चितवन : मैले पत्रकारिता गरेको १५ वर्ष भयो । चितवनबाट नियमितरुपमा प्रकाशन हुँदै आएको कायाकैरन दैनिक समाचारपत्रमा स्थापना भएको १४ वर्ष भयो । म यो पत्रिकामा पहिलो दिनबाटै कार्यरत छु । अहिले यो पत्रिकाको सम्पादक छु । सम्पादकीय नेतृत्वमा काम गरेकै करिब एक दशक पुग्यो होला ।
योबीचमा हजारौं समाचार लेखियो । हजारौं मान्छेसँग संगत गरियो । कयौं विषय उठाइयो । कहिले कोसँग, कहिले कोसँग वादविवाद भए पनि होलान् । प्रहरी प्रशासनसँग पनि कतिपय विषयमा कुरा नमिलेको हुनसक्छन् ।
फिल्डमा खटिएको बेला कयौं धरपकडमा पनि परियो होला । फिल्डमा तनावमा भएको बेला पत्रकार सधैं खतरामै हुन्छन्, त्यसलाई हामीले त्यही ढंगले ग्रहण गर्छौं र गर्नुपर्ने पनि त्यही हो । तर, प्रहरी प्रशासनबाट आजको जस्तो अपमानजनक दूव्र्यवहार, गिरफ्तारी र मानसिक तनाव कहिल्यै व्यहोर्नुपरेको थिएन ।
बिहान १० बजेदेखि प्रहरी कार्यालय र क्वारेन्टाइनमा प्रहरीको अपमान सहेर, थर्काइ सहेर, मानसिक तनावमा रहेर बिताएका करिब डेढ घण्टा तथा छुटेर आएपछि न्यायका लागि बिताएका कयौं घण्टापछि निकै थाकियो । साँझ घर आइपुगेर थचक्क बसेपछि सोचें, ‘आजको दिन साह्रै नराम्रो भयो, निकै दुःखदायी भयो ।
म बिहान के भएको थियो भन्ने विषय प्रस्तुत गर्दैछु ।
लकडाउनको ३५ औं दिन थियो सोमबार । बिहान करिब १० बजेतिर म घरबाट निस्किएँ । भरतपुरको चौबिसकोठीमा आज प्रहरीले निकै कडाइ गरेको र धेरै सर्वसाधारणलाई राकेको सूचना पाएर त्यता गएको थिएँ । म ना। ६४ प ३९८९ नम्बरको स्कूटरमा थिएँ । म पुग्दा प्रहरीले चौबिसकोठी चोकमा ५०–६० वटा मोटरसाइकल रोकेर सबैलाई केरकार गरिरहेका थिए । मलाई पनि एक प्रहरी जवानले रोके । मैले घाँटीमा झुण्ड्याएको प्रेस परिचयपत्र देखाएँ र रिपोर्टिङका लागि आएको जानकारी गराएँ । तर, उनले ‘मिडिया थाहा छैन, साइड लगाउनुस्’ भने । मैले ‘३५ दिनको लकडाउनमा कोही पनि पत्रकारलाई रोकिएको छैन, म पनि कहिलेकाहीं निस्किँदा रोकिएको छैन, जान दिनुहोस्’ भनें । तर, उनले अझै मानेनन् ।
सयौं सर्वसाधारण रोकिएका थिए । बैंकर, विद्यालय शिक्षक, अस्पताल हिँडेका, औषधि किन्न हिँडेका, इन्टरनेट सेवा प्रदायक, अक्सिजन आपूर्तिकर्ता रोकिएका थिए । यति धेरै मान्छे रोकिन हुँदा म पनि एकछिन रोकिन के हुन्छ र भन्ने ठानेर मैले मेरो स्कूटर साइड लगाएँ । चाबी झिकें र एकछिन यताउति गतिविधि हेरें । केही फोटो पनि खिचें ।
