शुक्रबार, असार १७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

महामन्त्री खड्काका २१ फेसबुक स्टाटस मार्फत सरकारलाई सुझाव र खबरदारी

संकटको बेला ७ सय ५३ वटै स्थानीय तहमा सक्रिय सरकारी तथा गैर सरकारी संस्थाहरू संकटको बेला कहाँ गायब छन् ?

होस्ट खबर by होस्ट खबर
३१ बैशाख २०७७, बुधबार
626
SHARES
505
VIEWS
FacebookTwitter
महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह

सुर्खेत : सामान्यतयाः विपक्षी राजनीतिक दलका नेतारकार्यकर्ता सरकारका बिरोधीजस्ता देखिन्छन् । रचनात्मक सल्लाह–सुझाव दिनुभन्दा गलत कामलाई कोट्याउने काम नेपाली राजनीतिको आमप्रवृत्ति बनेको छ ।

कोरोना संक्रमणले देश लकडाउनमा फसिरहेको बेला नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले भने फरक चरित्र देखाएका छन् । उनले लकडाउन भएयता कर्णाली प्रदेश सरकारका साथै संघीय सरकारलाई सल्लाह सुझाव दिँदै आएका छन् । गंभीर प्रश्नहरु उठाउँदै सरकारलाई सही बाटोमा हिँड्न खबरदारी पनि गर्ने गरेका छन् । यसको लागि उनले मुख्यमन्त्रीसहित जनप्रतिनिधिसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नुका साथै सामाजिक सञ्जालको सदुपयोग गर्ने गरेका छन् । महामन्त्री खड्काका अधिकांश सुझावअनुसार प्रदेश सरकार र संघीय सरकारका निर्णयसमेत हुने गरेका छन् ।

लकडाउन अवधिमा खड्काले कोरोना संक्रमणसँग सम्बन्धित २१ वटा स्टाटस लेखेका छन् । ती स्टाटसमार्फत सरकारलाई थुप्रै सुझाव दिएका छन् । सरकार र सरोकारवालाई घोत्लिन बाध्य पार्ने प्रश्नसमेत गरेका छन् ।

बाँकेमा कोरोना संक्रमण देखिएपछि उनले खतराको घण्टी बजिसकेको भन्दै प्रदेश सरकारलाई सचेत गराएका थिए । उनले वैशाख २२ गते बिहान फेसबुकमार्फत तत्काल दक्षिणतिरबाट मानवीय प्रवेश रोक्नको लागि नाका सिल गर्न सुझाव दिएका थिए । यसका साथै कोरोना परीक्षण तीब्र पार्न र आरडिटीमा भर नपरी पिसिआरबाट परीक्षण गर्न सुझाव दिएका थिए । ‘बबई र कुइनेमा क्वारेन्टाइनको निर्माण गरौं,’ उनले स्टाटसमार्फत भनेका छन्, ‘कर्णाली प्रवेशद्धारमा परीक्षणको भरपर्दो प्रवन्ध गरौं ।’

प्रदेश सरकारले सुझाव सुनेर हो वा आफ्नै विवेकबाट हो, २२ गते नै सीमा सिल गर्ने निर्णय गरेको थियो । सोमबार बबईमा क्वारेन्टाइनमा राख्ने निर्णय पनि भएको छ ।

महामन्त्री खड्काले सामाजिक सञ्जालमार्फत संघीय सरकारलाई पनि कर्णालीको सन्दर्भमा गंभीर भएर काम गर्न सुझाव दिएका छन् । ‘कर्णाली प्रदेशका संवेदनशीलतालाई ध्यान दिई तत्काल पर्याप्त पिसिआर उपलव्ध गराउन र १० वटै जिल्लामा बिलम्ब नगरी अभियानको रुपमा कोरोना परीक्षण समुदायस्तरमा व्यापक रुपमा सुरु गरियोस्,’ उनले भनेका छन् ।

महामन्त्री खड्काले चैत १० गते नै पहिलो चरणमा कम्तीमा प्रदेशका राजधानीमा कोरोना परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्न सरकारलाई सुझाव दिएका थिए । त्यसको करिब एक सातापछि सुर्खेतमा समेत पिसिआर प्रविधिबाट परीक्षण सुरु भएको थियो । कोरोनासम्बन्धी अफवाह फैलिइरहेको बेला महामन्त्री खड्काले ‘नेपाल सरकार स्वास्थ्य मन्त्रालयले कोरोना भाइरससम्बन्धी जनचेतना र आधिकारिक जानकारीको लागि दैनिक कम्तीमा दुईपटक निश्चित समयमा बुलेटिन निकालेर सूचना प्रवाह गरोस्’ भन्दै सुझाव दिएका थिए । त्यसको केही दिनपछि स्वास्थ्य मन्त्रालयले दिउँसो ४ बजे टेलिभिजनमार्फत जानकारी दिन सुरु गरेको थियो । यसका साथै उनले दैनिक उपभोग्य खाद्य सामग्री र अत्यावश्यक बस्तुसँग सम्बन्धित पसलहरु निश्चित समयमा मात्र खोल्दा भीडभाड हुने भएकोले यस्ता पसल बिहानदेखि बेलुकीसम्म खोल्ने बन्दोबस्त मिलाउन पनि सरकारलाई आग्रह गरेका छन् । महामन्त्री खड्काले संकटको बेला ७ सय ५३ वटै स्थानीय तहमा सक्रिय सरकारी तथा गैर सरकारी संस्थाहरू संकटको बेला कहाँ गायब छन् भन्दै प्रश्न पनि गरेका छन् ।

पछिल्लोपटक आइतबार प्रदेश सरकारलाई ६ वटा गंभीर प्रश्न गर्दै समयमै सचेत भएर एकताबद्ध भएर लाग्न आह्वान गरेका छन् । उनले भनेका छन्, ‘भारतबाट कर्णाली प्रवेश गरेका सबै नागरिकको परीक्षण गरिसक्यौं सरकार ? अनि भोलि एकैचोटि भुसको आगो झैं संक्रमण नदेखिएला भन्ने के भर छ र सरकार ?’

बिगतमा सुर्खेतको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा र संविधानसभामा प्रतिनिधित्व गर्दै गृहसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका महामन्त्री खड्काले लकडाउन अवधिमा विशेष गरी कर्णालीको अवस्थाबारे बढी चासो राखेका छन् । उनले स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालालाई समेत टेलिफोनमार्पmत सम्पर्क गरी सल्लाह, सुझाव दिएको उनी निकट विद्यार्थी नेता गौतम बिसीले बताए ।

Related Posts

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन
ताजा समाचार

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र
ताजा समाचार

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द
ताजा समाचार

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

बि.सं. २०७९ ज्येष्ठ २३ गते सोमबार, आजको राशिफल
ताजा समाचार

बि.सं. २०७९ असार १६ गते बिहीबार, आजको राशिफल

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
ताजा समाचार

कर्णालीमा आज सार्वजनिक बिदा

महाकाली नदीमा खतराको सङ्केत, चेत रहन आग्रह !
ताजा समाचार

टनकपुर सन्धि भएको २६ वर्षपछि नेपालमा पानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

३१ बैशाख २०७७, बुधबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

३१ बैशाख २०७७, बुधबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

३१ बैशाख २०७७, बुधबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

३१ बैशाख २०७७, बुधबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

३१ बैशाख २०७७, बुधबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

३१ बैशाख २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.