शुक्रबार, साउन २७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

‘लकडाउन’पछि के होला ?

बबिता बस्नेत by बबिता बस्नेत
१७ बैशाख २०७७, बुधबार
210
SHARES
341
VIEWS
FacebookTwitter
‘लकडाउन’पछि के होला ?

कोरना भाइरसका कारण २०७६ साल चैत्र ११ गते देखि सुरु भएको ‘लकडाउन’ एक महिना पूरा भई पुनः अर्को दश दिनलाई थपिएको छ । यसबीचमा एक महिनाको समय कति हो भन्ने हामीले राम्ररी महसुस गर्ने मौका पाएका छौँ । समय भन्ने कुरा हामीले कसरी बितायौँ त्यसमा भर पर्छ । राम्रा पलहरू चाँडै जान्छन्, दुःखद पलचाहिँ लामा हुन्छन् । मुलुक कुनै बेला यस प्रकारको ‘लकडाउन’मा जाला भन्ने कल्पना पनि गरिएको थिएन ।

कामकाजी मानिसले ओछ्यानमै दिनभरीको कामबारे सोच्ने, माइण्ड मेक(अप गर्ने, काममा जाने, साँझ फर्कने, परिवारसँग बिताउने, भोलिपल्टदेखि फेरि त्यही दिनचर्या, जिल्ला, राजधानी, देश(विदेश, एकपछि अर्को जिम्मेवारी । गृह ब्यवस्थापकहरूको आफ्नै जीवनशैली, विभिन्न पेशा(ब्यवसाय धानिरहेकाहरू, उद्योग(ब्यवसाय चलाइरहेकाहरू, यातायात, होटल, ट्रेकिङ, हवाई उडान‘ चलायमान जिन्दगी एकाएक ठप्प हुँदा कस्तो हुन्छ भनेर सोचिएकै थिएन । त्यही नसोचेको जिन्दगी यसबीचमा हामीले भोग्यौँ, भोगिरहेका छौँ ।

‘लकडाउन’ सुरु(सुरुमा हामीमध्ये धेरैलाई रमाइलो लाग्यो । विशेषगरी वर्षौंदेखि राम्ररी घर बस्न नपाएका, परिवारसँग समय बिताउन नपाएकाहरूका लागि ‘अति आवश्यक आरामी छुट्टी’ जस्तो लाग्यो । खान(बस्नको दुख नभएका र दौडधुपपूर्ण जीवन बाँचिरहेकाहरूले सुरुका दुई हप्ताको समय असाध्यै रमाइलो गरी बिताए । बस्ने ठाउँ नभएका, टहरामा धेरै जना कोचाकोच गरेर बस्दै आएका, मजदूरी गर्दै सोही दिन कमाएर खानेहरूका लागि सुरुको दिनदेखि नै ‘लकडाउन’ कठिन बन्यो । उक्त कठिन समयको सामना गर्न नसकेर कति मजदुरहरू राति हिँडेरै आ(आफ्नो घरतर्फ लागे । यद्यपि, उनका ती घरहरूको अवस्था पनि कठिन परिस्थितिको सामना गर्न सक्ने प्रकारका भने छैनन् । यदि त्यस्तो हुँदा हुन् त उनीहरू घर–परिवार छोडेर शहर भित्रिने नै थिएनन् ।

काम नभएपछि कुराको खेती यति धेरै हुन थाल्यो कि अरुले लेखेका अनेक प्रकारका तनावयुक्त कुराहरूको असर हाम्रो सोचमा पर्न थाल्यो । ओछ्यानबाटै कुनै पनि विषयमा आफ्ना विचारहरू पोष्ट गऱ्यो, त्यसको प्रतिक्रियामा थप प्रतिक्रिया दियो । कतिपय अवस्थामा विचार नमिल्नेसँग ‘तँ-तँ र म-म’ को स्तरमा शब्दयुद्ध गऱ्यो । एउटा अनौठो दिनचर्याबाट हामी गुज्रिरहेका छौँ ।

यसबीचमा हाम्रो दिनचर्चा बदलियो । बिहान कामको बारेमा सोच्दै उठ्ने हामी अबेलासम्म सुत्न थाल्यौँ । राति १२ बजेपछि सुत्नु धेरैको दिनचर्या बन्यो, जुन स्वास्थ्यको हिसाबले अलिकति पनि राम्रो होइन । बाहिरको काम नभएपछि सामाजिक सञ्जालमा धेरैको समय बित्न थाल्यो । काम नभएपछि कुराको खेती यति धेरै हुन थाल्यो कि अरुले लेखेका अनेक प्रकारका तनावयुक्त कुराहरूको असर हाम्रो सोचमा पर्न थाल्यो । ओछ्यानमै कुनै पनि विषयमा आफ्ना विचारहरू पोष्ट गऱ्यो, त्यसको प्रतिक्रियामा थप प्रतिक्रिया दियो । कतिपय अवस्थामा विचार नमिल्नेसँग ‘तँ-तँ र म-म’ को स्तरमा शब्दयुद्ध गऱ्यो । एउटा अनौठो दिनचर्याबाट हामी गुज्रिरहेका छौँ ।

एकातिर खानपान र बिग्रिएको निन्द्राले शरीरमा असर गर्दै गएको छ भने नपढे पनि र नसुने पनि हुने विचारहरूले मस्तिष्कमा प्रहार गरिरहेको छ । बजारमा खानेकुराको अभाव छैन तर साथमा भएको पैसा सकिँदैछ । घर बस्दाबस्दै हामीमध्ये कतिको जागिर गइसक्यो । धेरैपछि घर बस्दा भएको आनन्द अभावसँगै हराउन थालेको छ । अभावले मानिसको जिन्दगीबाट सुख, खुशी र शान्ति एकैपटक खोसेर लिन्छ । आफूसँग केही हुँदा जोडिएर आउने आफ्नोपन आफुसँग केही नहुने बित्तिकै पर हुन थाल्छ । परिवारका सदस्यदेखि साथीहरू सम्ममा यो लागु हुन्छ । मानव(जीवनका पहलुहरू बडो क्रुर छन् । ‘लकडाउन’पछि यो क्रुरताले धेरै मानिसहरूलाई बाँच्न कठिन बनाउने छ ।

राजधानीमा धेरै मानिसहरू भाडामा बस्छन् । घरभाडाको ब्यवस्थापन सरकारले गर्न सकेको छैन । कुनै पनि बेला भाडा बढाउने र घरबाट निकाल्ने छुट घरपट्टिलाई छ । ‘लकडाउन’पछि धेरै मानिसहरू सहज रुपमा भाडा तिर्न सक्ने अवस्थामा हुने छैनन् । घरभेटीलाई देख्दा मन झसङ्ग हुनेहरूको संख्या अर्को महिनासम्ममा ठुलो हुनेछ । काठमाडौंका धेरैजसो घरभेटीहरूमा मानवीय सम्वेदना कमै छ । त्यसको असर स्कुल पढ्दै गरेका कलिला बालबालिकासहित पूरा परिवारलाई हुनेछ । लकडाउन खुले पनि उद्योगहरू पहिलाकै अवस्थामा पुग्न समय लाग्नेछ । साना उद्योगहरूमा रोजगारी पाएकाहरूको रोजगारी गुमिसकेको छ । मिडिया हाउसले त पत्रकारहरू निकालिरहेको अवस्थामा अन्य पेशा–ब्यवसायको कुरै भएन ।

अभावले मानिसको जिन्दगीबाट सुख, खुशी र शान्ति एकैपटक खोसेर लिन्छ । आफूसँग केही हुँदा जोडिएर आउने आफ्नोपन आफूसँग केही नहुने बित्तिकै पर हुन थाल्छ । परिवारका सदस्यदेखि साथीहरू सम्ममा यो लागु हुन्छ । मानव(जीवनका पहलुहरू बडो क्रुर छन् ।

गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय संस्थामा ठूलो संख्यामा नेपालीहरूको संलग्नता छ । आफ्नै देश सङ्कटबाट गुज्रिएपछि दाताराष्ट्रहरूले अरुलाई सहयोग गर्ने कुरा आएन । विभिन्न देशबाट डिग्री हासिल गरेका मानिसहरूको ठुलो जमात एनजीओ, आइएनजीओमार्फत सहयोगको सीमा खुम्चिएसँगै घर बस्न बाध्य हुनेछन् । यहीबीचमा विभिन्न देशमा पसिना बगाएर मुलुकमा रेमिट्यान्स पठाइरहेका युवाहरू लाखौँको संख्यामा बेरोजगार भएर स्वदेश फर्कनेछन् । देशमा उनीहरूलाई दिनका लागि रोजगारीको ब्यवस्था हुने सम्भावना देखिँदैन । विभिन्न देशमा विद्यार्थी पठाएर कन्सल्ट्यान्सी चलाउनेहरूले पनि केही रोजगारी दिएका थिए । अब लामो समयलाई तिनले ब्यवसाय बन्द गर्नुपर्ने छ । पर्यटन ब्यवसाय अब केही वर्षका लागि स्थगितसरह हुनेछ । यसका दुई वटा कारण छन्, पहिलो( मानिसहरूको अन्तर्राष्ट्रिय आवतजावत सहज हुन केही वर्ष लाग्नेछ, दोश्रो( विदेश यात्रा र घुमघामका लागि मानिसहरूसँग पैसा हुने छैन ।

वर्षौंअघि घर छोडेर राजधानीमा काम गर्दै आफ्नो पढाइ अघि बढाउँदै गर्ने सपना बोकेर काठ्माडौं छिरेकामध्ये धेरैको लामो समय राजधानीमै बितिसक्यो । छोराछोरीको पढाइ यतै छ । गाउँको घर–जग्गा कतिले बेचिसके, हुनेहरूमध्ये पनि आफूलाई धान्न सक्ने अवस्था धेरैको छैन । हाम्रो पारिवारिक संरचना एक जनाले कमाएर परिवारै पालिनुपर्ने खालको छ । यस्तो अवस्थामा एक जनाको रोजगारी गुम्नु भनेको परिवारै बिचल्लीमा पर्नु हो । त्यस्ता मान्छेहरूको संख्या धेरै छ । वैदेशिक रोजगारीका कारण गाउँघरको जीवनशैली विगतको जस्तो छैन । गाउँमा खेती गरिँदैन, तरकारी लगाइँदैन । गाई(बस्तु पालेर दही(मही खाने चलन हराउँदै गएको छ । महीको ठाउँ बियरले लिएको छ । हरेक कुरा किनेर खाने बानी परेको छ । अब छोरो या पति घर फर्किएपछि त्यो अवस्था रहँदैन, अनि के हुन्छ ?

विदेशमा पसिना बगाएर पैसा पठाउँदा राम्रो भएको त्यही ब्यक्ति खाली हात घर फर्कंदा एकाएक काम नलाग्ने मान्छेका रूपमा परिणत हुन सक्नेछ । हिजोआज सन्तानलाई बाबुभन्दा बढि ल्यापटप, आइप्याड, आइफोन लगायतका कुराहरू चाहिएको छ । पति या पत्नीलाई पनि आफ्नोपन र आत्मियताभन्दा पैसा र हेर्दा स्वतन्त्रता जस्तो लाग्ने स्वच्छन्दता बढि आवश्यक देखिएको छ । वैदेशिक रोजगारबाट युवाहरू फर्किएपछि परिवारका सदस्यहरूले ती दुवै कुरा पाउने छैनन् । स्वयम् ती युवाहरू मध्ये कतिको अनलाइन विवाहेत्तर सम्बन्ध छ । उनीहरूलाई पनि घरमा पत्नी र परिवारसँग बस्न सकस हुनेछ । टेलिफोन, इन्टरनेट र सामाजिक सञ्जालका कारण सञ्चारमा भएको सहज पहुँचले हाम्रो सामाजिक र पारिवारिक संरचनालाई हामीले सोचेभन्दा धेरै नै ध्वस्त बनाइसकेको छ । यसका राम्रा पटाहरू थुप्रै छन् तर चुकाउनु परेको सामाजिक मूल्य ठूलो छ ।

