बारा : दुई वटा गाडी सहित जर्बजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतिय नागरिकलाई कबहीगोठमा शसस्त्र प्रहरीले तितरबितर पारेको छ ।
कबहीगोठ स्थित नेपाल–भारत सीमानामा ती भारतियले सशस्त्र प्रहरीमाथी आक्रमण प्रयास गरी नेपाल प्रवेश गर्न खोज्दा प्रहरीले हवाई फायर गरेको हो ।
भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरी भीडलाई तितरबितर पारेको प्रहरीले जनाएको छ भने थप जानकारी आउन बाँकी छ ।