सोमवार, साउन २३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

अलपत्रलाई गन्तव्यमा पुर्‍याइदिने कर्णाली सरकारको निर्णय

होस्ट खबर by होस्ट खबर
१२ बैशाख २०७७, शुक्रबार
178
SHARES
336
VIEWS
FacebookTwitter
अलपत्रलाई गन्तव्यमा पुर्‍याइदिने कर्णाली सरकारको निर्णय

रासस/सुर्खेत : कर्णाली प्रदेश सरकारले बन्दाबन्दीका कारण अलपत्र परेका प्रदेशका नागरिकलाई गन्तव्य पुग्न दिने निर्णय गरेको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबारको प्रदेश सङ्कट व्यवस्थापन केन्द्र बैठकले सो निर्णय गरेको हो ।

प्रदेश बाहिरबाट सवारी साधनको व्यवस्था गरी समूहमा आएकालाई सोझै गन्तव्यस्थल पुग्न दिने, बाहिरबाट आएका, भाडा तिर्न सक्ने तर सवारी प्रबन्ध नभएकालाई व्यवस्थापन गरी सम्बन्धित जिल्ला वा पालिकासम्मको गन्तव्यमा समूह बनाई पठाउने व्यवस्था गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।

अन्य प्रदेश वा जिल्लाले ल्याएर यो प्रदेशमा छाडेका र आफ्नो जिल्लासम्म जाने खर्च नभएकालाई कर्णाली सरकारले खर्च व्यवस्था गरी गन्तव्यसम्म पठाउने निर्णय भएको भण्डारीले बताए । उनले भने, ‘हामीले बबईलगायतका नाकाबाट प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य परीक्षण र गन्तव्यसम्म जाने सवारी साधनको सरसफाइ र सुरक्षा प्रबन्ध मिलाउँछौँ । बाहिरबाट जिल्ला र पालिकामा पुग्नेलाई क्वारेन्टाइन, होम क्वारेन्टाइन तथा आइसोलेसनमा राखेर सुरक्षाको प्रत्याभूति गराउँछौँ ।’

कृषिजन्य उत्पादनको आन्तरिक बजारीकरण, ओसारपसार र बाहिरबाट आयात गर्ने वस्तुको ठोस योजना निर्माण, मौसमी खेतीका निम्ति आवश्यक पर्ने बीउबिजन, मल, औषधि, माछाको भुरा, चल्ला तथा अन्य आवश्यक औजारको व्यवस्थाका लागि प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको सुरक्षा निकायसँग समन्वय गरी गर्नेछ ।

उपभोक्ताहरुलाई सुविधाजनक तरिकाले बजारबाट उपभोग्य वस्तु लिन उचित समयको प्रबन्ध गर्ने, प्रदेशभरिका सबै कार्यालय सञ्चालन गर्ने र कर्मचारीलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाइ हाजिर गराउने, सुरक्षा प्रत्याभूति नियमित सञ्चालन हुनेगरी विकास निर्माणका आयोजनाका निम्ति आवश्यक पर्ने मेसिन, औजार उपकरण तथा श्रमिकको व्यवस्थाका लागि समन्वय र सहजीकरण गरिने जनाइएको छ ।

बैठकबाट कोरोना भाइरसबाट उत्पन्न बन्दाबन्दीका कारण मौसमी खेतीपाती हुन नसकी खेतबारी बाँझो रहनसक्ने सम्भावित अवस्थालाई दृष्टिगत गरी त्यस्ता घरपरिवारको खेतीपाती स्याहार्ने, बीउ छर्ने तथा लगाउने र खेतीबाली लगाउने कार्यका लागि आवश्यक समन्वय तथा व्यवस्थापन गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको छ ।
रासस

Related Posts

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी
भर्खर

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन
भर्खर

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू
भर्खर

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू

सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन
भर्खर

४ मंसिरमा चुनाव गर्ने सहमति

कर्णाली करिडोर एक सातादेखि बन्द
भर्खर

कर्णाली करिडोर एक सातादेखि बन्द

सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो
ताजा समाचार

सिटी बसपार्क सञ्चालक भाडा तिर्न आलटाल, नगरपालिका पुग्यो अदालत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

१२ बैशाख २०७७, शुक्रबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

१२ बैशाख २०७७, शुक्रबार
कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

१२ बैशाख २०७७, शुक्रबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

१२ बैशाख २०७७, शुक्रबार
प्रधानमन्त्री ओली पुगे शीतल निवास

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

१२ बैशाख २०७७, शुक्रबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

आज कहाँ–कहाँ भारी वर्षाको सम्भावना ?

१२ बैशाख २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.