उदयपुर : कोरोना भाइरसको ‘हटस्पट’ बनेको उदयपुरको उदयपुरको भुल्केमा आज (आइतबार) थप एक जना महिलामा कोरोना भाइर संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार भुल्के निवासी ४३ वर्षकी महिलामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
उनको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या योसँगै ११० पुगेको छ ।