शुक्रबार, साउन २७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

उद्धार गरेर ल्याइएका मजदुर क्वारेन्टाइनमा नबसी सोझै घरमा

कर्णाली प्रदेश सरकारले प्रदेशमा आउने हरेक व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो। तर बाहिरी जिल्लाबाट ल्याइएकाहरुको स्वास्थ्य जाँच गर्ने र क्वारेन्टाइनमा राख्नेतर्फ सरोकारवालाको ध्यान पुग्न सकेको छैन।

होस्ट खबर by होस्ट खबर
१० बैशाख २०७७, बुधबार
277
SHARES
338
VIEWS
FacebookTwitter
उद्धार गरेर ल्याइएका मजदुर क्वारेन्टाइनमा नबसी सोझै घरमा

२१ दिनसम्म अलपत्र परेर सुर्खेतको बबईबाट उद्धार गरी सोमबार गाउँ पुगेका कालीकोट, पलाँताका स्थानीय।

सुर्खेत/कालीकोट/दैलेख : मजदुरीका लागि विभिन्न जिल्लामा गएका कर्णालीवासीलाई सम्बन्धित स्थानीय तहले उद्धार गरे पनि क्वारेन्टाइनमा नराखी सिधै घर पठाउने गरिएको छ।

सोमबार राति जाजरकोटका ५० जनालाई बबई नाकाबाट उद्धार गरेर जिल्लातर्फ पठाइयो। उनीहरु सबै सामान्य स्वास्थ्य जाँचपछि आ–आफ्नो घरतिर लागेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहानीले स्थानीय तहको क्वारेन्टाइनमा राख्न भनिए पनि सबै घरतिर लागेको स्विकारे। ‘उद्धार गरिएकाहरु होम क्वारेन्टाइनमा बसिरहेका छन्,’ उनले भने, ‘दुई जना क्वारेन्टाइनमा बसे पनि स्वास्थ्य परीक्षणपछि घरतिर लागेका छन्।’

सल्यानको वनगाडकुपिण्डे नगरपालिकाका ६१ जनालाई आइतबार बबईबाट उद्धार गरी घर पठाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले नगरपालिकालाई क्वारेन्टाइनमा राख्न भने पनि ठाउँ नभएको भन्दै घरतिर पठाइएको बताए। उनका अनुसार जिल्लामा ४ सय ६० बेडको क्वारेन्टाइन भए पनि हाल ३ सय ५ जनालाई मात्रै राखिएको छ। लकडाउनपछि दैलेखका करिब २ सय जनालाई उद्धार गरिएको स्थानीय तहहरुको भनाइ छ। तर, ती सबै आ–आफ्ना घरमा बसिरहेका छन्।

यो अवधिमा बबई नाकाबाट मात्र ७ सय ९० जनाको उद्धार गरिएको प्रहरीको तथ्यांक छ। तीमध्ये हाल सुर्खेतस्थित प्रदेश सरकारले बनाएको क्वारेन्टाइनमा २ सय ५ जना छन्।

अन्य व्यक्ति घरतिर लागेका छन्। उनीहरुको स्वास्थ्य जाँच गर्ने र क्वारेन्टाइनमा राख्नेतर्फ सरोकारवालाको ध्यान पुग्न सकेको छैन। कर्णाली प्रदेश सरकारले एक साताअघिको मन्त्रिपरिषद् बैठकमा प्रदेशमा आउने हरेक व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो।

प्रदेश प्रवेश गर्ने प्रमुख नाका (बबई) रहेको भेरीगंगा नगरपालिकाकी उपप्रमुख रेण आचार्य उद्धार गरिएकामध्ये अधिकांश व्यक्ति सम्बन्धित स्थानीय तह र जिल्लाको समन्वयमा घरतिर लाग्ने गरेका बताउँछिन्।

‘हामीले नाकामा आएकालाई राख्न सक्ने अवस्था छैन, त्यसैले सम्बन्धित जिल्लामा पठाउने गरेका छौं,’ उनले भनिन्, ‘त्यसरी भित्रिएकालाई सम्बन्धित तहले नै सावधानीसाथ क्वारेन्टाइनमा राख्नुपर्ने हो, तर के भइरहेको छ भन्नेबारे जानकारी छैन।’

सल्यान र जाजरकोटका केही व्यक्तिलाई उद्धार गरी १४ दिनपछि जिल्लामा पठाइएको उनले बताइन्। भेरीगंगा नगरपालिकाले बनाएको क्वारेन्टाइन करिब ६० बेड क्षमताको मात्रै छ। ती सबैमा भेरीगंगाबासी नै बसिरहेका छन्। अन्य स्थानीय तह र जिल्लाका मान्छेलाई राख्दा धान्न नसक्ने उनको भनाइ छ।

उद्धार भएका र क्वारेन्टाइनमा बसेकाहरुको संख्या हेर्दा पनि कति मान्छे घरतिर लागे भन्ने स्पष्ट हुन्छ। सम्बन्धित जिल्ला प्रशासन कार्यालयका अनुसार सुर्खेतमा ४ सय ३१, हुम्लामा ४, रुकुम पश्चिममा २४, जुम्लामा १५, कालीकोटमा २५, दैलेखमा ५४ जना क्वारेन्टाइनमा बसिरहेका छन्।

तीमध्ये कतिपय आफ्नै तरिकाले जिल्ला पुगेकाहरु पनि छन्। कालीकोटका नरहरिनाथ गाउँपालिकामा चैतयता करिब ४ सय जना घर फर्किएका छन्। ती सबै ‘होम क्वारेन्टाइन’ मा बसिरहेका गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए। ‘क्वारेन्टाइनमा कतिलाई राख्न सकिन्छ र,’ उनले प्रश्न गरे, ‘त्यसैले घरमै सुरक्षित भएर बस्न भनेका छौं।’ मंगलबार मात्र कोहलपुर, काठमाडौंलगायत ठाउँमा अलपत्र परेका २५ जनालाई उद्धार गरेर ल्याइएको उनले जानकारी दिए।

संक्रमणको जोखिम

उद्धारको बेला पनि कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्ने गरिएको छैन। बस, ट्रक, टिपरमा खचाखच गरेर ओसारपोसार गर्ने गरिएको छ। कालीकोटको तिलागुफा नगरपालिकाले बबईमा अलपत्र २१ जनालाई मंगलबार घर पुर्‍यायो। प्रदेश सरकारको समन्वयमा कालीकोटको जितेसम्म बसमा पठाइएका उनीहरुलाई नगरपालिकाले जितेबाट टिपरमा उद्धार गरेर घर पठाएको हो।

नगरप्रमुख रतनबहादुर शाहीले विभिन्न ठाउँमा अलपत्र परेका ३ सय २८ जनालाई पनि उद्धारको तयारी भइरहको जनाए। उनका अनुसार भारतबाट आएका ६५ जना घर पुगेका छन्। ती सबै आ–आफ्नो घरमा पुगेका छन्।

कालीकोटका स्थानीय तहहरुले आफ्नो पालिकाका बासिन्दा को, कहाँ अलपत्र छन् भन्नेबारे लगत संकलन गरिरहेको जनाएका छन्। उनीहरुले सुर्खेत, काठमाडौंजस्ता प्रमुख सहरमा सम्पर्क व्यक्ति तोकेर उद्धारको काम गरिरहेका छन्। रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालका अनुसार जिल्लाबाहिर विभिन्न ठाउँमा रहेका ५ सय ३१ जनालाई उद्धार गर्नुपर्ने अवस्था छ।

‘हामीले प्रदेश सरकारसँग समन्वय गरेर उद्धारको पहल गरिरहेका छौं,’ उनले भने, ‘बरू यहाँ ल्याएपछि कहाँ राख्ने भन्ने केही समस्या हुन सक्छ।’ पलाँता गाउँपालिकाले भने उद्धार गरेर ल्याएकालाई धौलागोहमा रहेको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको छ। गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले कोहलपुरमा अलपत्र परेका २४ जनालाई उद्धार गरेर धौलागोह पुर्‍याइएको बताए।

बाहिरबाट आएकाहरु सिधै घर पुग्दा गाउँमा त्रास सिर्जना हुने गरेको छ। सोमबार साँझ सल्यान वनगाडकुपिण्डेका ६१ जनालाई स्वास्थ्य परीक्षणबिनै क्वारेन्टाइनमा नराखेर घरमा पठाएपछि आफूहरु त्रसित भएको छिमेकी गाउँ सुर्खेत धारापानीका किरण विकले सुनाए।

उनका अनुसार वनगाडकुपिण्डे नगरपालिका–११ को माझगाउँ र वडा–१२ को थापाचौर धारापानीसँग जोडिएका छन्। ‘बसमा खचाखच आएका थाहा पाएपछि हामीले कम्तीमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्न प्रशासन र नगरपालिकालाई भनेका थियौं,’ उनले भने, ‘तर हाम्रो कुरा सुनुवाइ भएन, सबै आ–आफ्नो घरतिर गएका छन्।’ विकका अनुसार उनीहरुको आवतजावत निर्बाध भएकोले जोखिम झन् बढेको छ।

कान्तिपुर

Related Posts

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
मुख्य समाचार

शीर्ष नेतालाई अन्तिम अवसर

कर्णालीका चार ठाउँमा नयाँ सहर: घोषणा धमाधम, निर्माण सुस्त
ताजा समाचार

कर्णालीका चार ठाउँमा नयाँ सहर: घोषणा धमाधम, निर्माण सुस्त

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत
मुख्य समाचार

गठबन्धन बनाउँदा एउटै चिह्न

कोरोनाको कहर : गरिब प्रदेशको जनप्रतिनिधिको सुविधामा रहर
मुख्य समाचार

कर्णाली प्रदेशसभा: ‘प्रदेश खेलकुद विकास ऐन–२०७६’ संशोधन प्रस्ताव

संघ र प्रदेशको निर्वाचनमा गठबन्धनलाई पराजित गर्न एमाले सक्षम: महासचिव पोखरेल
ताजा समाचार

संघ र प्रदेशको निर्वाचनमा गठबन्धनलाई पराजित गर्न एमाले सक्षम: महासचिव पोखरेल

दुर्गा प्रसाईंको पहलमा सुर्खेतकी सुकमायाको शव नेपाल आइपुग्यो
भर्खर

दुर्गा प्रसाईंको पहलमा सुर्खेतकी सुकमायाको शव नेपाल आइपुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

न्याय सेवा आयोगको बैठक सुरू

न्यायाधीशमा २७७ को आवेदन

१० बैशाख २०७७, बुधबार
कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

१० बैशाख २०७७, बुधबार
चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

यस्तो रहनेछ आज शुक्रबारको मौसम

१० बैशाख २०७७, बुधबार
आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

१० बैशाख २०७७, बुधबार
मत्ताको उदण्डता दस गुणा दस

मत्ताको उदण्डता दस गुणा दस

१० बैशाख २०७७, बुधबार
आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

१० बैशाख २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.