विश्व स्वास्थ्य संगठनले २५ अप्रिललाई विश्व औलो दिवसका रुपमा मनाउने घोषणा गरे अनुरुप सन् २००८ देखि नेपाल लगायत संसारका औलो प्रभाबित थुप्रै मुलुकहरुमा औलोलाई स्थानिय स्तरसम्म एक प्रमुख मुद्घाको रुपमा स्थापित गरी थप स्रोत परिचालन गर्दै समुदायको क्षमता अभिबृद्धि मार्फत औलो रोकथाम तथा निवारण अभियानलाई सार्थक बनाउने उदेश्यका साथहरेक वर्ष २५ अप्रिलका दिन यो दिवस मनाउने गरिएको छ ।
बिगतका बर्षहरु जस्तै यस बर्ष पनि विश्व स्वास्थ्य संगठनले Zero Malaria Starts With Me (आफैबाट शुरु गरौ, औलोलाई शून्यमा पु¥याऔ) भन्ने नारा तय गरेको छ । विश्वब्यापि रुपमा फैलिएको कोभिड—१९ कोमहामारीले गर्दा यस बर्ष यो दिवस बिगतका बर्षहरुमा भन्दा फरक तरिकाले मनाउनु पर्ने देखिएको छ ।
परजिबिका कारण लाग्ने औलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । सन् २०१८ मा मात्रै विश्वभरि झण्डै २२ करोड ८० लाख ब्यक्तिहरुमा यो रोगदेखिएको र झण्डै चार लाख पाँच हजार ब्यक्तिहरुको मृत्यु भएको अनुमान छ ।
अफ्रिकाक्षेत्र यस रोगबाट सबैभन्दा बढि प्रभाबितक्षेत्र मानिन्छ जहाँ ९३ % बिरामी रहेका छन् भने ३.४% प्रतिशत् बिरामी दक्षिण पूर्वी एसिया र बाँकी मध्य मेडिटेरिएन क्षेत्रमा रहेका छन् । पाँचबर्ष मूनिका बालबालिका यस रोगको बढि जोखिममा रहेका हुन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१८ मा मुत्यू भएका बिरामीहरु मध्ये ६७% पाँच बर्षमूनिका रहेका छन् ।
यसै सम्बन्धमा औलो रोगको रोकथाम र नियन्त्रणमा भएका प्रयासहरुलाई ब्यवस्थित र सुदृढीकरण गर्दै औलो निवारण अभियानलाई बिश्वब्यापीस्तरमै अझ सशक्त र सफल बनाउन बिश्व स्वास्थ्य संगठनले एक विश्वव्यापी रणनीति (GLOBAL TECHNICAL STRATEGY FOR MALARIA 2016–2030) तयार पारेको छ ।
नेपालको राष्ट्रिय औलो रणनीतिक योजना (२०१४ —२०२५) ले सन २०२५ सम्म नेपाललाई औलो मुक्त राष्ट्रको रुपमा पु¥याउने लक्ष्य लिएको छ जस अनुसार सन् २०२२ सम्म औलोको स्थानिय(Indigenous) बिरामीको संख्या शून्यमा पु¥याउने र त्यसलाई लगातार तीनबर्षसम्म निरन्तरता दिने रहेको छ । यस लक्ष्यलाई पुरा गर्न सरकारले केन्द्र, प्रदेश तथा स्थानिय स्तरमा बिभिन्न साझेदार र सरोकारवालाहरुसंगको समन्वय र सहकार्यमा बिभिन्न गतिबिधिहरु संचालन गर्दै आइरहेको छ ।
गत आर्थिक बर्ष २०७५/७६ माजम्मा १,०६५ औलोका नयाँ बिरामीहरु भेटिएका थिए । जसमध्ये झण्डै ६० प्रतिशत् कामको शिलशिलमा देश बाहिर अन्य मुलुक गएर स्वदेश फर्किएका आयातित (Imported) केशहरु थिए । । पछिल्ला बर्षहरुमा स्थानिय बिरामीको प्रतिशत् घट्दै गए पनिआयतित बिरामीहरुबाट स्थानिय संक्रमण हुन नदिन शुरुकै अवश्थामा शंकास्पद बिरामीलाई परिक्षणको दायरामा ल्याई राष्ट्रिय उपचार पद्धति अनुसार उपचार गर्नुपर्ने कुरा एउटा चुनौतीको रुपमा देखा परेको छ ।
सरकारले औलो निवारणका लागि आवश्यक रणनीतिक सुचना संकलन र व्यवस्थापनलाई सुदृढिकरण गर्ने, बिरामी खोजपड्ताल र रोग निदानकार्यलाई अझ चुस्त पार्दै रोगको सर्ने दरलाई घटाउने, निदान तथा उपचारमा विभिन्न क्षेत्र र तप्काका मानिसहरुको पहुँच बढाउने, राजनैतिक नेतृत्व र समुदायको सहभागीता बढाउने र प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढ गर्ने लगाएतका कार्यहरु संचालन गर्दै रोगको निगरानी (Surveillance) लाई एक महत्वपुर्ण र प्रमूखकार्यको रुपमा अघि बढाइएको छ ।
औलो निगरानी (Surveillance) का लागि १, ३ र ७ बिधि
