आइतवार, असार १२, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नेकपाभित्र विवाद तीन केन्द्रमा सघन छलफल, आज सचिवालय बैठक बस्ने

मधुसूदन रायमाझी by मधुसूदन रायमाझी
१६ बैशाख २०७७, मंगलवार
175
SHARES
331
VIEWS
FacebookTwitter
नेकपाभित्र विवाद तीन केन्द्रमा सघन छलफल, आज सचिवालय बैठक बस्ने

नेपाल समाचारपत्र दैनिक/काठमाण्डौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको आन्तरिक विवादले शीर्ष नेताका निवासमा दौडधुप बढेको छ । बालुवाटार, खुमलटार र कोटेश्वरमा सघन छलफल चलिरहेको छ ।

सरकारले ल्याएको अध्यादेशको कारण उत्पन्नभएको विवाद उत्कर्षमा पुगगेसँगै विवादको समाधानगर्न शीर्ष नेतानिवासमा धौडधुप भएको हो ।
शीर्ष तहमा शक्ति संघर्ष देखिएसँगै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपीशर्मा ओलीले असन्तुष्ट समूहलाई फकाउने र गलाउने रणनीति लिनुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूह एकै ठाउँमा उभिएपछि प्रधानमन्त्री ओली जारी भएको दुई अध्यादेश फिर्ता लिन बाँध्य हुनुभएको थियो ।

स्थायी समितिका बहुमत सदस्यहरुले स्थायी समितिको बैठकको माग गरेपछि अध्यक्ष ओली थप दबाबमा पर्नुभएको छ । प्रधानमन्त्री ओलीले असन्तुष्ट वरिष्ठ नेता नेपालसँगको छलफललाई तीब्रता दिनुभएको छ । तर सहमति जुट्न सकेको छैन । सकेसम्म प्रधानमन्त्री ओली सचिवालय बैठक बोलाएर विवाद सामसुम पार्ने रणनीतिमा रहनुभएको छ । तर, प्रचण्ड–नेपाल समूहभने स्थायी समितिको बैठक बोलाउनुपर्ने अडानमा हुनुहुन्छ ।

शीर्ष तहमाविवाद बढेपछि शीर्ष नेता निवासमा दिनहुँजसो गुटको भेला हुनेगरेको छ । केही दिनअघि उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा बहुमत सचिवालय सदस्यको बैठक बसेको थियो । प्रधानमन्त्री निवास बालुटारमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतम, वरिष्ठ नेता नेपालसँग एक्लाएक्लै भेटेर आफ्नो पक्षमा ल्याउने रणनीति बनाउनुभएको छ । त्यसैगरी अर्का अध्यक्ष प्रचण्ड निवास खुमलटारमा पनि पूर्वमाओवादी समुहको भेलाहुने गरेको छ ।

सोमवार प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता भएलगत्तै नेपाल निवासमा ओली र नेपाल समूहको छुट्टै भेला सम्पन्न भएको छ । भेलाले यथाशीघ्र र व्यवस्थित ढंगले पार्टी कमिटीको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको भेलामा सहभागी स्थायी समिति सदस्य रघुजी पन्तले बताउनुभयो ।
त्यस्तै दुवै पक्षबीच सचिवालयको बैठक मंगलबार बस्ने सहमति पनि भएको छ ।

सचिवालयको बैठकले स्थायी कमिटी बैठकको मिति तोक्ने पनि सहमति भएको छ । उक्त बैठकमा माधव नेपालपक्षले सरकार र पार्टीका कामबारे विना पूर्वाग्रह समीक्षा गर्नुपर्ने र समस्याको निकास खोज्नुपर्ने धारणा राखेको बताइएको छ । त्यस्तै,त्यस्तो निकास पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा केपी ओलीले दिनुपर्नेमा नेताहरु एकमत बनेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री ओलीमाथि पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्न दवाव परेको छ । त्यसैगरी सोमबारै दिउँसो अध्यक्ष प्रचण्ड र नेता झलनाथ खानलबीच खुमलटारमा भेटवार्ता भएको थियो ।

प्रचण्ड र खनालको सहभागिता नरहेको कोटेश्वरको बैठकमा ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम रावललगायतको सहभागिता रहेको थियो ।

साभार : नेपाल समाचारपत्र दैनिक

Related Posts

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !
पत्रपत्रिका

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

२६ नपा र १९ गापाले ल्याएनन् बजेट
ताजा समाचार

२६ नपा र १९ गापाले ल्याएनन् बजेट

सार्वजनिक भएको १५ दिनभित्र गाउँ कार्यपालिका र नगर कार्यपालिका गठनका लागि निर्वाचन
ताजा समाचार

भ्रष्टाचारमा मुछिएका जनप्रतिनिधि पुनः निर्वाचित

टिमलाई एकढिक्का बनाएर अगाडि बढ्न् नेताहरूको सुझाव
ताजा समाचार

संसदीय समिति छल्दै प्रधानमन्त्री

तीनै सरकारबीच सुदृढ समन्वय गर्न राष्ट्रपतिको आह्वान
ताजा समाचार

सरकारसँग राष्ट्रपति असन्तुष्ट

निजगढ विमानस्थलको बजेटबारे मन्त्रीकै संशय
ताजा समाचार

निजगढ विमानस्थलको बजेटबारे मन्त्रीकै संशय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

आज कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अत्याधिक वर्षा, सर्तक रहन आग्रह

१६ बैशाख २०७७, मंगलवार
कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ !

१६ बैशाख २०७७, मंगलवार
राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन

अव्यवस्थाको दलदलमा निर्वाचन आयोग

१६ बैशाख २०७७, मंगलवार
राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ असार १२ गते आइतबार, आजको राशिफल

१६ बैशाख २०७७, मंगलवार
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

महँगीको मारमा उपभोक्ता, सरकार रमिते

१६ बैशाख २०७७, मंगलवार
आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

अब अनलाइनबाटै मतदाता नामावली दर्ता

१६ बैशाख २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.