बिहिबार, असार १६, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नेपालगञ्जमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि कोरोना संक्रमणको अध्ययन गर्न

होस्ट खबर by होस्ट खबर
२४ बैशाख २०७७, बुधबार
186
SHARES
350
VIEWS
FacebookTwitter
नेपालगञ्जमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि कोरोना संक्रमणको अध्ययन गर्न

नेपालगञ्ज : नेपालगञ्जको एउटै टोल र आसपासमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि त्यहाँ पुगेका छन्। कोरोना समुदायमा कसरी फैलियो भनेर घटना अनुसन्धानका लागि उनीहरूले समुदायमा सोधपुछ गरिरहेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

के कारणले कोरोना फैलिएको हो, ह्यूमन रिसोर्सहरू के छ र फर्स्ट केस कुन हो रु भन्ने जस्ता कुरा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूले अध्ययन गर्न थालेको श्रेष्ठले बताए।

नेपालगञ्ज वडा नम्बर ८ को महेन्द्र पार्कको एक मस्जिदमा बस्ने ११ जनाको स्वाब परीक्षण गर्दा ६० वर्षीय एक जनामा शुक्रबार पहिलो पटक कोरोना पुष्टि भएको थियो। त्यसपछि आइतबार उनकै सम्पर्कमा आएका थप १५ जनामा र मंगलबार बिहान थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। तर उनीहरू कसैमा पनि लक्षण भने देखिएको छैन।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनीहरू सबैको अवस्था हालसम्म सामान्य रहेको छ।

धार्मिक संस्थामा बस्नेहरुलाई आशंका लागेर स्वाब परीक्षण गर्दा लक्षणबिना नै कोरोना देखिएपछि त्यसको अध्ययनको लागि विश्व स्वास्थ्य संगठनको टोली आएको भन्ने जानकारी आफूले पाएको नेपालगञ्जकी उपमेयर उमा थापाले बताइन्।

पहिलो संक्रमित व्यक्तिका परिवारमा भेटिएन कोरानो

नेपालगञ्जका पहिलो कोरोना संक्रमित ६० वर्षीय व्यक्तिको परिवारका कुनै पनि सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ बेहना टोल निवासी मस्जिदमा पढाउने ती शिक्षकका परिवारको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो।

उनका परिवारका ६ सदस्यको पिसिआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला फोकल पर्सन श्रेष्ठले जानकारी दिए।

नेपालगञ्जमा ६० वर्षीय ती पुरूषमा कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले उनका परिवारका सदस्यलाई स्थानीय महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लगेर राखेको थियो ।

तर उनकी पत्नी, चार छोरा तथा बुहारीको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको श्रेष्ठले जानकारी दिए।

पहिलो संक्रमित ६० बर्षीय ती व्यक्तिले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्र पार्कस्थित जोलहनपुर्वामा रहेको अन्सारियन मस्जिदमा बिहान–बेलुका नमाज पढ्नुका साथै बालबालिकालाई उर्दु भाषा पढाउने काम गर्दै आएका थिए ।

जोलहनपुर्वास्थित मदरसा इस्लामिया फैजुल उलुमका शिक्षक उनले कतिपय बालबालिकालाई घरमै पुगेर पढाउने गरेका थिए ।

तिनै पहिलो संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाबको पिसिआर परीक्षण गर्दा २३ जना संक्रमित भेटिएका थिए।

मंगलबार पनि संक्रमित व्यक्तिको सम्पर्कमाआएका ५६ जनाको स्वाब संकलन गरिएको थियो। बुधबार उक्त टोलभन्दा अलिकति भिन्न स्थानमा ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा स्वाब संकलन गर्ने प्रक्रिया सुरू भएको कोरोना फोकल पर्सन श्रेष्ठले बताए।

सेतोपाटी

 

Related Posts

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन
ताजा समाचार

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र
ताजा समाचार

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द
ताजा समाचार

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

बि.सं. २०७९ ज्येष्ठ २३ गते सोमबार, आजको राशिफल
ताजा समाचार

बि.सं. २०७९ असार १६ गते बिहीबार, आजको राशिफल

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
ताजा समाचार

कर्णालीमा आज सार्वजनिक बिदा

महाकाली नदीमा खतराको सङ्केत, चेत रहन आग्रह !
ताजा समाचार

टनकपुर सन्धि भएको २६ वर्षपछि नेपालमा पानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

२४ बैशाख २०७७, बुधबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

२४ बैशाख २०७७, बुधबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

२४ बैशाख २०७७, बुधबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

२४ बैशाख २०७७, बुधबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

२४ बैशाख २०७७, बुधबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

२४ बैशाख २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.