विदेशमा पसिना बगाएर पैसा पठाउँदा राम्रो भएको त्यही ब्यक्ति खाली हात घर फर्कंदा एकाएक काम नलाग्ने मान्छेका रूपमा परिणत हुन सक्नेछ । हिजोआज सन्तानलाई बाबुभन्दा बढि ल्यापटप, आइप्याड, आइफोन लगायतका कुराहरू चाहिएको छ । पति या पत्नीलाई पनि आफ्नोपन र आत्मियताभन्दा पैसा र हेर्दा स्वतन्त्रता जस्तो लाग्ने स्वच्छन्दता बढि आवश्यक देखिएको छ ।

‘लकडाउन’पछि यी र यस्ता धेरै कुराहरू हुनेछन् जसको सिधा असर मानसिक र मनोवैज्ञानिक रूपमा पर्नेछ । मानिसका धेरै तनावहरू आर्थिक अवस्थासँग जोडिएका हुन्छन् । आर्थिक तनावबाट मुक्त नहुञ्जेलसम्म मानिसले पृथ्वी र ब्रम्हाण्डको कुरा त धेरै पर भयो आफ्नै समाज, परिवेश र देशको बारेमा सोच्न सक्दैन । नयाँ खोज, अनुसन्धान र मुलुक या विश्वलाई योगदान दिनका लागि मानिस आर्थिक झन्झटबाट मुक्त हुनु पर्छ । अर्थ भन्ने कुराले मानिसको जीवनमा अचम्मैको भूमिका निर्वाह गर्छ । आर्थिक रूपले धेरै नै सम्पन्न भयो भने पनि कतिपय मानिसले सामान्य जीवन बाँच्न सक्दैनन्, कुलतमा लाग्छन् । आफ्नो वरिपरि सबै कुरा छ, अनि के गर्ने ?

डिप्रेशनको औषधी खाएर बाँचिरहेका आर्थिक रूपले सम्पन्न मानिसहरूको सङ्ख्या विश्वमा ठूलो छ । आर्थिक अभाव नहुनेहरूले झेल्ने समस्या विश्वमै ‘रिलेशनसीप’ लगायतको हो । हाम्रो सन्दर्भमा ‘लकडाउन’पछिको आर्थिक तनावको प्रत्यक्ष असर मानिसको जीवनमा पर्नेछ । हाम्रो समाज हुनेहरूका लागि सहयोगी समाज हो, नहुनेका लागि होइन । त्यसै पनि मुलुक समस्यामुक्त थिएन । ‘लकडाउन’पछि थप समस्याहरू निम्तिने निश्चित छ । ती समस्यालाई सहज रुपमा लिएर अहिलेदेखि नै समाधानका उपायहरूको खोजी गर्नु आवश्यक छ ।
साभार : घटना र विचार डटकमबाट

Related Posts

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ डाक्टर अध्यनको स्विकृती
विचार/ब्लग

कर्णालीबाट चिकित्साशास्त्र अध्यापन

विचार/ब्लग

बीपी अग्रमनका ऊर्जा

भीम रावलले कड्किदै भने, ‘जो सुकै होस्, भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ’
विचार/ब्लग

इम्बोस्ड नम्बर प्लेटमा ४ अर्ब रुपैयाँसम्म घोटाला: भीम रावल

‘९० हजार भोट ल्याउँछु, ई–सरकार बनाउँछु’: बालेन शाह
विचार/ब्लग

‘९० हजार भोट ल्याउँछु, ई–सरकार बनाउँछु’: बालेन शाह

जलवायु परिवर्तनको मारमा चरा
विचार/ब्लग

जलवायु परिवर्तनको मारमा चरा

लोकतन्त्रको लाभ नेतालाई मात्रै ?
विचार/ब्लग

लोकतन्त्रको लाभ नेतालाई मात्रै ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

न्याय सेवा आयोगको बैठक सुरू

न्यायाधीशमा २७७ को आवेदन

१७ बैशाख २०७७, बुधबार
कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

१७ बैशाख २०७७, बुधबार
चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

यस्तो रहनेछ आज शुक्रबारको मौसम

१७ बैशाख २०७७, बुधबार
आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

१७ बैशाख २०७७, बुधबार
मत्ताको उदण्डता दस गुणा दस

मत्ताको उदण्डता दस गुणा दस

१७ बैशाख २०७७, बुधबार
आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

१७ बैशाख २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.