अलि पर एकजना सई ९प्रहरी नायब निरीक्षक० रहेछन् । उनी आफ्नो सञ्चारसेटबाट केही बोलिरहेका थिए । फिल्डको कमाण्डर उनी रहेको ठानी म नजिक गएँ । ‘सई साब म पत्रकार हुँ, मलाई अगाडि जान दिएनन्, तपाईंले जान दिनुप¥यो’, उही घाँटीमा झुण्डिएको कार्ड देखाउँदै भनें । उनले पनि आफूले छोड्न नसक्ने बरु डिएसपीलाई फोन गर्नुस् भने ।
मैले चितवनका एसपी (प्रहरी उपरीक्षक) नान्तिराज गुरुङको मोबाइलमा फोन गरें । तर, उठेन ।
यतिबेरसम्म प्रहरीका दुई गाडी आए । दुवै गाडीमा प्रहरी रहेछन् ।
म फेरि मेरो बाइक भएको ठाउँमा नै फर्किएँ । त्यहाँ भीडको नेतृत्व धिताल थर गरेका एकजना हवल्दारले गरेका रहेछन् । त्यहाँ बैंकका कर्मचारी, सहकारीका कर्मचारी, विद्यालय शिक्षक अनेक अनुरोध गरिरहेका थिए ।
एउटा बाइकमा आएका दुईजनालाई प्रहरीले रोक्यो । उनीहरुमध्ये एक बिरामी भएको र अस्पताल जान लागेको भन्दै अस्पतालको कागज देखाए । तर, हवल्दारमा कुनै संवेदना देखिएन । ‘यस्ता जाबो कागज सबैले बनाउँछन्’ भनेर बाइकको चाबी नियन्त्रणमा लिए ।
महानगरले रिजल्ट सार्वजनिक गर भनेको छ, त्यही भएर विद्यालय जान लागेको भन्दै विद्यालय पोशाकमै भएका एक शिक्षकले अनुरोध गरे । ‘कसैलाई छोडिन्न’ भन्दै उनको पनि चाबी खोसे ।
अक्सिजन सप्लायर्स बताउँदै प्रशासनले जारी गरेको पुर्जी देखाउने एकजनालाई ‘यसले केही हुन्न’ भन्दै चाबी खोसे ।
अब पालो आयो मेरो ।
‘यो कसको रु’ मेरो स्कूटरको भाइजरमा झ्याम्म हानेर उनले आफ्नो गुण्डाशैली देखाए । मैले फेरि उसैगरी ‘स्कूटर मेरो हो र मेरो परिचय यो हो’ भनेर कार्ड देखाएँ । उनले मेरो कार्ड झट्कारेर ‘यस्ता जाबो कार्ड सबैले बनाउँछ, मिडिया भनेर हुँदैन, यो गाडीको पास खै ?’ भनेर फेरि स्कूटरको भाइजरमा हात बजारे । ‘आजसम्म पत्रकारको आईडी कार्डले रोडमा चल्न दिइएको छ त, गाडीको पास हामीलाई कहाँ दिएको छ त नि’ भनें ।
उनको अनुहार र बोलीमा भिन्दै पारा थियो । भिन्दै शैली थियो । खै उनी के खाएर आएका थिए वा कस्तो निर्देशन लिएर आएका थिए म जान्दिनँ । तर, उनको प्रस्तुति साच्चै अजीवको थियो । मैले आफ्नो कार्ड देखाएको र पत्रकार भएकोले पास हुन पाउँछु भनेको कुरालाई उनलाई झनै दिमाग तातेछ क्यारे । ‘ओइ, यसको चाबी खोस्’, उनकै सहकर्मीलाई निर्देशन दिँदै उनी फतफताए, ‘पत्रकार भन्या’छ, जाबो कार्ड भिरेको छ, फोटो खिच्या’छ ।’
त्यसपछि दुईरतीन जना प्रहरी जवान मलाई झ्याप्पै छोप्न आए । ‘खै चाबी दे’, तिनीहरुले भने । मैले दिइनँँ । ‘तपाईंहरुले किन यस्तो गर्नुभएको, ३५ दिनसम्म लकडाउन हुँदा पत्रकारलाई यस्तो कहीं गरिएन, आज एक्कासि के भयो ?’, मैले अझै जान्न खोजें, ‘प्लीज मिडियालाई यसो नगर्नुस् ।’ हवल्दारले सुनिरहेका रहेछन् । उनी पिटुँला झैंं गरी आए । चाबी खोस्न खोजे । मैले अझै दिइनँँ । ‘म समाचार संकलनका लागि आएको हुँ, मलाई जान दिनुहोस्, मेरो स्कूटर नलैजानुहोस्’, यही भनें । ‘ओइ यो स्कूटर गाडीमा हाल’, उनले फेरि निर्देशन दिए ।
यति भनेपछि ५/७ जना आएर मलाई धकेलेर स्कूटरबाट झारे र स्कूटर उचालेर गाडीमा हाले । उनीहरुले मेरो स्कूटर उचालेको र गाडीमा हालेको फोटो खिचें । अरु व्यक्तिहरु सबैको चाबी खोसियो, सबै बाइक चलाएरै जिल्ला प्रहरी कार्यालय लगे ।
मेरो सवारीसाधन नै नियन्त्रणमा लिएपछि पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडालाई फोन गरेर जानकारी गराइहालें ।
अलि पर रेडियो त्रिवेणीका निर्देशक अर्जुन अधिकारीलाई देखें । उनलाई पनि त्यस्तै गरेका होलान् भनेर नजिकै गएँ । उनले ममाथि गरेको सबै दूव्र्यवहार देखेका रहेछन् । तर, मास्क र हेल्मेट नखोलेकोले मलाई चिनेका रहेनछन् । मास्क खोलेपछि उनले चिने । त्यतिखेरसम्म उनको बाइक प्रहरीले लगिसकेको रहेछ । उनले सजिलै प्रहरीलाई चाबी बुझाएछन् । गाडीमा हालेको मेरो स्कूटर भएको थाहा पाएपछि उनले फोटो खिचे । यो देखिरहेका हवल्दार फेरि झम्टिँदै आए । ‘किन फोटो खिचिस् ?’, उनले रुखो वचन फाले । अर्जुनजीले आफू मिडियाकर्मी भएको र समाचारका लागि फोटो खिचेको बताए । ‘ओइ, यो पनि बढी भयो, यसलाई गाडीमा हाल अनि मोबाइल खोसेर फोटो र भिडियो सबै डिलिट गर्दे ।’
यति भनेपछि अर्जुनजीलाई तीन जना प्रहरीले कठालो समातेर ट्रक चढाए । मेरै आडमा सञ्चारकर्मी साथीलाई गाडीमा हालेपछि मैले मिडियाकर्मीलाई नलैजानुस् भनें । हवल्दार फेरि उम्लिए, ‘ओइ यसलाई पनि हाल ।’
उसैगरी मलाई पनि हाले ।
मेरो मोबाइल खोस्न लागे । त्यहीबेला पत्रकार महासंघका अध्यक्ष खतिवडाको फोन आयो । हतारमा रिसिभ गरेर ५ सेकेण्डमैै भनिहालें, ‘मलाई प्रहरीले गिरफ्तार ग¥यो, मलाई गाडीमा राखेको छ, मेरो मोबाइल खोस्दैछ ।’ यति भन्न भ्याउँदालगत्तै प्रहरीले मेरो हातबाट मोबाइल खोस्यो । ‘ओइ फोटो भिडियो डिलिट गर्नुप¥यो, लक खोल’, उस्तै रुखो स्वरमा एक जवानले भने । ‘पत्रकारले सार्वजनिक ठाउँमा खिचेको फोटो डिलिट गर्दिनँ’, मैले भनें । गर्नैपर्छ भनेर दबाब दिए । धेरै दबाब दिएपछि अर्जुनजीले डिलिट गर्न मोबाइल अनलक गरिसकेका थिए । तर, मैले डिलिट नगर्न भनें । उनले फेरि प्रहरीलाई नै मोबाइल दिए । मोबाइल अफ गरेर राख्न हवल्दारले अह्राए । अर्जुनजीको अफ गरे । मेरो मेसो पाएनन् ।
