आइतवार, असार १२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सेनाले सीमा सुरक्षा गर्ने कि व्यापार ? बन्दुक बोक्ने कि ब्रिफकेस?

जनार्दन बराल /भवानीश्वर गौतम /पर्शुराम काफ्ले by जनार्दन बराल /भवानीश्वर गौतम /पर्शुराम काफ्ले
१ जेष्ठ २०७७, बिहीबार
188
SHARES
354
VIEWS
FacebookTwitter
सेनाले सीमा सुरक्षा गर्ने कि व्यापार ? बन्दुक बोक्ने कि ब्रिफकेस?

नयाँ पत्रिका दैनिक /काठमाण्डौं : सीमा अतिक्रमणको घाउले देश पीडामा छ, त्यही कालापानीमा पनि भारतीय अर्धसैनिक र सैनिकका आठवटा पोस्ट छन्, तर सिमानामा नेपाली सेनाको एउटा पनि पोस्ट छैन । अन्तर्राष्ट्रिय सिमानाको रक्षक सेना व्यापार र ठेक्कापट्टामा व्यस्त छ, यो वर्ष मात्र सेनाले १९ अर्बको ठेक्का हात पारेको छ ।

राष्ट्रियताको रक्षक नेपाली सेनाको व्यापार फस्टाउँदै जाँदा देशको सिमाना भने खुम्चिँदै छ । एकपछि अर्को ठेक्का हात पार्दै गएको सेना व्यापारमा रमाइरहेको छ भने भारतीय फौजबाट प्रताडित सीमा क्षेत्रका बासिन्दा रोइरहेका छन् । भारतीय अतिक्रमणले देशको भूमि खुम्चिँदै गए पनि सिमानामा नेपाली सेनाको एउटा पनि पोस्ट छैन ।

नेपाल सरकार कार्यसम्पादन नियमावलीअनुसार रक्षा मन्त्रालयका २२ कार्यक्षेत्रमध्ये अन्तर्राष्ट्रिय सिमानाको सुरक्षा समन्वय पनि प्रमुख हो । आफ्नो भूमिमा उभिएर सीमा रक्षा गर्ने काममा न सेनाको रुचि छ, न सरकारले त्यो काममा लगाउन खोजेको छ । बरु, सेनाको आधारभूत परिभाषाविपरीत नेपाली सेना सडकका ठेक्का लिने मात्र होइन, भवन बनाएर भाडामा लगाउने र जग्गा प्लटिङ गरेर बेच्ने पेसामा समेत सक्रिय छ ।

उता सेनाका लागि देशको लगानी लगातार बढिरहेको छ । एक दशकमा मात्र सेनाको बजेट करिब तीन गुणा बढेको छ । आर्थिक वर्ष ०६७र६८ मा नेपाली सेनाका लागि १८ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । चालू आव ०७६र७७ मा ५० अर्ब आठ करोड बजेट विनियोजन भएको छ । यसबीचमा हरेक वर्ष नेपाली सेनाको बजेट निरन्तर वृद्धि भइरहेको छ । आव ०६९र७० र ०७५र७६ मा भने अघिल्लो वर्षको तुलनामा बजेट घटेको थियो ।

यसरी लगातार बजेट बढाएर सरकारले सैनिक सेवा–सुविधा स्तरीय बनाउँदै लगे पनि सेना अतिरिक्त कारोबारमा सक्रिय छ । कल्याणकारी कोषमा भएको ४४ अर्ब २२ करोड रुपैयाँको ब्याजबाट सेनाले स्वास्थ्य, शिक्षामा व्यापार गरेको छ भने न्युरोड महाँकालमा सपिङ मलसमेत बनाएर भाडामा लगाएको छ ।

त्यस्तै, सेनाले काठमाडौं तराई–मधेस फास्ट ट्रयाकका लागि मात्रै यो वर्ष १५ अर्ब रुपैयाँ पाएको छ । सरकारले फास्ट ट्रयाक निर्माणको मुख्य ठेकेदार सेनालाई बनाएको छ । सेनाले अन्तर्राष्ट्रिय परामर्शदातासहित ठेकेदार छनोट गरेको छ । तर, नियमसंगत नगरेको भनेर उजुरी परेको छ ।

