धनगढी : सामाजिक सञ्जालमा युवतीको अश्लिल भिडियो सार्वजनिक गरी आत्महत्या गर्न बाध्य पार्ने कञ्चनपुरका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
बेलौरी नगरपालीका वडा नम्बर ७ का २३ वर्षीय सन्तराम चौधरीलाई उक्त आरोपमा प्रहरीलले पक्राउ गरेको हो ।
चौधरीले शनिबार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीको सुकुटी नालामा झुण्डिएर आत्महत्या गरेकी गौरीगंगा ९ शंकपुरकी १९ वर्षीय लक्ष्मी देउवाको फेसबुकबाट अश्लिल भिडियो र फोटो आफन्त र साथीहरुलाई पठाएका थिए ।
अश्लिल भिडियो र फोटाहरु फेसबुक मार्फत सार्वजनिक भएपछि उनले आत्महत्या गरेको उजुरीका आधारमा चौधरीलाई प्रहरीले पक्राउ गरेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए । । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।