सोमवार, असार १३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कमजोर : पत्रकार महासंघ

होस्ट खबर by होस्ट खबर
२१ बैशाख २०७७, आईतवार
222
SHARES
418
VIEWS
FacebookTwitter
कोरोना भाइरस: फिल्डमा खटिएका पत्रकार जोखिममा, महासंघको उदासिनता !

काठमाण्डौ : आज विश्व प्रेस स्वतन्त्रता दिवस ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नाराका साथ मनाइंदैछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा मे ३ का दिन विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

कोरोनाको प्रभावका कारण भौतिकरुपमा सहभागी भइ कार्यक्रम गर्ने अवस्था नरहे पनि डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन-प्रसारणमार्फत् विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइँदैछ ।

नेपाल पत्रकार महासंघले दिउँसो १ बजे विशेष डिजिटल संवाद कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा दक्षिण एशियाको प्रेस स्वतन्त्रता अवस्थाबारे अन्तराष्ट्रिय पत्रकार महासंघ आईएफजेको अनुगमन प्रतिवेदन सार्वजनिक गरिने महासंघले जनाएको छ ।

यसैबीच २०७६ सालमा नेपालमा प्रेस स्वतन्त्रताको अवस्था अझ खस्किएको पाइएको छ । नेपाल पत्रकार महासंघका अनुसार २०७६ सालमा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना भएका र यी घटनामा ९४ पत्रकार तथा तीनवटा सञ्चार संस्था पीडित भएका छन् ।

महासंघको सञ्चार अनुगमन इकाईको अभिलेख अनुसार पत्रकार गिरफ्तारका ८ वटा, स्वतन्त्र पत्रकारितामा अवरोध तथा कब्जाका ३ वटा, पत्रकारमाथि आक्रमणका १३ वटा, दुर्व्यवहार तथा धम्कीका ३२ वटा, पत्रकार पेशाबाट विस्थापनको एउटा र पेशागत असुरक्षाका तीनवटा घटना भएका छन् ।

२०७५ सालमा पनि प्रेस स्वतन्तत्रा हननका ६० वटा घटना भएकामा ७७ जना पत्रकार र ५ सञ्चारसंस्था पीडित भएका थिए ।

यस्तै, रिपोर्टर विउट बोर्डर्सले प्रकाशित गरेको प्रेस स्वतन्त्रता सूचकंक २०२० मा नेपालको स्थान गत वर्षको तुलनामा ६ स्थान खस्किएर १ सय ८० देशमध्ये १ सय १२ औं स्थानमा पुगेको छ ।

२०७६ सालमा संसदमा सरकारले दर्ता गरेका प्रेससम्वन्धी विद्येयकमा प्रेस स्वतन्त्रताको आधारभूत मूल्य र मान्यतामै प्रहार गरेको निष्कर्षसहित त्यसलाई सच्चाउन महासंघले दबाबमूलक आन्दोलन गरेको थियो ।

संसदले ती कानूनलाई अझै अन्तिमरुप दिन बाँकी रहेकाले यस प्रकारको दबाब अझै जारी राख्नुपर्ने अवस्था रहेको महासँघका अध्यक्ष गोविन्द आचार्यले बताउनुभयो । नेपालमा मुख्य रूपमा राजनीतिक गतिरोध, आन्दोलन वा द्वन्द्व जारी रहेको अवस्थामा प्रेस र पत्रकारहरूलाई बढी आक्रमण हुने गरेको पाइएको छ ।

२०७४ सालमा तीन वटै तहका चुनाब भएर बनेका संघ, प्रदेश र स्थानीय तहका सरकारले बनाएका प्रेस सम्वन्धी कानून र नीतिमा प्रेस स्वतन्त्रतालाई खुम्च्याउने प्रयास जारी नै रहेका महासंघले ठहर गरेको छ ।

नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरिएपनि विभिन्न तहमा कानून निर्माणको प्रक्रिया अघि बढिरहँदा संविधानका धाराहरू विपरित हुने खालका कानून बनाइनु र प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथिकै गम्भीर चुनौती भएको महासंघले ठहर गरेको छ ।

२०७६ वैशाख २६ गते संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक र त्यसअघि नै दर्ता भएको सूचना प्रविधि विधेयकका केही दफाले प्रेस स्वतन्त्रतालाई संकुचन पार्ने अध्यक्ष आचार्यले बताउनुभयो । यसमा महासंघसहित सरोकारवाला पक्षको राय सुझावका आधारमा सच्चाउने सरकार र संसदको प्रतिबद्धता अझै पूरा हुन नसक्नु दुखद भएको महासंघले जनाएको छ ।

विभिन्न तहका सरकारको नेतृत्ववाटसञ्चारकर्मी र सञ्चारमाध्यमले आफ्नो पक्षमा नलेखेको भन्दै पटकपटक खुल्लारुपमा आरोप र धम्की दिने काम भइरहेको भन्दै सरकारको गुणगान गाउँदा ठीक भन्ने र अलिकति मात्रै आलोचना वा सत्य तथ्य समाचार र सूचना प्रवाह भयो भने सञ्चारकर्मी र सञ्चार माध्यम विरुद्ध खनिने प्रवृत्ति रोक्न महासंघले माग गरेको छ ।

Related Posts

सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो
ताजा समाचार

डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा

राष्ट्रियसभा चुनावः मौन अवधि शुरु, के के गर्न पाइँदैन ?
ताजा समाचार

संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव

आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम
ताजा समाचार

आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

बि.सं. २०७९ ज्येष्ठ २३ गते सोमबार, आजको राशिफल
ताजा समाचार

बि.स. २०७९ असार १३ गते सोमबार, आजको राशिफल

राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन
ताजा समाचार

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

२१ बैशाख २०७७, आईतवार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

मनसुन देशभर फैलियो, आज दिनभरि झरीको सम्भावना

२१ बैशाख २०७७, आईतवार
सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो

डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा

२१ बैशाख २०७७, आईतवार
राष्ट्रियसभा चुनावः मौन अवधि शुरु, के के गर्न पाइँदैन ?

संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव

२१ बैशाख २०७७, आईतवार
लकडाउनपछि कुन एयरलाइन्सका कति उडान? भाडादर कति ?

हवाई इन्धनको पनि मूल्य घटाउन माग

२१ बैशाख २०७७, आईतवार
आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

२१ बैशाख २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.