सरकारले पछिल्लोपटक चीन र भारतबाट औषधि खरिद गरेर ल्याउने जिम्मा पनि सेनालाई दिएको छ । स्वास्थ्य सेवा विभागबाट भएको अनियमितता ढाकछोप गर्न १६ चैतमा मन्त्रिपरिषद्बाटै हतारहतार निर्णय गरेर सेनालाई सरकारले कोभिड–१९ सँग सम्बन्धित सामग्री किन्ने जिम्मेवारी दिएको थियो । तर, यो आपतकालमा जिम्मा पाएको डेढ महिनासम्म पनि सेनाले स्वास्थ्य सामग्री ल्याउन सकेको छैन । चीनबाट सवा दुई अर्बका सामान खरिद गर्न तथा हवाईभाडाबापत करिब पौने ६ करोड भाडा रकमसमेत सरकारले सेनामार्फत भुक्तानी गरिसकेको छ । भारतबाट पनि औषधि ल्याउन दुई करोड ४० लाख रुपैयाँ सेनामार्फत नै भुक्तानी भएको छ । तर, चैतको मध्यमा जिम्मेवारी पाएको सेनाले वैशाख सकिँदा पनि सामान ल्याउन सकेको छैन ।

०७६ असार मसान्तसम्मको तथ्यांकअनुसार सेनासँग कुल ४४ अर्ब २१ करोड ९० लाख रुपैयाँ मौज्दात छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा राखेको यो रकमको ब्याज सेनाले व्यापारमा परिचालन गर्दै आएको छ । सेनाले पेट्रोलपम्प सञ्चालनदेखि जग्गा प्लटिङ गर्दै आएको छ । । सेनाले चितवन, नुवाकोट र काठमाडौंको कीर्तिपुरमा जग्गा प्लटिङ गरेर बिक्रीसमेत गर्दै आएको छ ।

कतिसम्म भने राष्ट्रपति चुुरे संरक्षण कार्यक्रमअन्तर्गत विभिन्न जिल्लामा पोखरी बनाउने कामको ठेक्कासमेत सेनालाई दिइएको थियो । चार वर्षअगाडि केही हाइड्रोपावर निर्माणमा लगानी गर्नसमेत सेनाले चासो देखाएको थियो । विरोध भएपछि रोकिएको थियो ।

सेनाको खरिदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न नपाउने भएकाले सरकारले उसलाई ठेक्कापट्टामा जिम्मेवारी बढाउँदै लगेको छ । जसबाट सेना थप विवादित बन्दै गएको छ ।

‘सरकारले आफ्ना सबै अड्डा भ्रष्ट हुन्, सेनाले मात्र सस्तो र छिटो ठेक्का पूरा गर्न सक्छ, सामान आपूर्ति गर्न सक्छ भन्ने मानसिकता विकास गर्दै लगेको छ,’ सेनाका अवकाशप्राप्त अधिकारी भन्छन्, ‘नागरिक प्रशासनलाई सुधार्नुको सट्टा सेना सर्वेसर्वा हो भन्ने मानसिकता डरलाग्दो हो, पैसा र बन्दुक एकै ठाउँ भए त्यसले हाम्रोजस्तो अस्थिर देशलाई अन्धकारमा लग्न सक्छ । तर, नेताहरूले यो विषयमा गम्भीरतापूर्वक सोचेका छैनन् ।’

संसद्को राज्यव्यवस्था तथा समितिकी सभापति शशी श्रेष्ठ आफूहरूले सेनालाई ठेक्कापट्टामा नलगाउन निर्देशन नै दिएको बताउँछिन् । ‘सेनालाई आफ्नो पेसामा व्यावसायिक बनाउँदै लैजाने हो, व्यापारी बनाउने होइन,’ उनी भन्छिन्, ‘यसबाट सेनाको मुख्य भूमिका छायामा पर्दै गएको छ, सेना झन्झन् विवादमा पर्दै गएको छ, यो राम्रो होइन ।’

सीमामा भने सेनाको उपस्थिति शून्य छ । सीमामा सेना खटाउन राष्ट्रिय सुरक्षा परिषद्बाट निर्णय हुनुपर्छ । सामान्यतया पारस्परिकताका आधारमा सीधै सीमामा सेना खटाउन सकिन्छ । कालापानी क्षेत्रमा भारतको सेना रहेकाले त्यो क्षेत्रमा नेपालले पनि सेना खटाउन सकिने एक पूर्वसैनिक अधिकारी बताउँछन् ।

पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान भन्छन्, ‘नेपाली सेना सीमामा नखटिने हो भने उसको के काम रु ठेक्कापट्टा र विकास निर्माण गर्न त देशमा ठेकदारहरू छँदै छन् नि रु’ सेनाले राष्ट्रसंघको आग्रहमा अन्य द्वन्द्वग्रस्त देशमा गएर उत्कृष्ट काम गर्ने, तर आफ्नै देशको सीमा मिचिँदा केही गर्न नसक्नु लज्जास्पद अवस्था भएको उनको भनाइ छ ।

