सुर्खेत : कोरोना भाइरस (कोभिड १९) बिरुद्वको रोकथामका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेस विपत् व्यवस्थापन कोष लाई ग्रामिण जागरण बचत तथा ऋण सहकारी संस्थाले ५५ हजार रुपैयाँ सहयोग गरेको छ ।
वीरेन्द्रनगर १२ मा कार्यालय रहेको सहकारीले बुधबार कर्णाली प्रदेसका सामाजिक विकास मन्त्री दल रावललाई सहयोग रकम हस्तान्तरण गरेको हो ।
सरकारलाई आवश्यक परेका बेला सहयोग गर्न पाउनु खुशीको कुरा रहेको सहकारीका अध्यक्ष ओमप्रकाश सुवेदीले बताए । आगामी दिनमा पनि यस किसिमको सहयोग जारी रहने उनको भनाई थियो ।
सहकारीले प्रदान गरेको रकमले सरकारलाई थप बल पुगेको र यस किसिमको सहयोग तथा सहकार्य आगामी दिनमा पनि हुने मन्त्री रावलले बताए । प्रदेस विपत् व्यवस्थापन कोषमा विभिन्न संघ संस्था तथा दाताले दिएको रकम जम्मा हुने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ ।