शुक्रबार, असार १७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

३२ अर्बको बजेट ल्याउने कर्णाली प्रदेश सरकारको तयारी

होस्ट खबर by होस्ट खबर
१८ बैशाख २०७७, बिहीबार
188
SHARES
354
VIEWS
FacebookTwitter
३२ अर्बको बजेट ल्याउने कर्णाली प्रदेश सरकारको तयारी

वीरेन्द्रनगरमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय।

सुर्खेत : लकडाउनका बीच कर्णालीमा बजेट निर्माण थालिएको छ । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट निर्माण सुरु गरेको हो । नीति तथा कार्यक्रम र बजेटको तयारी गर्न भन्दै सरकारी कार्यालय खुलाइएका छन् । कोरोनाको त्रासका कारण एक महिनादेखि कार्यालय बन्द थिए ।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउने व्यवस्था छ । नयाँ आर्थिक वर्ष सुरु हुन साढे दुई महिना बाँकी रहँदा प्रदेश सरकारले नयाँ बजेटको तयारी अगाडि बढाएको हो । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको खाका बनाउन सरकारी कार्यालय संचालन गर्ने निर्णय गरिएको हो ।यो निर्णयसँगै कर्णालीका प्रदेशस्तरीय र जिल्लाका सरकारी कार्यालयहरु पनि खुलेका छन् ।

प्रदेश स्तरका कार्यालयले प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेका छन् । यस्तै जिल्ला स्तरका कार्यालयले भने जिल्लामा हाल संचालनमा रहेका आयोजनाको अनुगमन, रोकिएका आयोजनाको काम संचालन र काम सम्पन्न भएको आयोजनाको भुक्तानीको काम गर्ने प्रदेश सरकारले जनाएको छ।

विशेषगरी बजेटको खाका तयार पार्न लकडाउनको बेलामा पनि कार्यालय संचालन गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता मन्त्री विमला केसीले बताइन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३२ अर्बको बजेट ल्याउने तयारी गरिरहेको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले भने, “हामी बजेट निर्माणको तयारीमा छौं, अहिलेसम्म ३२ अर्बसम्मको बजेट ल्याउने तयारी छ । तर देशमा कोरोनाको त्रास कायमै छ, बजेटको आकार घट्न पनि सक्छ ।”

यसअघि प्रदेश सरकारले सडक निर्माण र पर्यटनलाई प्राथमिकता दिने गरेको थियो । तर यसपाली भने कृषि र स्वास्थ्य प्राथमिकतामा पर्न सक्ने जनाएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३४ अर्बको बजेट ल्याएको थियो । जसमा विकास बजेटको खर्च भने निराशाजनक छ ।

प्रदेश सरकारका प्रवत्ता एवंम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले प्रदेश स्तरका कार्यालयहरु आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटेको जनाइन् । ‘आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउने दिन नजिकै आएको छ, मन्त्री केसीले भनिन्, ‘लकडाउन भए पनि तोकिएकै समयमा नीति तथा कार्यक्रम ल्याउनुपर्ने संवैधानिक बाध्यता छ, त्यही कारणले पनि हामीले कार्यालयहरु खुलाएर काम थालेका हौं ।’

यो अवधिमा सेवाग्राहीको काम नभई कार्यालयको आन्तिरिक काममात्र हुने उनको भनाइ छ । मन्त्री केसीले भनिन्, ‘कार्यालय खुलेका छन्, संक्रमणबाट जोगिन हामीले कर्मचारीलाई विशेष सावधानी र सुरक्षा अपनाउन भनेका छौं।’

मुख्य राजमार्ग र बजार क्षेत्रका सडकको मर्मत तथा सुधार गर्न लकडाउ नै उपयुक्त मौका भएको प्रदेश सरकारको भनाइ छ । यही मौकामा सामाजिक दूरी कायम राखेर विकास निर्माण गर्न पनि सरकारी कार्यालय संचालन गरिएको बताइएको छ । ‘मेसिनको प्रयोगगरी हुने विकास निर्माण त रोक्नै हँदैन, मन्त्री केसी भन्छिन्, ‘सुरक्षा र सावधानी अपनाएर विकास निर्माण गरेनौं भने हामी अझैपछाडि पर्नेछौं ।’

प्रदेश सरकारका अनुसार लकडाउनको अवधिभर कार्यालयमा अधिकृतभन्दा तलका कर्मचारीलाई भने अनिवार्य गरिएको छैन ।

अन्नपूर्ण

Related Posts

पाण्डेविरुद्ध अभद्र ब्यवहार गर्नेलाई कारबाही गर्नुपर्छ : माधव कुमार नेपाल
मुख्य समाचार

शक्ति राष्ट्रबीचको द्वन्द्वमा फस्ने खतरा देखियोः नेपाल

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर
मुख्य समाचार

सांसदहरुले उठाएको प्रश्नमाथि आज ११ जना मन्त्रीहरुले जवाफ दिने

मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र
भर्खर

मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र

सुर्खेत जिल्ला समन्वय समितिको मतदान जेठ २७ गते हुने
भर्खर

सुर्खेत जिल्ला समन्वय समितिको मतदान जेठ २७ गते हुने

पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो
भर्खर

आन्तरिक आय बढाउन कर्णाली सरकारको तयारी के छ ?

मुस्ताङको थसाङ डाँडोमा भेटियो दुर्घटनाग्रस्त विमान (तस्विरहरु)
भर्खर

मुस्ताङको थसाङ डाँडोमा भेटियो दुर्घटनाग्रस्त विमान (तस्विरहरु)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

गुर्भाकोट नगर प्रमुख-उपप्रमुखद्वारा भालुवडारको ट्रस पुल उद्घाटन

१८ बैशाख २०७७, बिहीबार
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने,पर्सिदेखि मात्रै मौसममा सुधार हुने

मौसम पूर्ण बदली रही मध्यम वर्षा, सतर्क रहन आग्रह

१८ बैशाख २०७७, बिहीबार
जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

१८ बैशाख २०७७, बिहीबार
युरोपमा विदाको समयमा भिडभाड नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

१८ बैशाख २०७७, बिहीबार
देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

टनकपुरको पानीले पहिलो रोपाइँ

१८ बैशाख २०७७, बिहीबार
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण, बिदा बन्द

तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा

१८ बैशाख २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.