।
कोरोनाका कारण कुनै औपचारिक कार्यक्रम भने यसपालि हुने छैन्। मदन र जीवराजलाई आदर्श नेता मान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतले विभिन्न कार्यक्रम गरी आज उनीहरुलाई स्मरण गर्दैछन्। नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद (जबज) मार्फत लोकतान्त्रिक मार्गमा लैजान भण्डारीले महत्वपूर्ण भूमिका खेलेका थिए।
‘सिद्धान्तका निम्ति जीवन होइन, जीवनका निम्ति सिद्धान्त हुनुपर्ने मान्यता राख्नने कमरेड मदन भण्डारीले नेपालमा माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासमा विशेष योगदान पुर्याका थिए। नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादको प्रतिपादन गरेर समकालीन कम्युनिष्ट आन्दोलनमा विशिष्ट योगदान पुर्याका थिए ।’
जेठ तीन अर्थात् आजकै दिन जननेता भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख कमरेड जीवराज आश्रितको चितवनको दासढुङ्गमा भएको रहस्यमय जिप दुर्घटनामा मृत्यु भएको थियो । यी दुई लोकप्रिय नेताहरूकोे रहस्यमय दासढुंगा जीप दूर्घटनामा दुःखद निधन भएको आज २७ वर्ष बितेको छ । तर, घटनाको रहस्य अझै उद्घाटित हुनसकेको छैन ।