सेनाका पूर्वउपरथी विनोज बस्न्यात सेनाले परिभाषित काममा केन्द्रित गराउने विषयमा अब सोच्ने वेला आएको बताउँछन् । ‘सीमा अतिक्रमण एउटा इस्यु हो । तर, राष्ट्रिय सुरक्षाका सन्दर्भमा बदलिँदो परिस्थितिलाई मध्यनजर गर्न सकिएन कि भन्ने लाग्छ,’ उनी भन्छन्, ‘हामीकहाँ भएका सुरक्षा संयन्त्रलाई बदलिँदो परिस्थितिमा कसरी प्रभावकारी बनाउने, उनीहरूले गर्नुपर्ने जे काम हो त्यसमा थप केन्द्रित गर्ने भन्ने सोच्ने वेला आएको छ । हामीले हाम्रो रणनीतिक र सामरिक महत्व नै बुझ्न सकेनौँ भन्ने मलाई लागेको छ ।’

नेपालमा सीमाको मामिला गृहप्रशासनले हेर्दै आएको छ । गृह मन्त्रालयले समन्वय गर्ने केन्द्रीय सुरक्षा समिति, क्षेत्रीय सुरक्षा समिति र जिल्ला सुरक्षा समितिमा सेनाको प्रतिनिधित्व हुन्छ, त्यहाँ सूचना प्राप्त गर्नेबाहेक सेनाको भूमिका हुँदैन ।

सेनाको व्यापार
( चिकित्सा शिक्षा (नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखाल, नर्सिङ महाविद्यालय, मेडिकल पोलिटेक्निक महाविद्यालय)
(काठमाडौं, ललितपुर, बुटवल र तनहुँमा पेट्रोलपम्प)
(काठमाडौं, पोखरा र नेपालगन्जमा सैनिक अस्पताल)
(काठमाडौंको कीर्तिपुर, चितवन र नुवाकोटमा जग्गा व्यापार)
(काठमाडौं, भक्तपुर, धरान, चितवन, पोखरा, सुर्खेत, कैलालीमा आवासीय विद्यालय सञ्चालन)
(रिपुमर्दिनी अक्सिजन प्लान्ट)
(सुन्दरीजल वाटर ट्रिटमेन्ट प्लान्ट)

ठेक्कापट्टामा सेना
-काठमाडौं तराई मधेस द्रुतमार्ग (भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयबाट चालू वर्ष १५ अर्ब ७२ लाख रुपैयाँ सेनाले पाएको छ )

-राष्ट्रिय निकुन्ज, वन्यजन्तु तथा सिकार आरक्षको सुरक्षा ३ अर्ब २९ करोड ५६ लाख ९वन तथा वातावरण मन्त्रालयबाट०

-कालीगण्डकी र कर्णाली कोरिडोर, बेनीघाट आरूघाट लार्के भञ्ज्याङ सडक, (भौतिक पूर्वाधार मन्त्रालयबाट ७० करोड), संखुवासभा किमाथांका सडक

-राष्ट्रपति चुरे संरक्षण कार्यक्रम (वन तथा वातावरण मन्त्रालयबाट दुई करोड)

‘दरबन्दी कटौतीको उपयुक्त समय’

सामान्य अवस्थामा समेत सेनाको जनशक्ति ठूलो भएको भन्दै कटौतीको बहस हुँदै आएको छ । कोरोनाले अर्थतन्त्रमा पारेको असरपछि सेनाका दरबन्दी कटौती गर्ने उपयुक्त समय आएको छ । संसद्मा समेत यसबारे बहस सुरु भएको छ ।

कांग्रेस नेता डा. रामशरण महतले सेनाको बजेट कटौतीको माग गरेका छन् । त्यस्तै नेकपाकै सांसद राम कार्कीले गत महिना संसद्को अन्तर्राष्ट्रिय समितिमा बोल्दै सेनाको जनशक्ति कटौतीको प्रस्ताव गरेका थिए ।

संसद्को राज्यव्यवस्था समितिकी सभापति शशी श्रेष्ठ भन्छिन्, ‘अहिले युद्ध लड्नुपर्ने अवस्था छैन, त्यसकारण सेनाको जनशक्तिबारे यहीवेला छलफल गर्नुपर्छ । विपत् व्यवस्थापनलगायत कामलाई कति आवश्यक हुन्छ, त्यति मात्र राखौँ, ठूलो संख्याभन्दा पनि सानो तर चुस्त सेना बनाउनुपर्छ ।’ सुविधा र स्रोत साधनले सुसज्जित बनाएर सेनाको संख्या घटाउनुपर्ने उनको भनाइ छ ।

गृह मन्त्रालयका एक अधिकारी भने सेनाबाट केही जनशक्ति प्रहरीमा स्थानान्तरण गर्न सके पनि राज्यलाई धेरै फाइदा हुने बताउँछन् । ‘सीमा सुरक्षाका लागि अहिले सशस्त्र प्रहरीले नौ हजार जनशक्ति मागेको छ,’ ती अधिकारी भन्छन्, ‘सेनाबाट नौ हजार स्थानान्तरण गर्न सकियो भने राज्यको खर्च जोगिन्छ, सीमा सुरक्षा पनि बलियो हुन्छ ।’

नेपालभन्दा धेरै जनसंख्या भएका र आर्थिक रूपमा सम्पन्न देशमा पनि सेनाको संख्या यहाँको भन्दा कम छ । सेनामा अहिले ९६ हजार ६ सय पुर्‍याइएको छ । जब कि हरेक स्थानीय तहसम्म पुगेको नेपाल प्रहरीमा जनशक्ति ७९ हजार मात्र छ ।

दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी पुर्‍याउँदा सेनाको हेलिकोप्टर भाडा ५० लाख

अन्तर्राष्ट्रिय सीमा सुरक्षा सेनाको प्राथमिक दायित्वमा पर्छ । त्यसैका लागि सरकारले ढुकुटीको ठूलो रकम सेनाका लागि खर्च गर्छ । हातहतियार, हवाईजहाज र हेलिकोप्टर पनि देशकै बजेटबाट किनिन्छन् । तर, दार्चुलाको छाङरुमा सीमा पोस्ट राख्न सशस्त्रका जवान ओसार्दा पनि सेनाले ५० लाख रुपैयाँ लिने भएको छ ।

‘जनशक्ति र सामान ओसार्न करिब १० लट जानुपर्छ भन्ने छ,’ सशस्त्रका एक प्रहरीका उच्च अधिकारीले भने, ‘त्यसबापत करिब ५० लाख भाडा हामीले बुझाउनुपर्ने हुन्छ ।’ सेनाले घन्टाका आधारमा भाडा लिने गर्दछ । सो हेलिकोप्टरको भाडा घन्टाको करिब पाँच लाख रुपैयाँ छ ।

भारतले सीमा मिचेर नेपाली भूमिमा सडक खनेपछि दार्चुलाको व्यास–छाङरुमा बुधबार सशस्त्र प्रहरीको बिओपी स्थापना भएको छ । सशस्त्रका जवान बोेकेर बुधबार सेनाको हेलिकोप्टर छाङरु पुगेको थियो, थप जनशक्ति बोकेर बिहीबार पनि जाँदै छ ।

नयाँ पत्रिका दैनिकबाट साभार गरिएको

Related Posts

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !
पत्रपत्रिका

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

२६ नपा र १९ गापाले ल्याएनन् बजेट
ताजा समाचार

२६ नपा र १९ गापाले ल्याएनन् बजेट

सार्वजनिक भएको १५ दिनभित्र गाउँ कार्यपालिका र नगर कार्यपालिका गठनका लागि निर्वाचन
ताजा समाचार

भ्रष्टाचारमा मुछिएका जनप्रतिनिधि पुनः निर्वाचित

टिमलाई एकढिक्का बनाएर अगाडि बढ्न् नेताहरूको सुझाव
ताजा समाचार

संसदीय समिति छल्दै प्रधानमन्त्री

तीनै सरकारबीच सुदृढ समन्वय गर्न राष्ट्रपतिको आह्वान
ताजा समाचार

सरकारसँग राष्ट्रपति असन्तुष्ट

निजगढ विमानस्थलको बजेटबारे मन्त्रीकै संशय
ताजा समाचार

निजगढ विमानस्थलको बजेटबारे मन्त्रीकै संशय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

१ जेष्ठ २०७७, बिहीबार
कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

१ जेष्ठ २०७७, बिहीबार
राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

१ जेष्ठ २०७७, बिहीबार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

१ जेष्ठ २०७७, बिहीबार
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

१ जेष्ठ २०७७, बिहीबार
आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

१ जेष्ठ २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.