आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

अडानका साथ वार्तामा बसेर सीमा विवादको समाधान खोज्न प्रधानमन्त्रीलाई सर्वदलीय बैठकको सुझाब

होस्ट खबर by होस्ट खबर
३१ बैशाख २०७७, बुधबार
169
SHARES
319
VIEWS
FacebookTwitter
अडानका साथ वार्तामा बसेर सीमा विवादको समाधान खोज्न प्रधानमन्त्रीलाई सर्वदलीय बैठकको सुझाब

नयाँ पत्रिका/काठमाडौँ : सर्वदलीय बैठकमा नेताहरूले अडानका साथ वार्तामा बसेर सीमा विवादको समाधान खोज्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाब दिएका छन् । कूटनीतिक वार्ताको माध्यमबाट नै भारतसँग सीमा विवाद समाधान गर्न सकिने सुझाब नेताहरूले दिएका हुन् ।

लिपुलेकक्षेत्रमा भारतले नेपाली भूमिमा सडक निर्माण गरेको ठहरसहित त्यहाँबाट उसलाई फिर्ता पठाउन सरकारले सबै किसिमका पहल गर्नुपर्नेमा नेताहरुको जोड छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार बसेको बैठकमा नेताहरूले समस्या समाधानका लागि सरकारले चालेका हरेक कदममा साथ दिने वचन दिँदै आफ्नो अडान कायम राख्न भनेका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरूले सरकारले प्रभावकारी कदम चाले हरेक प्रयासमा साथ रहने विश्वास दिलाएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

जनतालाई साथ लिएर अगाडि बढ्न पनि नेताहरूले प्रधानमन्त्री ओलीलाई सुझाब दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग वार्तापछि मिचिएको नेपाली भूमिसहितको नक्सा जारी हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले नेताहरूको सुझाबअनुसार कूटनीतिक वार्ता नै समस्या समाधानको एक मात्र विकल्प भएको भन्दै सरकार अविलम्ब वार्ता गर्ने पक्षमा रहेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘भारतसँग असल मित्रता चाहन्छौँ, तर त्यसका लागि नेपालको आफ्नो भूमिको रक्षा र आफ्नो राष्ट्रिय हितको रक्षा सर्वोपरी हुन्छ ।’ उनले सरकार सबै राजनीतिक दल र जनताको साथ लिएर अगाडि बढ्ने पनि स्पष्ट पारे ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सीमा समस्या समाधानका लागि भारतसँग मात्रै नभएर चीनसँग पनि कूटनीतिक वार्ता गर्नुपर्ने सुझाब दिए ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँगको सीमा समस्या द्विपक्षीय वार्ताबाट हल नभए अन्तर्राष्ट्रिय समुदायमा जानुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतसँगको सीमा विवादसम्बन्धी वार्ता गर्न सरकारले कोरोना भाइरसको संक्रमण या लकडाउनलाई बहाना बनाउने अवस्था नरहेको बताएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले सीमा समस्या समाधानका लागि सरकार नेपाली जनतालाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने बताए ।

Related Posts

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ
मौसम

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी
भर्खर

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
भर्खर

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी
ताजा समाचार

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी

भेरीगंगामा कांग्रेसको गढ भत्काउँदै एमाले बिजयी
ताजा समाचार

भेरीगंगामा कांग्रेसको गढ भत्काउँदै एमाले बिजयी

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
ताजा समाचार

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एकै दिन तोलामा ६ हजार घट्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

३१ बैशाख २०७७, बुधबार
भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

३१ बैशाख २०७७, बुधबार
सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

३१ बैशाख २०७७, बुधबार
निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

३१ बैशाख २०७७, बुधबार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

३१ बैशाख २०७७, बुधबार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

३१ बैशाख २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.