औलो निगरानी (Surveillance) का लागि नेपालले १, ३ र ७ बिधिलाई आत्मसाथ गरेको छ जुन औलो निवारणमा असाध्यै प्रभावकारी देखिएको छ । यसमा शुरुको १ को अर्थ शंकास्पद औलो बिरामीको रक्त परिक्षण (गुणस्तर सुनिश्चि गरिएकाआर. डि. टि. वामाईक्रोश्कोपिक) पोजेटिभ आएकमा तुरुन्तै राष्ट्रिय औलो उपचार पद्धति अनुसार उपचार शुरुगर्ने तथा सम्बन्धित स्वास्थ्य संस्थाको स्वास्थ्यकर्मिद्धारा निदानपश्चात तुरुन्तै (१ दिनभित्र वा२४ घण्टाभित्र) मोवाइल एस. एम.एस. मार्फत वा MDIS Nepal नामक mobile App को प्रयोग गरी Web basedMalaria Disease Information System-MDIS मा जानकारी गराउने भन्ने बुझिन्छ । यसरी प्राप्तजानकारी कहाँबाट कुन नम्बर मार्फत आयो भन्ने बारे अधिकार प्राप्तब्यक्तिले हेर्ने गर्छन् भने निगरानीको थप कार्यका लागि सचेत (Trigger)समेत गराउने गरिन्छ ।
दोस्रो नम्बर अर्थात ३ लेमोवाइल एस. एम.एस. वा mobile Apps मार्फत प्राप्तऔंलो बिरामी (स्थानीय वा आयातित) को जानकारी जति सक्यो चाँडो सुनिश्चित गरेर निश्चितभएको ३ दिनभित्र बासस्थानमा गई खोजपड्ताल (Case confirmation and investigation) गर्ने भन्ने बुझाउँदछ ।
खोजपड्तालका क्रममा बिरामीलाई औलोको लक्षण कहिलेदेखि देखिएको हो, नोकरी गर्ने स्थान, यात्रा गरेको इतिहास, पहिला औलो भए–नभएको लयाएतका जानकारी लिई रोगको बर्गिकरण स्थानीय (स्वदेशमै संक्रमण भएको) वा आयातित (विदेशमा संक्रमण भएको)भन्ने कुराको निक्र्यौल गरिन्छ ।
सामान्यत एक महिनाभित्र औलो प्रभावित देशको यात्रा गरेको ब्यक्तिमाऔलो रोग देखिएमा त्यस्ता बिरामीको बर्गिकरण आयातितर बाँकीलाई स्थानिय भनी गरिन्छ । स्थानीय विरामीको परिवारका सबै सदस्यहरु साथै उसको घरलाई केन्द्र विन्दु मानेर २ कि.मि. वरपरका ५० घरधुरी (स्थानीय भौगोलिक परिवेसका आधारमा) का बासिन्दाहरुमा २ हप्ताभित्र ज्वरो आएको भएमा रगत परीक्षण गरिन्छ भने आयातित बिरामी भएमा बिरामीकोे परिवारका सबै सदस्यहरु तथा उसँगसंगै उक्त स्थानको यात्रा गरेका व्यक्ति (co-traveler/co-worker) हरुको रगतपरीक्षण गरिन्छ । यसरी रोगपत्तालागेको तीनदिनभित्रै बिरामीको सम्पर्कमा आएका र शंकास्पदब्यक्तिहरुको रगतपरीक्षण गरिने यस कदमले बिरामीको पहिचान शुरुकै अवश्थामाहुन गई रोग फैलिनमा कमि आउनुको साथै रोगको नियन्त्रणमा सार्थक योगदान भएको पाईएको छ ।
यसै गरी अन्तिम नम्बर अर्थात ७ लेखोजपड्तालका क्रममा बिरामीको संक्रमण स्थानिय स्तरमा नै भएको रहेछ भने त्यस स्थानलाई सक्रियफोकस (Active Focus) मानी त्यस ठाँउबाट औलो रोग र परजिवीको बारेमा विस्तृतजानकारी संकलन गर्नुका साथै त्यस ठाँउमा आवश्यक प्रतिकारात्मक क्रियाकलाप संचालन गर्ने अवधिलाई बुझाउदछ । यसरी तत्कालै उक्त स्थानको अध्ययन तथा प्रतिकारात्मक क्रियाकलाप संचालन गरिने भएकोले संक्रणको चेन टुट्न गई उक्त स्थानमा रोग फैलिन पाउदैन ।
यसरी औलो निवारण कार्यक्रममा कोरोना रोग नियन्त्रणका सन्दर्भमा हाल चर्चामा रहेको 5T (Test, Treat,Tracing, Team workand Tracking) बिगत चार बर्षदेखि नै प्रयोग हुदै आईरहेको छ । यति हुदाहुदै पनि समयमै औलो परिक्षण नहुनु, निजी स्वास्थ्य संस्थाहरुमा प्रयोग भएका RDT को गुणस्तर सुनिश्चितता हुन नसक्नु, समयमै बिरामीको जानकारी MDIS मा नआउनुु, तालिमप्राप्त स्वास्थ्यकर्मीको छिटोछिटो सरुवा भैरहनु, बिभिन्न निकायमा औलो रोगको दक्षजनशक्तिको अभाव हुनु, कार्यक्रमका लागि प्रयाप्त बजेट अभाब हुनु, जलवायु परिवर्तनको प्रभावले पहाडी तथाहिमाली क्षेत्रहरुमा बिरामीहरु देखिनु, स्थानीयस्तरमा औलो प्राथमिकतामा नपर्नु जस्ता बिषयहरु औलो निवारणमाअझै पनि चुनौतीको रुपमा रहेका छन्।
यस पटकको विश्वऔलो दिवस हालसम्म औलो निवारणमा कार्यक्रमले प्राप्तगरेका उपलब्धिलाई ब्यवस्थित र सुदृढीकरणगर्दै माथि देखिएका यी चुनौतीहरु निरकारण तर्फ केन्द्रितहुनु पर्ने देखिन्छ ।