सडकमा अर्को एउटा बाइक बाँकी थियो । त्यो पनि हाल्न हवल्दारले अह्राए । बोकेर हाले । अगाडि नै मेरो स्कूटर हालेकोले गाडीमा अटेन । ‘त्यो स्कूटर उता पछार्दे’, हवल्दार अझै उम्लिए । माथि भएको प्रहरीले स्कूटर धकेल्दिए । अनि पछाडिबाट अघि हालेको बाइक ठेल्दिए । त्यो धक्काले मेरो स्कूटरको पछाडिको भाइजर पक्लक्कै उप्कियो । स्कूटर लड्यो । पछाडिबाट ठेलिएको बाइकले मेरो खुट्टा बीचमा च्यापियो । बिस्तारै मिलाएर खुट्टा बाहिर निकालें ।
हामीलाई जिल्ला प्रहरी कार्यालय लगियो । यति गर्दासम्म पनि जिल्ला लगेपछि डीएसपी वा एसपीसम्मले त पक्कै कुरा बुझ्लान्, हामीलाई छाडिदेलान् भन्ने लागिरहेको थियो ।
गाडी जिल्ला प्रहरी कार्यालयभित्र छिराइयो । पछाडि हामीसँग दुई प्रहरी थिए । अगाडि क्याबिनमा उनै हवल्दार रहेछन् । झरे । ‘बाइक झार’, तिनले निर्देशन दिए । प्रहरीहरुले झारे । ‘यिनीहरुलाई के गर्ने सर रु’, माथिबाट सोधियो । हवल्दारको हुकुम आयो, ‘यिनीहरुलाई क्वारेन्टाइनमा लगेर हुल्दे ।’
गाडी घुमायो र हामीलाई भरतपुर कभर्डहल लगियो । क्वारेन्टाइनको नाममा हामीजस्तै गरी उठाएर ल्याइएकालाई त्यहाँ दिनभर उभ्याइने रहेछ ।
त्यहाँ यमलाल मुक्तान नाम गरेका हवल्दार रहेछन् । गाडीमा लगेका प्रहरीले हामीलाई उनको नियन्त्रणमा हस्तान्तरण गरे । हामीबाट कब्जामा लिइएको दुई मोबाइल पनि मुक्तानलाई दिए । उनी टेबलमा एउटा ढड्डा लिएर बसेका थिए । त्यहाँ लामै सूची थियो । हामीलाई अगाडि उभिन भने । क्रमैसँग हाम्रो नाम, ठेगाना, उमेर, पक्राउ परेका ठाउँ, मोबाइल नम्बर सोधे । र, उभिइरहन अह्राए । जे–जे भने त्यही गरियो । उनले किन चौबिसकोठी गएको ? के गर्दा समातेको ? अनेक प्रश्न गर्न लागे । मेरो परिचयपत्र घाँटीमै झुण्डिरहेको थियो । त्यही देखाएर भनें, ‘रिपोर्टिङ गर्न गएको, कार्ड देखाउँदा देखाउँदै उठाएर ल्याए ।’
