काठमाडौं : भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निमार्ण गरेको विरोधमा उत्रिएका मानव अधिकारकर्मी कृष्ण पहाडी सहित २२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शनको क्रममा पहाडी लगायत अन्य मानवअधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रदर्शनमा मानवअधिकारकर्मीहरुले ‘लिपुलेक सडक निर्माण तत्काल रोक’,‘अतिक्रमण बन्द गर’ लगायत प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए।
‘मानव अधिकारकर्मी तथा शान्ति समाजका संस्थापक सभापति पहाडी, सभापति उत्तम पुडासैनीलगायत अधिकारकर्मीहरु बटुकृष्ण ढुंगेल, बलबहादुर गाहा मगर, रामकृष्ण बराल, गीता तिमल्सिना, जगन्नाथ पुडासनैनी, चन्द्रमणी बञ्जरा, नानिकाजी गिरी, ईश्वर पुडासैनी, अमृतजंग महत, विकास थापा, भगवान पुडासैनी, रामहरी श्रेष्ठ, उमा गौतम, लक्ष्मी राना पुडासैनी, माया भट्टराई, ज्ञानहरी ढुंगाना, सुरज बोहरा, हरिचन्द्र पुडासैनी, ललित पुन र धिरेन पुनसहित २२ जनालाई गिरफ्तार गरेको छ,’ शान्ति समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ।