काठमाडौं : लिपुलेक–कालापानी क्षेत्रको नेपाली भूभागसमेत पर्ने गरी भारतले धार्चुला हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले साँझ काठमाडौंको थलीमा राँके जुलुस निकालेको छ।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नारा लगाउँदै साँझ थलीमा राँके जुलुस निकालेका हुन। यसका साथै उनीहरुले पक्राउ परेका आफ्नो ररिहाइको माग समेत गरेका छन्।
उनीहरुले प्रदर्शन गरेको राँके जुलुसबाट फेरि केही विद्यार्थी नेताहरु पक्राउ परेका छन्। पक्राउ पर्नेमा विद्यार्थी नेता मनिस सिम्खडा, कान्तिपुर क्याम्पसको स्ववियु सभापति पावल बज्राचार्य, सहिद आदर्श क्याम्पसका स्वबियु सभापति निराजन नेपाल लगायत रहेका छन्।
यसघघि नेविसघले बबरमहलमा नेपाली भूमि फिर्ताको माग गर्दै भारतविरुद्ध र सरकारलाई खबरदारी गर्दै प्रदर्शन गरेका थिए।
यस्तै युवा–विद्यार्थीहरुले गत शनिबारदेखि प्रदर्शन गर्दै आएका छन् ।
सोही क्रममा सोमबार मध्यान्न उनीहरुले मोदी र ओलीको पुत्ला जलाएका हुन्। आइतबार संसद भवन अगाडि प्रदर्शन गरेका उनीहरुले शनिबार माइतीघरमा जुलुश निकालेका थिए।
यसका साथै उनीहरु भारतीय दूतावासअगाडि समेत ब्याक अफ इन्डियाको नारा लगाउँदै नेपाली भूमि फिर्ताको माग गर्दै प्रदर्शन गरेका थिए।
देश संचार