मेरो मोबाइल ती हवल्दारले टेबलमा राखेका थिए । स्वीच अन नै थियो । त्यहीबेला पत्रकार महासंघ अध्यक्षको फोन आयो । मैले फोन मागें । पत्रकार भएको जानकारी पाएर हो वा खै के भएर हो उनले चाहिं फोन उठाउन अनुमति दिए । मैले एकै सासमा प्रहरीले जिल्ला कार्यालयमा नझारी क्वारेन्टाइनमा ल्याएर थुनेको जानकारी अध्यक्षलाई गराएँ र तुरुन्त हामीलाई निकाल्न आउनुस् भनें । हामीलाई अझै केरकार गरे । उनी बेलाबेलामा कतै फोन पनि गर्दै थिए, हाम्रो बारेमा रिपोर्टिङ गर्दै थिए । ‘जय नेपाल सर’ भन्दै फोनमा बोलेकाले आफूभन्दा माथिल्लो अफिसरलाई गरेको प्रष्ट हुन्थ्यो । उनले ‘खै सर घाँटीमा कार्ड झुण्ड्याएको छ, पत्रकार हुँ भन्छ’ भन्दै थिए ।
केहीबेरमा एकजना सई आए । उनको छातीमा केबी अधिकारी लेखिएको नेमप्लेट थियो । हवल्दारले तन्किएर सलाम ग¥यो । आफू बसेको कुर्सी छोडिदियो । अधिकारी बसे । फेरि सुरुदेखि नै सबै सोध्न थाले हामीलाई । उनले पनि उसैगरी ‘जय नेपाल सर’ भन्दै कता–कता के–के सुनाए । कार्ड झुण्ड्याएका पत्रकार ल्याएर राखेको रिपोर्टिङ गरे ।
हामीलाई ल्याएको गाडी फेरि आइपुग्यो । योपालि एकजना बैंकका कर्मचारी ल्याइएको रहेछ । उनी देवघाट जानुपर्ने रहेछ पटिहानीबाट । हाकिमचोकमा समातिएछन् । बैंकबाट ‘जसरी पनिआउनूू’ भन्ने प्रहरीले जान नदिने गरेकाले बिलखबन्दमा परेपछि उनले बैंकमा फोन गरेछन् । आफ्नो बाइक नियन्त्रणमा लिएको जानकारी गराएछन् । बैंकबाट ‘हिँडेर भए पनि आइज’ भनेपछि उनले हाकिमलाई पठाउन प्रहरीले नियन्त्रणमा लिएको बाइकको फोटो खिचेछन् । ‘फोटो किन खिचिस् ?’ भनेर उसैलाई उठाएर सिधै क्वारेन्टाइन पु¥याइएछ ।
ती बैंक कर्मचारीलाई पनि क्वारेन्टाइनमा हालियो । हामी उभिइरहेकै छौं ।
पत्रकार महासंघका अध्यक्ष आइपुगे । अध्यक्ष खतिवडाले आफ्नो परिचय दिएर दुईजना पत्रकारलाई लिन आएको भने । सई अधिकारीले एकछिन बस्नुस् भने । फेरि कता–कता फोन गरे । ‘तपाईंहरुले फोटो र भिडियो खिच्नुभएको छ रे, डिलिट गर्नुपर्ने भयो’, उनले गफगाफको निचोड सुनाए । हामी छक्क प¥यौं । सबै प्रहरी प्रशासन हाम्रै फोटो र भिडियोको पछि लागिरहेका छन् । त्यसमा त्यस्तो ठूलो कुरा पनि केही छैन । मात्रै प्रहरीले चौबिसकोठीजस्तो सार्वजनिक ठाउँमा चेकजाँच गरिरहेको दृश्य छन् ।
‘डिलिट गरिन्न’, महासंघ अध्यक्ष खतिवडाले अडान लिए । ‘गर्नू भन्ने निर्देशन आ’को छ’, सई पनि आफ्नै अडानमा उभिए ।
‘हामी गर्दैनौं’, खतिवडा झन् कडा देखिए ।
सई के गर्ने, के नगर्ने अवस्थामा पुगे । उनले अध्यक्ष खतिवडाको सबै विवरण टिपे हाम्रो नाम लेखिएको ढड्डामै । नाम, ठेगाना, उमेर, मोबाइल नम्बर सबै । अनि सही गर्न भने । हामी दुईलाई पनि सही गराए । अनि ‘जानुस्’ भने । तर, मोबाइल उनकै नियन्त्रणमा थियो । मैले मागें । ‘फोटो र भिडियो त फाल्नै प¥यो सर’, उनी अझै उही मागमा अडिग रहे । ‘तपाईं अझै त्यसैमा अल्झिनुभएको छ, म गर्दिनँ, के गर्नुहुन्छ गर्नुहोस्’, मैले सुनाएँ । ‘त्यसो भए के–के रहेछ एकचोटि मलाई देखाइदिनुहोस्’, उनी यो हदमा आइपुगे । उनी माथिको निर्देशन र हाम्रो एकोहोरो अडानको बीचमा बिलखबन्दमा परेको मैले बुझें । अनि लक खोलेर सबै फोटो देखाइदिएँ । उनले अमिलो मुख लगाएको प्रष्टै देखिन्थ्यो । हामी निस्कियौं, उनी गेटसम्मै छोड्न आए ।
यति गर्दा प्रहरीले हामीलाई धरपकड गरेर नियन्त्रणमा लिएको डेढघण्टा बितेको रहेछ । पत्रकार महासंघ अध्यक्षले आफू जमानी बसेर हामीलाई निकाली सिधै महासंघ कार्यालय ल्याए ।
महासंघबाट पत्रकार महासंघका सबै पदाधिकारी, पत्रकारका विभिन्न पेशागत संघसंगठनलाई जानकारी गराइयो । सबै संगठन प्रमुख तथा प्रतिनिधि आए । छलफल गरियो । छलफलले पत्ररकारमाथिको ज्यादती सिंगो प्रेस स्वतन्त्रतामाथिकै आक्रमण भएकाे निचोड निकाल्दै संलग्न प्रहरीलाई कारवाही माग गर्ने निर्णय गर्याे । नेपाल पत्रकार महासंघ, प्रेस संगठन नेपाल र नेपाल प्रेस युनियनले संयुक्त विज्ञप्ति निकाले । पत्रकार महासंघ केन्द्रीय समितिले पनि विज्ञप्ति निकाल्याे । चितवन जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले पनि विज्ञप्ति निकालेर भर्त्सना गर्याे ।
प्रमुख जिल्ला अधिकारीलाई भेट्न गयौं । घटना विवरण सुनायौं । उनले पत्रकारलाई रोक्ने, छोक्ने र गिरफ्तार गर्ने प्रशासनको नीति र निर्देशन नभएको जिकिर गर्दै गल्ती भएकोमा दुःख व्यक्त गरे । आगामी दिनमा यस्तो हुन नदिने प्रतिबद्धता जनाए ।
हामी एसपीसँग छुट्टै बस्न चाहन्थ्यौं । उनी पनि प्रमुख जिल्ला अधिकारीसँगै थिए । कार्यालय प्रमुखको बैठकका लागि उनी गएका रहेछन् । साढे ४ बजे प्रहरी कार्यालयमै भेट्ने भने । त्यतिखेर साढे ३ भएको थियो ।
दुःखलाग्दो र अनौठो घटना त फेरि भयो ।
प्रमुख जिल्ला अधिकारीलाई भेटी फर्किएर पत्रकार महासंघ आइपुग्यौं । बिहान सवारीसाधन नियन्त्रणमा लिइएका दर्जनौं मान्छेहरु प्रहरी कार्यालय अगाडि उभिइरहेका रहेछन् । उनीहरु सवारीसाधन फिर्ता दिन याचना गरिरहेका थिए । त्यो देखेर पत्रकार प्रमिता ढकाल फोटो खिच्न थालिन् । तर, उनलाई प्रहरीले तुरुन्तै नियन्त्रणमा लियो । मोबाइल खोसियो र उनलाई भित्र लगियो ।
पत्रकार राजु चौधरी पनि भिडियो खिच्न लागे । उनलाई पनि उसैगरी नियन्त्रणमा लिने प्रयास भयो । तर, उनी जान मानेनन् । पत्रकार रामकान्त पौडेलले कसैगरी मोबाइल खोस्न दिएनन् । प्रहरी फर्कियो ।
अब त अत्ति भयो भनेर महासंघको नेतृत्वबाट गृह मन्त्रालयसम्म सम्पर्क गरियो । पत्रकारमाथिको ज्यादती सुनाइयो । योपछि एसपी कार्यालय प्रमुखको बैठक छोडेर ५ मिनेटमै जिल्ला प्रहरी कार्यालय आइपुगे । प्रमितालाई बाहिर निकालियो ।
फेरि पत्रकार महासंघको नेतृत्वमा एसपीकहाँ गइयो । सबै घटना विवरण जानकारी गराएर आपत्ति जनायौं । एसपीले आफूहरुको नियत पत्रकारलाई दुःख दिने नभएको तर कमजोरीवश पत्रकारमाथि ज्यादती भएकोमा क्षमा याचना गरे । उनले घटनामा संलग्न प्रहरीमाथि कारबाही गर्ने प्रतिबद्धता पनि जनाए । हामी फर्कियौं । फर्किंदा साँझको ६ बजिसकेको थियो ।
घर फर्किएपछि पनि मेरो दिमागमा दिनभरका घटनाक्रम घुमिरे । प्रहरीले पत्रकारमाथि एक्कासि किन यस्तो व्यवहार ग¥यो होला भनेर अचम्मित पनि भएँ ।
अहिले विश्वभर दुःख दिइरहेको कोरोना भाइरसको अन्धाधुन्ध प्रसार हुन नदिनका लागि लकडाउन गरिएको हो । लकडाउन मान्नु र घर बस्नु हामी सबैको दायित्व हो । यसैलाई मानेर हामीले कायाकैरनको प्रिन्ट संस्करण लकडाउन सुरु भएदेखि नै बन्द गरेका छौं । चितवनका अरु पत्रिका पनि निस्केका छैनन् । तर, अहिलेको झन् सशक्त माध्यम अनलाइन अझै धेरै अपडेट गरिरहेका छौं । सकेसम्म घरमै बसी अपडेट गरिरहेका छौं । त्यसका लागि समाचार सामग्री लिन कहिलेकाहीं घरबाहिर निस्किनै पर्छ । सोमबार पनि फोटोका लागि फिल्डमा गएको थिएँ । प्रहरीले बुझ्नुपर्छ कोही पनि पत्रकार काम नपाएर सडकमा बरालिएर हिँडेका छैनन् । संक्रमणको सबैलाई डर छ । रोगी हुन कसैलाई मन छैन ।
लकडाउन मान्नुपर्छ भनेरै ३५ दिनको लकडाउनमा समाचारका लागि म जम्मा तीन दिन बाहिर निस्किएको छु । उपचारका लागि अस्पताल गएको बेला मैले कहिल्यै पत्रकारको कार्ड देखाएको छैन । र, घरबाट अस्पताल र अस्पतालबाट घरभन्दा दायाँबायाँ गरेको पनि छैन । तै पनि यस्तो दूव्र्यवहार, गिरफ्तारी र मानसिक तनाव व्यहोर्नुप¥यो ।
जस्तोसुकै महामारी, युद्ध, प्रकोपका घटनामा पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी फ्रन्टलाइनमै हुन्छन् । समाचार संकलनका लागि निर्वाध आवतजावत गर्न पाउने कुरालाई संविधानले नै सुनिश्चित गरेको छ । यसलाई सबैले स्वीकार गरेका पनि छन् । तर, कानूनको कार्यान्वयनकर्ता प्रहरी बेला–बेलामा दानव बनेर किन प्रस्तुत हुन्छन् होला रु
फिल्डमा खटिएका प्रहरीहरुको बोली यस्तो हुन्छ कि, सुन्न सकिन्न । व्यवहार यस्तो हुन्छ कि, सहन सकिन्न । सञ्चारकर्मीले आफू सञ्चारकर्मी भएको जानकारी गराउँदा गराउँदै उसलाई गिरफ्तार गरी गाडीमा हाल्ने, उसको सवारीसाधन नियन्त्रणमा लिने, सञ्चारसामग्री खोस्ने, फोटो भिडियो डिलिट गर्ने यो लोकतान्त्रिक प्रशासनले गर्ने व्यवहार होइन । पञ्चायती शासनको बेला, जनआन्दोलनको बेला पनि यस्तो भोगेका थिएनन् पत्रकारले ।
भन्नलाई प्रमुख जिल्ला अधिकारी र एसपी दुबैले पत्रकारलाई ज्यादती गर्ने र बन्धक बनाउने नीति निर्देशन आफूहरूको नभएकाे भने । तर, मलाई त्यस्ताे लाग्दैन । चेन अफ कमाण्डमा काम गर्ने प्रहरी संगठनकाे एकजना हवल्दारले विनानिर्देशन व्यक्तिगत सनककाे भरमै यतिसम्मकाे हर्कत गर्न सक्दैन । नियन्त्रण गर्ने, प्रहरी कार्यालय ल्याउने, क्वारेन्टाइन पठाउने, फेरि पटक(पटक अरू साथीहरूलाई नियन्त्रणमा लिने, क्वारेन्टाइनबाट पटक(पटक रिपोर्टिङ हुँदा नसुनिनुले प्रमाणित गर्छ कि, प्रहरी संगठनकाे स्पष्ट निर्देशन पत्रकारसमेतलाई दुःख दिनू भन्ने नै छ ।
हामीमाथि जे भए, त्यो अब अरु पत्रकारले भोग्नु नपरोस् भन्ने हाम्रो भनाइ हो । पत्रकार महासंघ, विभिन्न पेशागत पत्रकार संगठनहरुले हामीमाथि भएको ज्यादतीको डटेर विरोध गरे । उनीहरुले आवाज बुलन्द गरिदिए । ती संगठनप्रति हार्दिक कृतज्ञ छु ।
हामी त बोल्न सक्ने थियौं । तर, दिनभर सवारीसाधन नियन्त्रणमा लिएर प्रहरी कार्यालयअघि उभ्याइएकाहरुको आवाज कसले उठाइदिने ? उनीहरुमाथि दूव्र्यवहार गरिएकामा कसले माफी मागिदिने ? उनीहरुलाई न्यायको महसुस कसले गराइदिने ?
लकडाउन उल्लंघन गरेकाे आराेपका आधारमा सर्वसाधारणको मर्का र बाध्यतै नबुझी गिरफ्तार गर्ने र दिनभर क्वारेन्टाइनकाे नाममा कभर्डहलमा तनावपूर्णरूपले थन्क्याउने गरिएकाे छ । तिनकाे आवाज सुनिदिने काेही छैनन् । हाम्रै केसमा पनि बेलैमा पत्रकार महासंघलाई जानकारी गराउन नपाएकाे भए, दिनभर कभर्डहलमा राखिने रहेछ । कति तनाव दिन्थे हाेलान् । कसैसँग सम्पर्कसम्म गर्न पाउने अवस्था थिएन । माेबाइल उनीहरूकै नियन्त्रणमा थियाे । हामी लाचार थियाैं । पहिले नै जानकारी गराएका थियाैं र पत्रकार महासंघले खाेज्दै गयाे ।
याे गम्भीर विषयलाई अरू पत्रकार र मानवअधिकारकर्मीले पनि ध्यान दिउन् भन्ने चाहन्छु ।
विनोदबाबु रिजाल