सोमवार, साउन २३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

पालमै रात काटेर २४ घण्टा सीमामा पहरा दिइरहेछन् साढे ८ हजार सशस्त्र प्रहरी

कोरोना भाइरस संक्रमणबाट जोगिन देश लकडाउनमा छ। यही लकडाउनमा संक्रमणका खतरा टार्न साढे आठ हजार सशस्त्र प्रहरी पालमूनि बसेरै सीमाक्षेत्रमा २४ घण्टा ड्युटी गरिरहेका छन्।

होस्ट खबर by होस्ट खबर
१५ बैशाख २०७७, सोमबार
195
SHARES
368
VIEWS
FacebookTwitter
पालमै रात काटेर २४ घण्टा सीमामा पहरा दिइरहेछन् साढे ८ हजार सशस्त्र प्रहरी

काठमाडौं : पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म नेपालको भारतसँग जोडिएको एक हजार ८८० किलोमिटर सीमा क्षेत्र खुला छ।

सीमाना खुला भएकै कारण यहाँबाट प्रायः सीमा वारपार अपराध भइरहन्छ। त्यो नेपाल र भारतका लागि उत्तिकै टाउको दुखाइ बन्दै आएको छ।

यतिखेर सीमा वारपार गम्भीर अपराधभन्दा पनि ठूलो डर छ, खुला सीमाबाट। त्यो डर हो, कोरोना भारस संक्रमण (कोभिड- १९) को।

यहीकारण संसारमा अधिकांश देशहरुले आफ्ना अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेका छन्। देशभित्रै लकडाउन गरेका छन्।

नेपाल र भारतबीचको सीमा बन्द गरिएको पनि महिना भन्दा बढी भइसक्यो। भारत कोरोना भाइरस संक्रमणको महामारीले आक्रान्त छ। र, नेपालसमेत त्यसबाट अछुतो छैन।

नेपालमा सबभन्दा ठूलो जोखिम अहिले भारतबाटै देखिएको छ। भारतमा तीब्र दरमा कोरोना भाइरसको संक्रमण फैलिइरहेकाले भारतबाट आउने नेपाली र नेपालमा भित्रिने भारतीयबाट समेत उच्च जोखिम छ।

त्यहीकारण सरकारले भारतबाट भित्रिने सम्भावनालाई उच्च जोखिममा राखेर सबै अन्तर्राष्ट्रिय सीमानाका आउँदो ३१ वैशाखसम्म बन्द गर्ने निर्णय गरेको छ।

सीमा बन्दका क्रममा नेपालबाट भारत र भारतबाट नेपाल कतै पनि आवागमन हुन नदिने निर्णय सरकारले गरेको छ।

नेपाल–भारतबीचको दुवैतर्फको सीमा क्षेत्र पूर्ण रुपमा सिल गरिए पनि उताबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम पूरै रोकिएको छैन।

यही आवागमन रोकेर कोरोना भाइरसको संक्रमण भयावह हुन नदिन सीमा क्षेत्रमा खटिएको छ, सशस्त्र प्रहरी।

कोभिड- १९ को संक्रमण देखिन थालेपछि सशस्त्र प्रहरीले पूर्वतयारी अनुसार नै अन्तर्राष्ट्रिय सीमामा आफ्ना कर्मचारी खटाउन थालेको हो।

अहिले भारतसँगको कूल एक हजार ८८० किलोमिटर क्षेत्र पूर्ण सिल गरेर सशस्त्रले नै २४ घण्टा निगरानी गरिरहेको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता, डीआईजी प्रविणकुमार श्रेष्ठका अनुसार अहिले सीमामा मात्रै २४ घण्टा पहरा दिन साढे ८ हजार सशस्त्र प्रहरी परिचालित छन्।

“कोभिड- १९ को संक्रमण देखापर्न थालेदेखि नै हामीले आफ्नो तयारी अघि बढाएका थियौं”, उनले भने, “सरकारले सीमा नाका सिल गरेपछि भारतसँग सीमा जोडिएको क्षेत्रमा निरन्तर निगरानी गरिरहेका छौं।”

त्यसका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरीका एक हजार २१३ वटा अस्थायी पोष्ट स्थापना गरिएका छन्।

ती पोष्टमध्ये अधिकाशं पाल टाँगेर बनाइएका छन्। तीनै पालको भरमा सशस्त्र प्रहरी २४ घण्टा ड्युटी गर्छन्। कतै कतै भने नजिकै रहेका सरकारी भवन खालि भएमा त्यहाँ आश्रय लिन्छन्।

“धेरैजसो स्थानमा पाल टाँगेका छौं, त्यसमै बसेर काम गर्ने हो”, डीआईजी श्रेष्ठले भने, “कतै कैत मात्र खाली भवन र स्कुलमा बसिरहेका छन्।”

“खुल्ला सीमा भएकै कारणले लुकिछिपी प्रवेश गर्न नपाऊन् भनेर कुनै स्थान खाली छाडेका छैनौं”, प्रदेश २ मा खटिएका एक सशस्त्र प्रहरी उपरीक्षक (एसपी)ले देखापढीसँग भने, “दुःख र कष्ट जतिसुकै भए पनि अहिलेको प्रमुख दायित्व कोरोना भाइरस संक्रमण रोक्ने हो। त्यसका लागि कोही पनि व्यक्ति सीमाबाट छिर्न नसकोस् भन्नेमा हामी लागिपरेका छौं।”

सशस्त्र प्रहरी बलका प्रवक्ता श्रेष्ठले पहाडी जिल्ला लगायत अरु धेरै ठाउँमा कार्यरत सशस्त्र प्रहरीलाई त्यहाँबाट निकालेर सीमाक्षेत्रमा खटाएको बताए।

सीमा क्षेत्रमा कुनै पनि व्यक्तिको प्रवेश हुन नपाओस् भनेर प्रत्यक्ष निगरानीसँगै सीसीटीभी, बाइनाकुलर लगायतका उपकरणसमेत प्रयोग गरिएको छ।

त्यस्तै ड्रोन क्यामेराको मद्वतले पनि निगरानी बढाउने काम भइरहेको छ।

भारतसँग सीमा जोडिएका क्षेत्रमा सशस्त्र प्रहरी बलका २२ वटा गण छन्। सीमाक्षेत्रमा बोर्डर आउट पोष्ट र भन्सारमा गुल्म पनि रहेका छन्।

“सामान्य अवस्थामा यी सबै ठाउँमा करिब १४ हजार जनशक्ति खटिएको हुन्थ्यो”, डीआइजी श्रेष्ठले भने, “अहिले नाका नै लक्षित गरेर थप साढे आठ हजार खटाएका हौं। अन्य जनशक्ति पनि अहिले मुख्य रुपमा जिल्लामा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि गर्नुपर्ने काममा नै छ।”

सशस्त्र प्रहरी बलमा करिब ३५ हजार जनशक्ति छन्। तीमध्ये देशैभर कोभिड- १९ रोकथामको जिम्मेवारीमा अहिले साढे ३१ हजार हाराहारी परिचालित भएको श्रेष्ठले बताए।

पालमै रात काटेर २४ घण्टा सीमामा पहरा दिइरहेछन् साढे ८ हजार सशस्त्र प्रहरी

“पालको बसाइ, पानी पर्‍यो भने पनि समस्या छ”, सीमामा खटिएका एक सशस्त्र प्रहरी उपरीक्षकले भने– “लामखुट्टे, सर्प लगायतको पनि त्यतिकै डर छ। तर हामी सतर्क भएरै काम गरिरहेका छौं।”

अधिकांश ठाउँमा ड्युटी गरिरहेकै स्थानमा बसेर खाना पकाएर खाने र नजिकै अस्थायी शौचालयको व्यवस्था गरिएको छ।

“खटिएका स्थानमा पैदल नै गस्ती गर्नुपर्ने वाध्यता छ। सवारी साधनको व्यवस्थापन गर्न सकिएको छैन”, प्रवक्ता श्रेष्ठले भने, “सम्बन्धित निकायमा हामीले त्यहाँ खटिने कर्मचारीका लागि आवश्यक पर्ने श्रोतसाधनको माग गरेका छौं।”

संघीय सरकार, प्रदेश र स्थानीय तहबाट उपलब्ध हुने सहयोगबाट पनि सीमामा खटिने कर्मचारीहरुलाई आवश्यक सामग्रीको व्यवस्थापन गर्ने काम भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ।

सशस्त्र प्रहरी मुख्यालयले नै उनीहरुको सुरक्षाका लागि मास्क, स्यानिटाइजर, हात धुने साबुन, थर्मोमिटर लगायतको व्यवस्था गरेको छ।

देखा पढी

Related Posts

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत
मुख्य समाचार

गठबन्धन बनाउँदा एउटै चिह्न

कोरोनाको कहर : गरिब प्रदेशको जनप्रतिनिधिको सुविधामा रहर
मुख्य समाचार

कर्णाली प्रदेशसभा: ‘प्रदेश खेलकुद विकास ऐन–२०७६’ संशोधन प्रस्ताव

संघ र प्रदेशको निर्वाचनमा गठबन्धनलाई पराजित गर्न एमाले सक्षम: महासचिव पोखरेल
ताजा समाचार

संघ र प्रदेशको निर्वाचनमा गठबन्धनलाई पराजित गर्न एमाले सक्षम: महासचिव पोखरेल

दुर्गा प्रसाईंको पहलमा सुर्खेतकी सुकमायाको शव नेपाल आइपुग्यो
भर्खर

दुर्गा प्रसाईंको पहलमा सुर्खेतकी सुकमायाको शव नेपाल आइपुग्यो

मधेस प्रदेशको प्रदेश सभा बैठक आउँदो २२ गते बस्ने
मुख्य समाचार

मधेस प्रदेशमा भ्रष्टाचारको चाङ

अनियमित खर्च गर्नेमा मधेस र कर्णाली प्रदेश अगाडि
भर्खर

अनियमित खर्च गर्नेमा मधेस र कर्णाली प्रदेश अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

१५ बैशाख २०७७, सोमबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

१५ बैशाख २०७७, सोमबार
कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

१५ बैशाख २०७७, सोमबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

१५ बैशाख २०७७, सोमबार
प्रधानमन्त्री ओली पुगे शीतल निवास

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

१५ बैशाख २०७७, सोमबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

आज कहाँ–कहाँ भारी वर्षाको सम्भावना ?

१५ बैशाख २०७७, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.