बुधबार, असार २२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कोरोना जितेका ६ जना कोशी अस्पतालबाट डिस्चार्ज

होस्ट खबर by होस्ट खबर
२४ बैशाख २०७७, बुधबार
433
SHARES
329
VIEWS
FacebookTwitter
कोरोना जितेका ६ जना कोशी अस्पतालबाट डिस्चार्ज

विराटनगर : कोरोना विशेष अस्पताल (कोशी अस्पताल) मा उपचार गराइरहेका उदयपुरका ६ जना निको भई बुधबार डिस्चार्ज भएका छन् ।
कोशी अस्पतालमा उपचार गराइरहेका ३१ जना मध्य ६ जना बुधबार डिस्चार्ज भई घर फर्केका हुन् ।

उपचारपछि निको भएर घर फर्कन पाएकामा उनीहरु खुशी देखिन्थे । उपचारमा खटिएका सबैको व्यवहारबाट प्रशन्नता व्यक्त गर्दै उनीहरुले नेपाल र नेपालीलाई सलाम गरेका छन् । उपचारमा रहेका अन्य सङ्क्रमित पनि उपचारको राम्रो प्रबन्ध एवं व्यवस्थापन कारण आफूहरु पनि छिट्टै निको हुने आशामा छन् ।

धार्मिककार्य गर्न भारतबाट १३ जनाको जमात (समूह) बनाएर आएका ती जमाती (समूह सदस्य) लाई कोरोनाको सङ्क्रमण देखिएपछि प्रदेश सरकारले विशेष सुरक्षासहित कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा ल्याएको थियो । उनीहरुलाई वैशाख ५ र ६ गते उदयपुर जिल्लाको भुल्केबाट ल्याइएको थियो ।

प्रदेश नं १ मा पहिलोपटक यति धेरै सङ्ख्यामा कोराना सङ्कमित देखिएपछि प्रदेश सरकारले सङ्क्रमण बढ्न नदिन लकडाउनलाई निकै कडा बनाएको छ । एकबाट अनेकमा सर्ने यो रोगबाट बच्न र बचाउन सामाजिक दूरी कायम गर्नु नै सबैभन्दा राम्रो उपाय हो ।

यी जमातीहरु विसं २०७६ मङ्सिर २६ गते दिल्लीको धार्मिक केन्द्र (मर्कज) बाट भारतको जोगबनी हुँदै नेपालको विभिन्न भाग घुम्दै उदयपुरको भुल्के पुगेको थिए । सङ्क्रमितमध्येका छ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण (पिसीआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि घर पठाइएको अस्पताल प्रशासनले जनाएको छ । उनीहरु सबै भारतीय नागरिक हुन् ।

घर फर्कनेहरुमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्मद रासिद छन् । डिस्चार्ज भएका सबै स्वस्थ देखिने र घर जान पाउने आशामा केन्द्रित जमाती अहिले व्रतमा छन् । एक महिना लगातार रोजा व्रत बस्ने मुस्लिमहरुको आज १२औँ रोजा हो भने रोजा बस्ने रोजदार रमजान महिनाको दोस्रो असरामा प्रवेश गरेका छन् । उनीहरुलाई विराटनगर–१५ स्थित मर्कज (पूर्वी आठ जिल्लाको मुस्लिमको केन्द्र) मा १४ दिन आइसोलेसनमा राखिने र पुनः स्वाब परीक्षण गरिने व्यवस्था मिलाइएको छ ।

सो अवसरमा घर जान लागेका अनुस जैदीले केन्द्रको उपचार कार्यमा राम्रो सेवा र सहयोगको भावना पाएको बताए । अहिले कुनै असजिलो अनुभव नभएको उनले उल्लेख गरे । उनले बन्दाबन्दी खुलेपछि नेपाल सरकारको निर्णयको आधारमा स्वदेश फर्कने जानकारी दिए ।

प्रदेश नं १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वास्थ्य सेवा निर्देशनालय, मन्त्रालय, अस्पतालको संयुक्त कार्यको सफलतास्वरुप आज पहिलो चरणमा सङ्क्रमित निको भइ निस्कने लागेकामा खुशी व्यक्त गरे । उनले भने– यो प्रदेश सरकारको कोरोना उपचारमा ठूलो सफलता हो । मन्त्री घिमिरेले प्रदेशमा रहेका तीन पिसीआर परीक्षणका लागि तीन हजार र १४ जिल्लामा द्रुत परीक्षणका किट ९आरडिटी० लागि सात हजार व्यवस्था गरिएको बताए ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्राले निको भएर घर जान लागेका पूर्व सङ्क्रमितले केन्द्रमा रहँदा सहयोगी रहेको बताउँदै केन्द्रमा रहेका अन्यको आगामी हप्ता स्वाब परीक्षण गर्ने जानकारी दिए । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले केन्द्रका स्वास्थ्य उपचार सामग्रीको कुनै अभाव नरहेको बताए । अहिले केन्द्रमा २५ जना उपचारमा छन् ।

Related Posts

महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह
भर्खर

अर्थमन्त्री विवादबारे छानबिन समिति बनाउन खड्काको माग

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का
भर्खर

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट
अर्थ खबर

वीरेन्द्रनगरले ल्यायो १ अर्ब ९४ करोडको बजेट

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह (फोटो फिचर)
भर्खर

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ३७ लाख खर्च

नेपाली मिडियामा वालवालिकाका विषय २ प्रतिशत मात्र समावेश
ताजा समाचार

नेपाली मिडियामा वालवालिकाका विषय २ प्रतिशत मात्र समावेश

कांग्रेस सभापति देउवाले गृह जिल्लामा पठाए स्वास्थ्य सामग्री
भर्खर

के प्रधानमन्त्री देउवा संसद् विघटन गर्ने तयारीमा छन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

अंश विवादमा बाबुको हत्या

दाइजोको निहुँमा पत्नी हत्या गरेर फरार युवक पक्राउ

२४ बैशाख २०७७, बुधबार
सभामुख चयनमा सहमती नभएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

संघीय संसद अन्तगत प्रतिनिधि सभा बैठक बस्दै

२४ बैशाख २०७७, बुधबार
कर्णाली प्रदेश सभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक भोली बस्ने

२४ बैशाख २०७७, बुधबार
बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

२४ बैशाख २०७७, बुधबार
महामन्त्री खड्काद्वारा कर्णाली प्रदेश सरकारलाई कोरोना संक्रमणबाट सुरक्षित तथा सतर्क रहन आग्रह

अर्थमन्त्री विवादबारे छानबिन समिति बनाउन खड्काको माग

२४ बैशाख २०७७, बुधबार
आज देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

आजको दिनभरको मौसम !

२४ बैशाख २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.