सुर्खेत : लकडाउनले विकास निर्माणमा पारेको असर र अवस्थाबारे जानकारी लिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यालय प्रमुखहरु संग भिडिओ कन्फ्रेन्स गरेका छन् ।
मुख्यमन्त्री शाहीले प्रदेशका सबै जिल्लामा भइरहेको विकास निर्माणको अवस्थाको जानकारी लिन भिडिओ कन्फ्रेन्स गरेका हुन्।
भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका १० वटै जिल्लाका खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयका प्रमुखहरूसँग भिडिओ कन्फ्रेन्समार्फत् शाहीले योजना कार्यान्वयनको अवस्थाको जानकारी लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
शाहीले लकडाउनले विकासे योजना संचालनमा परेको असर र निरन्तरता दिन अपनाउनुपर्ने रणनीतिको बारेमा उनीहरूसँग छलफल गरेको बुझिएको छ।