काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको प्राविधिक गल्तीका कारण संक्रमितको संख्या दोहोरिएको बताउँदै गल्ती सच्चाएको छ । मन्त्रालयले थप पाँच जना संक्रमित भनेर पुरानै संक्रमितलाई नयाँ विज्ञप्तिमा नाम दोहोर्याएपछि यसबारे चेक गरेको थियो ।
‘मन्त्रालयले कोरोना सन्दर्भमा झुक्कियो स्वास्थ्य मन्त्रालय, पुरानो विज्ञप्तिकै मानिस फेरि दोहोर्याएर संख्या थपियो’ शिर्षकमा समाचार लेखेको केही बेरपछि मन्त्रालयले आफ्नो गल्ती सच्चाएको हो ।