काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं फर्कने सवारी पास पाएका छन्। पास पाएसँगै उनी आज बिहान झापाबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् ।
पूर्वराजा शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई जिल्ला प्रशासन कार्यालय झापाले काठमाडौं आउनका लागि दिएको सवारी पास बिहीवार रद्ध भएसँगै उनीहरु झापामै रहेका थिए ।
बिहीबार सवारी पास जारी गरिएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले उक्त पास रद्ध गरेका थिए र त्यसको सामाजिक सञ्जालमार्फत आम नागरिहरुले चर्काे विरोधका साथ सरकारको आलोचना गरेका थिए ।
पूर्वराजालाई पास दिने गृहको आदेश पछि मात्र जिल्ला प्रशासनले उनलाई पास दिइएको बताइएको छ ।