सुर्खेत : नेपाल विद्यार्थी संघ मध्यपश्चिम विश्वविद्यालयले ६ चालु सेमेष्टरको ६ महिनाको शुल्क मिनाह गर्न माग गरेको छ ।
नेविसंघले आइतबार विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंह समक्ष २ बुँदे मागपत्र बुझाउँदै शुल्क मिनाहको माग गरेको हो ।
नेविसंघका निर्वतमान केन्द्रिय सदस्य अनिलबहादुर शाही, विद्यार्थी नेताहरु रामचन्द्र भण्डारी, सविन चालिसे लगायतले उपकुलपति प्रा.डा. शाहीलाई विस्तारित कार्यालयमा भेटी मागपत्र पेश गरेको बताइएको छ ।
‘कर्णाली भौगोलिक र आर्थिक हिसावले पछाडी परेको क्षेत्र भएको र बर्तमान परिवेशमा यहाँका जनताहरु थप आर्थिक मारमा परेकाले चालु सेमेष्टरको ६ महिनाको शुल्क मिनाहको माग गर्दछौं’, मागपत्रमा भनिएको छ ।
मागपत्रको दोश्रो बुँदामा विद्यार्थी नेताहरुले अहिलेको परिवेशमा नेपाल टेलिकम लगायत इन्टरनेट सेवा प्रदायक संस्थासंगको सहकार्यमा निशुल्क इन्टरनेटको व्यवस्था गरी उपर्युक्त माध्यमको छनौट गरेर विद्यार्थीको पठन पाठन शुरु गर्नुपर्ने उल्लेख छ ।
मागका सम्वन्धमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. सिंहले सकारात्मक प्रतिक्रिया दिएको विद्यार्थी नेता शाहीले बताए । उपकुलपति सिंहले वर्तमान अवस्थामा आँफुहरुको माग सान्दर्भिक भएको र कार्यकारी परिषद्बाट यस विषयमा सम्वोधन गरिने आश्वासन दिएको बताए ।