सुर्खेत : पछिल्लो समय सुर्खेत उपत्यका तरकारीमा आत्मनिर्भर बन्न थालेको छ । कोरोना भाइरसको महामारीका बेला सरकारले आब्हन गरेको लकडाउनको पूर्ण पालना सहित उपत्यकाका पर्सेनी तथा लाटिकोइली क्षेत्रका किसानहरु व्यवसायीक तरकारी उत्पादनमा व्यस्त देखिन्छन् ।
कतै मकै लगाउने काम शुरु भएको छ भने कतै तरकारी बारीमा काम गरिरहेका किसानहरु भेटिन्थे । उनीहरु धेरै जसोले चाँही तरकारीले बजार नपाएको गुनासो गरे ।
लाटिकोइली क्षेत्रका किसानलाई बिउ बिजन र सहजिकरण कारितास नेपाल ‘साफबिन’ कार्यक्रमले गरेको किसानहरुले बताए । प्रदेश कृषी, भूमी तथा सहकारी मन्त्रालय र साना किसानले पनि उनीहरुलाई सहयोग गरेको छ । कृषी उपजको बजारिकरणका लागि उनीहरुले प्रदेश सरकार लगायत सरोकारवाला निकायसंग माग गरेका छन् ।
तस्विरहरु : होष्ट खवर डटकम