सोमवार, असार १३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सादा जीवन, उच्च विचार छ घिसिङको !

होस्ट खबर by होस्ट खबर
१९ बैशाख २०७७, शुक्रबार
213
SHARES
401
VIEWS
FacebookTwitter
सादा जीवन, उच्च विचार छ घिसिङको !

काठमाडौं : कुलमान घिसिङले सारा मुलुक झलमल्ल बनाएका छन् । यसका लागि उनले घामको उज्यालो त्यागेका छन् । अर्थात उनको ज्यानमा घामको न्यानो पर्दैन । किनभने, दिनभर उनी कार्यलय/कार्यक्षेत्रमा खटिएका हुन्छन् । घाम ताप्ने फुर्सद हुँदैन । यही कारण उनको शरीरमा ‘भिटामिन डी’को कमी छ ।

कुलमानले सुनाएका थिए, ‘कहिलेकाहीँ चिकित्सकले भिटामिन डीको औषधी सेवन गर्नुपर्छ भन्छन् । अरु त खास समस्या छैन ।’ कुलमान घिसिङ राति घर पुग्ने टुंगो हुँदैन । कहिले कार्यकक्षमै १० बज्छ । घर पुग्दा प्रायः सुनसान हुन्छ । सबै सुतिसकेका हुन्छन् । चिसो गाँस टिप्छन् । यस्तो, उस्तो खाने भन्ने छैन । घरको भान्सामा जे पाकेको छ, त्यही खाने हो । दिनभरको कामको धपेडी, थकानसँगै उनी ओछ्यानमा घुस्रन्छन् । गहिरो निद्रा पर्छ ।

बिहान निद्राले छाड्दा पाँच बजेको हुन्छ । एक लिटर मनतातो पानी पिउँछन्, बाथरुम जान्छन्, फ्रेस हुन्छन् । शरीर हल्का भएपछि व्यायाम गर्छन् । केही आसनको योगाभ्यास गर्छन् । विगतमा उनी यस्ता आसन राम्ररी गर्थे, अहिले फुर्सद मिलेको छैन । त्यसपछि सामान्य हिसाबले शरीर तन्काउने, खुम्च्याउने, मर्काउने गर्छन् । मौका मिलेमा र जाँगर चलेमा घर नजिकको बौद्ध स्तुपामा फन्को लगाउँछन् ।

घर फर्केपछि नुहाउँछन् । त्यसपछि कालो चिया पिउँदै दिनभरको सेड्युल तयार गर्छन् । त्यसपछि हल्का नास्ता लिन्छन् र घरबाट बाहिरिन्छन् ।

कार्यालयमा पाइला टेकेपछि उनको स्मृतिबाट घर–परिवार, आफन्त सबै हराउँछन् । उनी आफूलाई समेत भुल्छन् । दिनभर काममै दत्तचित्त भएर खटिन्छन् । बाँकी रहेको काम रातभर बसेर भए पनि सिध्याउँछन् । उनको यही कामप्रति इमान्दारी, लगनशीलता र जुझारुपनले त हो नि देश झलमल्ल भएको ।

खानपान

कुलमान घिसिङलाई खानपानमा उस्तो रुची छैन । मीठो मसिनो खाने सौख छैन । उनको जिब्रो लोभी पनि छैन । घरमा नास्ता खाएर निस्केका उनी दिउँसोका खाना कहाँ खान्छन्, कतिबेला खान्छन् ? टुंगो हुँदैन । जतिबेला जे भेट्छन्, खाइदिन्छन् । ‘टेबलमा जे आउँछ, त्यही खाइन्छ’ उनी भन्छन्, ‘नाइनास्ती गरिँदैन ।’

दिउँसोको खाना दाल, भात, तरकारी, अचार नै हो । त्यसो त घरमा बिहानै नास्ता गरेर आएका छन् भने मःम, चाउमिनले पनि पेट भरिन्छ । उनले अनलाइनखबरसँग भने, ‘खानपानमा म रसिक मान्छे होइन, अलि उदासीन छु ।’ राति घर पुगेपछि खाने पनि, त्यही दाल भात नै हो ।

उनमा मदिरापानप्रति पनि उस्तो आशक्ति छैन । पिउँदै नपिउने भने होइन । यसो बेलामौकामा साथीभाइ, आफन्तसँग पिउने हो । त्यो पनि नियन्त्रित मात्रामा । घरमा बेलाबखत पारिवारिक जमघट हुन्छ । यस्तोबेला उनलाई केही पकाउन जाँगर चल्छ । तर, उनमा पाककलाको राम्रो ज्ञान चाहिँ छैन ।

पहिरन

कुलमान अक्सर औपचारिक पहिरनमै हुन्छन् । अर्थात कोट, पाइन्ट । उनलाई पहिरनप्रति उस्तो आशक्ति छैन । धेरै असजिलो र झकिझकाउ भएर हिँड्न रुची लाग्दैन । बिहान घरबाट जुन लुगा लगाएर निस्कन्छन्, दिनभर त्यही लुगामा हुन्छन् ।

उनको कार्यालयको ह्याङगरमा टाई भने झुन्डिएको हुन्छ । बेलाबखत टाई पनि लगाउनुपर्ने अवस्था आउँछ । त्यसबाहेक उनले अतिरिक्त लुगाफाटो जगेडा गरेका छैनन् । एकसरो आङ ढाक्न पाए पुग्छ । न उनी घडी लगाउन रुचाउँछन्, न सिक्री झुन्ड्याउन ।

सादा जीवन, उच्च विचार छ घिसिङको ।

Related Posts

व्यक्ति बिशेष

बधाई खाइरहे, शपथ खान पाएनन्

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)
Videos

प्रतिगमन विरुद्ध र एमालेकै कारण गठबन्धन गरिएको हो: उपसभापति खड्का (भिडियो सहित)

Videos

वीरेन्द्रनगरका मेयर उम्मेदवार गिरीको चर्चा, पारिश्रमिक नलिने घोषणा

‘९० हजार भोट ल्याउँछु, ई–सरकार बनाउँछु’: बालेन शाह
विचार/ब्लग

‘९० हजार भोट ल्याउँछु, ई–सरकार बनाउँछु’: बालेन शाह

जलवायु परिवर्तनको मारमा चरा
विचार/ब्लग

जलवायु परिवर्तनको मारमा चरा

लोकतन्त्रको लाभ नेतालाई मात्रै ?
विचार/ब्लग

लोकतन्त्रको लाभ नेतालाई मात्रै ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन: उपसभापति खड्का

१९ बैशाख २०७७, शुक्रबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

मनसुन देशभर फैलियो, आज दिनभरि झरीको सम्भावना

१९ बैशाख २०७७, शुक्रबार
सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो

डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा

१९ बैशाख २०७७, शुक्रबार
राष्ट्रियसभा चुनावः मौन अवधि शुरु, के के गर्न पाइँदैन ?

संघ र प्रदेशको निर्वाचन ३० कात्तिकमा गर्न आयोगको अनौपचारिक प्रस्ताव

१९ बैशाख २०७७, शुक्रबार
लकडाउनपछि कुन एयरलाइन्सका कति उडान? भाडादर कति ?

हवाई इन्धनको पनि मूल्य घटाउन माग

१९ बैशाख २०७७, शुक्रबार
आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

आज नव नियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम

१९ बैशाख २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.