कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आफैं उपस्थित भएका कैलालीको गोदावरी नगरपालिका १० का वडाध्यक्ष रवीन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गत २५ चैत्रमा कृष्णपुर नगरपालिकाको गुलरियामा हतियारसहित वडाध्यक्ष शाहीको भारतीय नम्बर प्लेटको जिप प्रहरीले बरामद गरेको थियो ।
उक्त गाडीबाट सशस्त्र प्रहरीले प्वाइन्ट टु(टु एसलआर एक थान, त्यसको गोली १४ राउन्ड, एअर गन एक थान तथा त्यसको छर्रा १९६ थान बरामद गरेको थियो। तर वडाध्यक्ष शाहीले लाइसेन्सवाला हतियार रहेको बताउँदै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रवीन्द्र पौडेलले १४ वैशाखमा कार्यालयमा उपस्थित भएका शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । उनका अनुसार शाहीविरुद्ध हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ ।